बीरेन्द्र केसी अर्घाखाँची २२ बैशाख
सितगंगा नगरपालिका वडा–१४ स्थित पावराटारा सिचाई योजनाको निर्माणाधीन बाध स्थल बाढीले बगाएको छ । पावरा गाउ“मा सिचाइको लागि पानी ल्याउन करिब सात किमी टाढाबाट कुलो निर्माण गरिदै थियो । बुधवार राती भाएको भीषण बाढीले निर्माण गर्दै गरेको बाध बाढीले लगाएर लगेको छ । करिब ८० मिटरको कुलो पुरै पुरेको छ । २०४४ सालमा कुलो निर्माण भएपछि पावरामा सिचाई सुविधा छ । आधुनिक बा“ध निर्माण गरी धेरै पानी ल्याउने उद्देश्यले सिचाई विकास डिभिजन कार्यालयको ८२ लाखको लगानीमा ठेक्का मार्फत काम भैरहेको थियो ।
योजना उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर खाम्चाकीका अनुसार बुधवार राती आएको ठुलो बाढीले निर्माण कार्य भैरहेको बा“ध स्थल बगाएर लगेको बताए । ९० प्रतिशत काम सम्पन्न भैसकेको थियो । जेठ पहिलो सातामै सबै काम सम्पन्न गरेर सिचाइ“ कुलो सञ्चालन गर्ने तयारी थियो । बाढीले बगाएपछि सबै काम शुन्यमा झरेको उनले बताए । निर्माणको लागि ठेक्का लिएका यु एण्ड आर शर्मा कन्ट्रक्सन प्रा.लि. का सञ्चालक श्रीहरी गौतमले सम्पन्न हुन लागेको काम बाढीले सुन्यतामा झारेको बताए ।
केही दिनमै काम सम्पन्न गरेर सिचाई डिभिजन कार्यालय र उपभोक्तालाई हस्तान्तरण गर्ने तयारी थियो । बाढीले गरेको सबै काम शुन्यमा झारिदिएको उनले बताए । १६ लाख रुपैया“को निर्मँण सामाग्री, औजार मेसिन, २० क्युन्टल छड, ४० थान जाली, २५ थान ढक्कन, ३० वटा वाटर प्रुफ मेसिन लगायतका सामाग्री पनि बगाएर लगेको उनले बताए । उपभोक्ताले पनि छ महिना देखि जनश्रमदान गरिरहेका थिए ।
पावरामा बस्नलाई राम्रो र उब्जनी राम्रोे हुने भएकाले जताजतैबाट यही बसाई सराई बढदो छ । जग्गाको भाउ महंगो नै छ । महिनौ दिनसम्म दैनिक जनश्रमदान गरेर कुलो निर्मँण गरिरहेका थियौ । बेलुकासम्म कामै गरेका थियौं, राती ठलो पानी आयो, विहान उठेर हेर्दा त बा“ध बगाएको र कुलो पुरेको अवस्थामा देखियो, उपभोक्ता ठग बहादुर राष्कोटीले बताए ।