सन्धिखर्क एफएम, ४ जेठ
पाणिनी वहुमुखी क्याम्पस एमएड दोस्रो वर्षका छात्र शिक्षकहरुले जनज्योती मावि चुत्रावेसीमा अभिभावकको सक्रियता विषयक सेमिनार कार्यक्रम सम्पन्न गरेका छन ।
अभिभावकको सक्रियता विना शिक्षालाई सोचेजस्तो बनाउन नसकिने बताईएको उक्त कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धर्मराज बन्जाडेले आयोजकहरुको खुलेर प्रशंसा गरे ।
छात्र शिक्षकहरुले जनज्योती माविका प्रअ पशुपति भुसाललाई मायाको चिनो प्रदान गरेको स्वही विधालयका पिटिए अध्यक्ष मुक्तिनाथ भुसालले जानकारी दिए ।