श्याम घिमिरे साउन ९ ,अर्घाखाँची-
प्रगतिशील लेखक संघ जिल्ला समिति अर्घाखाँचीको वैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । संघका जिल्ला उपाध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, सचिव भेषबहादुर केसीको सञ्चालन र प्रदेश सदस्य बुद्धि गैरेको बिशेष उपस्थितिमा सम्पन्न बैठकले संघका जिल्ला अध्यक्ष बुद्धि बहादुर रायमाझीको उपचारको क्रममा असामयिक निधन भएकोले समितिका उपाध्यक्ष कमल प्रसाद घिमिरेलाई का.बा अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको जनाईएको छ । यस्तै बैठकले स्वर्गीय रायमाझीको स्मृती ग्रन्थ प्रकाशन गर्ने निर्णय गर्नुका साथै त्यसकालागी विभिन्न समितीहरू समेत गठन गरेको संघका सचिव भेष बहादुर केसिले बताउनु भएको छ ।