आर्थिक समाजिक रुपमा उत्तरदायित्व बहन गर्न हामी सधै अग्रसर हुनेछौं ।


गोबिन्द बन्जाडे,असार १८ –

विकासको लागि सबैभन्दा महत्वपुर्ण अंग भनेको यातायात क्षेत्र हो । यो क्षेत्रको विकासको अभावमा कुनै पनि क्षेत्रको विकास संभव छैन । विश्वमा जल, थल र वायुलाई माध्यम बनाएर सञ्चालनमा आएका यातायात क्षेत्रको विकासका कारण नै अन्य क्षेत्रको विकास संभव भएको हो ।

अर्घाखाँची जिल्ला पहाडि जिल्ला मध्येको एउटा जिल्ला हो । ६ वटा पालिकामा विभाजित यस जिल्लामा ६१ वटा वडाहरु रहेका छन् । हाम्रो प्रालीले सबै वडामा सवारी सञ्चालन गरेको छ । साथै टोलटोलमा पनि हाम्रा सवारी साधनहरु पुगेका छन् । पहाडी जिल्लाहरुमा अझै यातायातको विकास वा गाडि सञ्चालनको लागि त झनै कठिन कार्य हो ।

कच्ची बाटो, साँगुरो र घुम्ती बाटो आदीका कारणले सवारी सञ्चालन तथा यात्रा पनि जोखिम नै हुने गर्दछ तर पनि सकेसम्म हामीले यात्रुलाई सुरक्षित यात्रा गराउने प्रयत्न गरीरहेका छौं । जिल्लामा महिन्द्रा पिकअपबाट सुरु भएको सवारी क्षेत्रको विकास हुँदै आजको अवस्थामा आईपुग्दा हामीले सकेसम्म सुविधा सम्पन्न सवारीको व्यवस्था यात्रुहरुलाई गरेका छौं ।

पहाडी जिल्लामा सबै क्षेत्रमा सवारी पुर्याउने साथै यात्रुहरुलाई सुविधा दिने कुरामा हामीले कन्जुस्यांई गरेका छैनौं र आगामी दिनमा पनि विज्ञहरुको सल्लाह सुझाव अनुसार यो क्षेत्रका सवारीलाई सुविधा सम्पन्न बनाउने साथै सवारी चालक, सहचालक र कर्मचारीलाई दक्ष बनाउन हाम्रो प्रयत्न रहनेछ । मुस्कान सहितको हाम्रो सेवा भन्ने कुरालाई मध्यनजर गर्दै काम गर्ने हाम्रो योजना रहेको छ । समाजको विकास र समाजमा देखापर्ने समस्या समाधानको लागि आर्थिक समाजिक र नैतिक रुपमा उत्तरदायित्व बहन गर्न हामी सधै अग्रसर हुनेछौं ।

विडम्बना समाजमा वा वातावरणमा कति बेला के हुन्छ वा कस्तो प्रकारको घटना घट्छ त्यो अनुमान गर्न सकिदैन यो सत्य हो । आज विश्वलाई नै कोरोना भाइरसको कारणले आक्रान्त बनाएको छ । चिनको उहान सहरबाट पैmलिएको रोगका कारण विश्व नै त्रसीत भईरहेको अवस्था अहिले छ । सारा मानव समुदायलाई आक्रान्त बनाईरहेको बेलामा हाम्रो क्षेत्रलाई पनि यसले नराम्रो संग प्रभाव पारेको छ । यो अवस्थामा हामीले सकेसम्म त सबै क्षेत्रलाई सहयोग गर्नुपर्ने हो तर यो पूंजीवादी संरचनामा सहयोगका लागि पूंजी नै आवश्यक पर्दो रहेछ ।

कम आम्दानी भएको कारण हामीले सबै क्षेत्रमा सहयोग गर्न सकेनौं तर पनि अर्घाखाँची जिल्लामा रहेका ६ वटा स्थानियहतहरुलाई १ लाख १ हजारका दरले जम्मा ६ लाख ६ हजार रकम हस्तान्तरण ग¥यौं । त्यसैगरि हाम्रो संस्थामा आबद्ध सवारी धनी, चालक,सहचालक र कर्मचारी लगायतलाई सामन्य रुपमा भएपनि सहयोग पुगोस् भन्ने हेतुले राहात प्रदान ग¥यौं । यो राहातबाट सबै समस्या त टर्ने छैनन् तर सामन्य भएपनि सहयोग मिल्नेछ ।

राहतले घाउमा मलम लाग्ने काम मात्र भएपनि गर्नेछ भन्नेमा हामीलाई विश्वास छ । यस घटनाबाट भविष्यका दिनमा हामीले संस्थालाई मजबुत बनाउनुपर्छ र सके अन्य क्षेत्रमा पनि सहयोग गर्नुपर्छ भन्ने पाठ सिकेका छौं । तसर्थ त्यसप्रकारका योजना बनाई अगाडि बढ्ने दक्ष प्रकारको कार्य कार्ययोजना निर्माणमा हामी सबैको ध्यान जानेछ ।

हाम्रो संस्था देउराली यातायात अर्घाखाँची प्रालीको तर्फबाट गाडि धनीलाई ४३ हजारका दरले, कर्मचारीलाई ५ हजारका दरले, चालकलाई ५ हजारका दरले र सहचालकलाई २ हजारको दरले राहत प्रदान गरिएको छ । संस्थाबाट हामीले ७६ लाख २६ हजार रुपैयाँ बराबर राहत बाँडेका छौं, साथै हामीले गाडिधनी,चालक,सहचालक र कर्मचारीहरु गरि ५ सय जना बराबरको लागि रु १ लाख बराबरको कोरोना विमा गरेका छौं ।

सबै यातायात व्यवसायीलाई प्रालीमा लैजाने नेपाल सरकारको निर्णय बमोजिम हामीले २०७६ जेठ १० गते देउराली यातायात अर्घाखाँची प्राली नामारकण गरि सेवा दिदै आईरहेका छौं । २०५६।०५७ सालदेखि कुनै न कुनै रुपमा यस जिल्लाका यात्रुहरुले यातायात सुविधा प्राप्त गरेका छन् । त्यतिबेला जिल्लामा लोकल जीप व्यवसायी समिति र अर्घाखाँची जिप व्यवसायी समिति गरि २ वटा समितिले सवारी सञ्चालन गरेका थिए ।

जनतालाई सुविधा दिने र व्यवसायीको हित हुने कुरालाई मध्यनजर राखी हामीले यी दुई संस्थालाई एक बनाएर काम गर्नुपर्छ भन्ने सोच बनायौं । तत्पश्चात २०६१ सालदेखि २ वटा समितिलाई समायोजन गरि सार्वजानिक जिप व्यावसायी समिती बनाई सेवा दिन थाल्यौं ।

त्यो अवधिमा संस्थाले जिपमात्र सञ्चालन गरेको थियो । यात्रुको सुविधालाई मध्यनजर गरि ख वर्गका सवारी सञ्चालन गर्नुपर्ने भएको तर सार्वजानिक जिप व्यवसायी समितिको नामबाट सञ्चालन गर्न नपाउने भएका कारण हामीलाई समस्या प¥यो र हामीले समितिको नाम परिवर्तन गर्नुप¥यो ।

२०६६ सालमा समितिको नाम परिवर्तन गरी देउराली यातायात व्यवसायी समिती नामाकरण ग¥यौं त्यसपछि हामीले फोर्स, हाईस र मिनी बस सञ्चालन गर्ने अनुमती पायौं । हाल प्रालीले जिप, फोर्सबाट सुविधा दिँदै हाईस मिनी बस र जिप सञ्चालन गरिरहेको छ । हाल प्रालीमा हाईस ३० र जिप ११८ र २ वटा मिनी बस गरि १५० वटा सवारी आवद्ध रहेकाछन् । २४ जना कर्मचारी कार्यरत रहेका छन् ।

विविध समस्यासंग जुध्दै हामी आजको अवस्थासम्म आई पुगेका छौं । हामीले अझै पनि कसरी यात्रुहरुलाई बढिभन्दा बढि आरामदायी भरपर्दो सुविधा दिन सकिन्छ भन्ने सोंचेका छौं र त्यतातर्फ योजना बनाउनेमा पनि हामी लागिरहेका छौं । तर सरकार यातायात व्यवसायीलाई कसरी उत्साहित बनाई यो व्यवसाय गर्न प्रोत्साहित गर्ने भन्दा पनि बरु निरुत्साहित गर्नेमा नै तल्लीन रहेको छ ।

सबै मानिसहरुले समाजमा कुनै न कुनै प्रकारको सामाजिक योगदान पु¥याएका हुन्छ्न । कसैको मुल उद्धेश्य नाफामुखी हुन्छ भने कसैको सेवामुखी प्रकारको हुन्छ । झनै सामाजिक संघ संस्थाहरु स्थापना गर्नुको पछाडी समाजिक हित हुने प्रकारको उद्धेश्य रहेको हुन्छ । हामीले पनि यहि उद्धेश्यलाई सार्थक रुप दिनको लागि अर्घाखाँची जिल्लामा यातायात समिति गठन गरि एउटा सामाजिक कामको सुरुवात गरेका छौं । भविष्यका दिनमा पनि हामीले यस्ता प्रकारका कार्यहरुलाई निरन्तरता दिने कोशिस गर्नेछौं ।

लेखक – देउराली यातायात अर्घाखाँची प्रालीका प्रवक्ता हुनुहुन्छ

धुँवा गराउनु र थाल ठटाउनुनै सलह भगाउने उत्तम उपाए –कृषि ज्ञानकेन्द्र प्रमुख मिश्र


श्याम घिमिरे
असार १८ अर्घाखाँची
शनिबार मात्रै नेपाल प्रवेश गरेको सलह किरा अर्घाखाँचीमा पनि आईपुगेको छ । जिल्लाका ६ वटै स्थानिय तहमा सलह देखिएको छ । सलहले आकाश ढाकेपछि स्थानीयहरु आगो बालेर थाल ठटाउँदै सलह धपाउन लागिपरीरहेका छन् । गाउँभरी सलह फैलिएर मकै तथा तरकारी बाली खान थालेपछि कृषकहरु कसरी खेतीबाली जोगाउ सकिन्छ भनेर चिन्तित समेत बनेका छन् । बारीमा भएको मकैबाली सलहले ढाकेको कृषकहरुको भनाई रहेको छ । हुर्कदै गरेको बाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्तामा आफुहरु रहेको कृषकको भनाई रहेको छ ।


यसैबिच जिल्लाका केही क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख देबेशकुमार मिश्रले जानकारी दिनुभयो । सन्धिखर्क एफएमसंग कुराकानि गर्दे मिश्रले सलह नियन्त्रणकालागी सबै स्थानिय तहहरुसंग समन्वय भएको बताउनु भयो । उहाँले प्रत्येक पालीकामा कृषि प्राबिधिकहरु रहेकोले आबश्यक परामर्शकोलागी पालीकामा रहेका कृषि प्राबिधिकसंग समन्वय गर्न पनि आग्रह गर्नुभयो । मिश्रले सलह कीरा देखिएमा धुवाँ लगाउने, थाल ठटाउने र अन्य ध्वनिको प्रयोग गर्ने लगायतका बिधिहरु अपनाएर सलहलार्ई बालिनालीमा बास बस्न बाट रोकथाम गर्न सकिने भन्दै कृषकलाई यो बिधि अपनाउन आग्रह गर्नुभएको छ ।


मिश्रले सलह कीरा देखिएमा धुवाँ लगाउने, थाल ठटाउने र अन्य ध्वनिको प्रयोग गर्ने लगायतका बिधिहरु अपनाएर सलहलार्ई बालिनालीमा बास बस्न बाट रोकथाम गर्न सकिने भन्दै कृषकलाई यो बिधि अपनाउन आग्रह गर्नुभएको छ । यस्तै ज्ञानकेन्द्रले हतासमा आत्तिनुभन्दा धैर्यपूर्वक रहन र सम्पूर्ण एग्रोभेट तथा कृषक समुह सहकारीलाई क्लोरिफाईरिफस, डेल्टामेथ्रिन, मालाथिन, ल्याम्डा साईहेलोथ्रिन लगायतका विषादिको स्टक राख्न समेत अनुरोध गरेको छ ।

यता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय यसअघि गरी सकेको छ ।