रामबाण गुल्मको पेरीमिटरसंग जोडिएको क्षेत्रमा वृक्षा रोपण


श्याम घिमिरे
साउन ८ अर्घाखाँची-
सन्धिखर्कमा अवस्थित नेपाली सेनाको रामबाण गुल्मको पूर्ब तर्फ रहेको व्यारेक पेरीमिटरसंग जोडिएको क्षेत्रमा वृक्षा रोपण गरीएको छ । हटारीनेटा हुदै सेनाको गुल्म रहेको म्यालपोखरी जाने कच्ची मोटरबाटोमा अविरल बर्षाका कारण ठाउँठाउँमा पहिरोगई व्यारेकको पेरीमिटरलाई समेत क्षती पु¥याएको र भबिश्यमा हुन सक्ने क्षती र पहिरो रोकथाम तथा नियन्त्रणको लागी वृक्षारोपण गरीएको गुल्मका गुल्मपति सेनानी सुमन थापाले जानकारी दिनुभयो । सो क्रममा बिभिन्न फलफुल सहित एवोगाडो,आँप,कागती,तेजपात,कपुर,अशोका र बकाईनो गरी दश प्रजातीका करीब २२५ विरुवाहरु लगाईएकोे थापाले बताउनुभयो ।

वृक्षारोपण कार्यमा गुल्मपती थापा सहित सन्धिखर्क नगरपालिका वडानम्वर १ का वडाअध्यक्ष युवराज बन्जाडे ,नगरसभा सदस्य लक्ष्मण पराजुली, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं नगरसभा सदस्य सुमित्रा मुखिया स्थानिय जनप्रतिनिधि, गुल्मका सकलदर्जा लगायतको सहभागीता रहेको गुल्मले जनाएको छ ।

साधारण सदस्य समेत नरहनेगरी गैरे र बसु पार्टीबाट निष्कासन

श्याम घिमिरे
साउन ८ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्ना दुईजना कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको बैठकले पार्टीका दुई जना सदस्यहरु राम बस र बुद्धि गैरे लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

राजमोले दुबैजना जागरण अभियानमा सहभागी भएको जानकारी आएको र उक्त अभियानमा सहभागी हुनु राष्ट्रिय जनमोर्चाको निति विपरीत भएको र पार्टीको बैचारीक धरातलबाट स्खलित भएको ठहर गर्दे पार्टीबाट निश्कासन गरीएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जारी गरेको प्रेस विज्ञप्ती उल्लेख गरीएको छ ।

नेकपा मसालबाट निश्कासन गरीएका राष्ट्रिय जनमोर्चाका पुर्ब महासचिब तथा संबिधान सभा सदस्य सन्तबहादुर नेपालीले नेतृत्व गरेको राष्ट्रिय जागरण अभियानमा सहभागी भएको भन्दै मसालले पछिल्लो समय बिभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको प्रश्न उठाउदै कारबाही गर्दे आईरहेको छ ।