श्याम घिमिरे असार ३१ अर्घाखाँची-
अर्घाखाँची जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ३ सय २१ यथावत रहेको छ । संक्रमित मध्ये २४६ जना डिस्चार्ज भएका छन भने अन्य ७२ जना संक्रमितहरु जिल्लाका बिभिन्न आईसोलेशन कक्षमा रहेका छन । यस्तै हालसम्म जिल्लामा भुमिकास्थान, शितगंगा र मालारानीका १÷१ जना गरी ३ जनाको ज्यान गईसकेको छ । पछिल्लो तथ्यांक अनुसार सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६४ जना, भुमिकास्थान नगरपालिकामा १०५ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी ३ सय २१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ५७ जना ,भुमिकास्थान नगरपालीकामा ४१ जना,मालारानी गाउँपालीकामा ६४ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेव गाउँपालिकामा २७ जना गरि मंगलवार सम्म २ सय ४६ जना डिस्चार्ज भएका छन ।
मंगलवार दिउँसो ३ बजेसम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ४ सय १५ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको भएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो । मंगलवार दिउँसो ३ बजेसम्म सन्धिखर्क नगरपालिकामा ३ जना, सितगंगामा ३ जना र भुमिकास्थानमा २ जना गरी ८ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् ।
