भारतमा कोरोनाविरुद्धको खोप १५ अगस्टसम्ममा उपलब्ध ‘हुन सक्ने

असार २०, २०७७ काठमाण्डौ – भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा बताएको हो । 

यो खोप आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले मिलेर बनाइरहेका छन् । 

आईसीएमआरले एक पटक खोपको क्लिनिकल परीक्षण पूरा भए १५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन खोप सर्वसाधरणका लागि उपलब्ध गराउन सकिने जनाएको छ । 

क्लिनिकल परीक्षणको लागि भारतका १२ वटा संस्थानलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले गएको २ जुलाईमा ती १२ वटा संस्थानलाई चिठी लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको इजाजत लिइसक्नुपर्ने बताएका थिए । 

पत्रमा डाक्टर भार्गवले लेखेका छन्, ‘कोरोना रोकथामको लागि आईसीएमआरको माध्यमबाट बनाइएको खोपको फास्ट ट्रयाक परीक्षणको लागि भारत बायोटेक कम्पनीसँग एक सम्झौता गरिएको छ । कोरोना भाइरसको एउटा स्ट्रेन निकालेर यो खोप बनाइएको हो ।’

‘क्लिनिकल परीक्षणपछि आईसीएमआर १५ अगस्टसम्म सर्वसाधरणमा यो खोप पुर्याउन चाहन्छ । भारत बायोटेक कम्पनीले पनि युद्धस्तरमा काम गरिरहेको छ । तर यो खोपको सफलता क्लिनिकल परीक्षणको लागि चुनिएको संस्थानको सहयोगमा निर्भर रहन्छ ।’

भारतमा पहिलो पटक कोरोनाको खोप बनाउने प्रयासमा क्लिनिकल परीक्षणको लागि चुनिएका १२ संस्थान यी हुन् – 

किङ्ग जर्ज अस्पताल, विशाखापटनम 
बीडी शर्मा पीजीआईएमएस, युनिभर्सिटी अफ हेल्थ साइन्सेस, रोहतक
एम्स, नयाँ दिल्ली
एमस, पटना
जीवन रेखा खस्पताल, बेलगाउँ, कर्नाटक
गिल्लुर्कर मल्टी–स्पेसिएलिटी अस्पताल, नागपुर, महाराष्ट्र
राना हस्पिटल, गोरखपुर
एसआरए मेडिकल कलेज हस्पिटल एण्ड रिसर्च सेन्टर, चेङ्गलपट्टु, तमिलनाडु
निजाम इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, हैदराबाद, तेलङ्गाना
डाक्टर गंगाधर साहू, भुवनेश्वर, ओडिशा
प्रखर हस्पिटल, उत्तर प्रदेश
डाक्टर सागर रेडकर, गोवा 

के भन्छन् विशेषज्ञ ?  

महाराष्ट्र सरकारको माध्यमबाट बनाइएको कोरोना टास्क फोर्सका सदस्य डाक्टर शशांक जोशी भन्छन्, ‘यति कम समयमा खोप बनाउनु लगभग असम्भव छ । सामान्यतया एक खोप बनाउन दुई वर्ष लाग्छ । यदि फास्ट ट्रयाकबाट पनि प्रयास गर्दा कम्तीमा १२ देखि १८ महिना लाग्छ । त्यसअघि खोप बनाउनु असम्भव छ ।’

इण्डियन कलेज अफ पिजिसियनसँग जोडिएका डाक्टर शशांक जोशी आईसीएमआरको पत्रलाई लिएर हैरान भएको बताउँछन् । 

उनी भन्छन्, ‘१५ अगस्टसम्म कोरोना भाइरसको खोप बनाउने आईसीएमआरको निर्णय आश्चर्यपूर्ण छ । यसो गर्दै गर्दा मानिसको सुरक्षाको र खोपको क्षमताको बारेमा गहन अध्ययन हुनुपर्छ । आईसीएमआरले यो घोषणा गर्नुअघि आवश्यक सुरक्षा मानकको पूरा ख्याल राखेको छ भन्ने मलाई विश्वास छ । यदि यी सबै कुरालाई ध्यानमा राखेर खोप बनाइरहेको भए हामी यसको स्वागत गर्छाैँ ।’

स्वास्थ्य विशेषज्ञ र इन्टरनेशनल एसोसिएशन अफ् बायोएथिक्सका पूर्वअध्यक्ष डाक्टर अनन्त भान पनि आईसीएमआरको योजनालाई लिएर हैरान छन् । 

उनी भन्छन्, ‘खोपले अहिलेसम्म प्रि–क्लिनिकल परीक्षण विकास चरण पूरा नगरेको भए खोपलाई क्लिनिकल परीक्षणको लागि ७ जुलाईसम्म रजिस्ट्रर गर्न सकिन्छ । यो खोप बजारमा १५ अगस्टसम्म कसरी उपलब्ध गराउन सकिन्छ ? के एक महिनाभन्दा कम समयमा खोपसँग जोडिएको सबै परीक्षण गर्न सकिन्छ ? के उनीहरुले पहिले नै खोपको गुणवत्ताको बारेमा राय बनाएका छन् ?’ 

भारत बायोटेकको तयारी 

आईसीएमआरले चिठी पठाउनुअघि बीबसीका संवाददाताले बायोटेककी म्यानेजिङ डाइरेक्टर सुचित्रा एलासँग कुराकानी गरेका थिए । कुराकानीको क्रममा सुचित्रा एलाले भनेकी थिइन्, ‘मानव क्लिनिकल परीक्षणको पहिलो फेजमा एक हजार मानिसलाई चुनिने छ । यसको लागि सबै अन्तर्राष्ट्रिय गाइडलाइन्सको पालना गरिनेछ । स्वयंसेवी चुन्दा पनि विशेष ध्यान पुर्याइने छ, कोरोना सङ्क्रमण नभएकाहरुलाई देशभरिबाट छानिनेछ । उनीहरुमा कस्तो प्रतिक्रिया भयो, त्यो थाहा पाउन कम्तीमा ३० दिन लाग्छ ।’

उनले भनिन्, ‘भौगोलिक स्थितिले पनि असर पार्न सक्छ, यसको लागि हामीले पूरै भारतबाट मानिसहरुलाई चुनेका छौँ । पहिलो फेजको आँकडा जम्मा गर्न ४५ देखि ६० दिन लाग्छ । रगतको स्याम्पल लिएपछि परीक्षणको दर कम गर्न सकिँदैन । परीक्षणको नतिजा हामीसँग आइपुग्न १५ दिन लाग्छ ।’  

हैदराबादमा रहेको भारत बायोटेक कम्पनीको माध्यमबाट बनाइरहेको कोरोना खोपको नाम ‘Covaxin’ (कोभ्याक्सिन) हो । source:ujyaalonline

रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै अधिकारकर्मी द्वारा अर्घाखाँचि मा बिरोध प्रदर्शन

सन्धिखर्क एफएम असार २० अर्घाखाँची-
रुकुम पश्चिम चोर्जहारिमा नबराज बि क लगायत ६ जनाको सामुहिक नरसंहार हत्याकाण्डका दोषीलाई कारबाही गर्न र पिडितलाई न्याय दिनु पर्ने माग राख्दै
सुक्रवार अर्घाखाँचीमा संयुक्त दलित अधिकारकर्मी द्वारा प्लेकार्ड र ब्यानर सहित बिरोध र्याली कार्यक्रम सम्पन्न गरिएको छ । आन्दोलनका विभिन्न कार्यक्रमहरु अगाडी बढाउदै आएको संयुक्त दलित अधिकारकर्मी सन्जाल अर्घाखाँचीले रुकुम नरसंहार हत्याका दोषीलाई कडा कारबाहीको माग सहित र्याली सम्पन्न गरेको छ । भक्तिटोला बाट चुत्राबेशी हुँदै शान्ति बगैंचा सम्म परिक्रमा गरेको र्याली कोणसभामा परिणत भएको थियो ।कोणसभामा अधिकारकर्मीहरु मन्तब्य राख्दै जातिय विभेद अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने ,हत्याका दोषीलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने र जातिय बिभेदकै कारण नागरिकको ज्यान जाने घटनाको अन्त्य हुनु पर्ने बताएका छन । त्यस्तै उनिहरुले जातिय बिभेद अन्त्य गर्न कडा भन्दा कडा कानुन ल्याउन राज्य लाग्नु पर्ने र बनेका कानुनलाइ अनिबार्य कार्यन्वयन गर्नु पर्ने जिकिर गरेका छन ।


अहिले पनि पानी भर्ने पधेरा देखि समुदाय सम्म जातिय विभेद कायम रहेको र न्यूनीकरण हुन नसकेकोले अब सबै गम्भीर भएर जातिय विभेद अन्त्य गर्नु पर्ने उनीहरुको धारणा रहेको थियो । कोणसभामा दलित अधिकारकर्मिहरु ठाकुर साैराग आदर्श, राधा नेपाली , राजेन्द्र नेपाली ,दिनेश सुनार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयुक्त दलित अधिकारकर्मी सन्जाल अर्घाखाँचीका संयोजक बिष्णु परियारको अध्यक्षता र सागर परियारको संचालनमा सप्पन्न भएको थियो ।

राेटरि क्लव अफ अर्घाखाँचीकाे पाचाैँ स्थापना दिवस सन्धिखर्कमा सम्पन्न

असार २० अर्घाखाँची –

राेटरि क्लव अफ अर्घाखाँचीकाे पाचाैँ स्थापना दिवस सुक्रवार सन्धिखर्कमा सम्पन्न भएकाे छ । स्थापना दिवसकाे अवसरमा अायाेजना गरिएकाे कार्यक्रममा चार्टर प्रेसिडेन्ड गाेपाल प्रसाद पन्थीले पदाधिकारि सहित सदस्यहरुकाे पदभार ग्रहण गराउनुभएकाे थियाे ।

राेटरि क्लव अर्घाखाँचीले २०२०/२१ का लागि प्रेसिडेन्ट हिराधर अाचार्य, सेक्रेटरि कृष्ण प्रसाद भुसाल, असिस्टेन्ट सेक्रेटरि शिवनाथ श्रेष्ठ, ट्रेजरर विष्णु प्रसाद अाचार्य, असिस्टेन्ट ट्रेजरर ठाकुर कुमार श्रेष्ठ लगायत रहेकाे नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

कार्यक्रमले अाजसम्मका कामकाे समीक्षा गर्नुका साथै भावी कार्यक्रमकाे विषयमा छलफल तथा भावी कार्यक्रमकाे विषयमा छलफल गरेकाे थियाे ।कार्यक्रममा पास्ट प्रेसिडेन्ट लिला गाैतम, हरिप्रसाद दमासे,  ईलेक्ट प्रेसिडेन्ट काशिराम बस्याल, डाईरेक्टर मेम्वरसिप चुरामणि भट्टराई लगातयकाे उपस्थिति रहेकाे थियाे ।

राेटरि क्लव अफ अर्घाखाँचीका नवनियुक्त अध्यक्ष हिराधर अाचार्यकाे अध्यक्षता र सचिव कृष्ण प्रसाद भुसालकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे पव्लिक ईमेज डाईरेक्टर हरि प्रसाद भुसालले जानकारी दिनुभएकाे छ ।