श्याम घिमिरे,अर्घाखाँची ९ जेष्ठ
अर्घाखाँची कलाकार समाज काठमाडौं को आयोजनामा सन्धिखर्कमा यहि जेष्ठ ११, १२ र १३ गते ५ नम्बर प्रदेश स्तरिय खुल्ला लोक दोहोरि गीत प्रतियोगिता हुने भएको छ । प्रतियोगीताको जानकारी दिने उद्धेश्यले बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको बारेमा जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मधुसुधन बन्जाडेले कलासंस्कृतिको जगेर्नागर्न, जिल्लालाई देशभर चिनाउन र अग्रजलाई सम्मान साथै नयाँ कलाकारलाई प्रोत्साहन गर्ने मुख्य उद्धेश्य रहेको बताउनु भएको थियो । साथै सोही प्रतियोगीतामा जिल्लाका ५ जना अग्रजहरुलाई सम्मान समेत गरीने भन्दै कार्यक्रमलाई सहयोग गर्न सबैलाई अपिल गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिब बिश्वास नेपाल, नेपाल लोकदोहोरी गित प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगी बिसी लगायतले मनतब्य राख्दै कार्यक्रम सफल बनाउन सबैलाई आग्रह समेत गर्नु भएको थियो । प्रतियोगिताका ५ नम्बर प्रदेशका करीब २० समुहले भाग लिने आयोजकले जनाएको छ ।