श्याम घिमिरे असार १७ अर्घाखाँची- शनिबार मात्रै नेपाल प्रवेश गरेको सलह किरा अर्घाखाँचीमा पनि आईपुगेको छ । जिल्लाका ६ वटै स्थानिय तहमा सलह देखिएको छ । सलहले आकाश ढाकेपछि स्थानीयहरु आगो बालेर थाल ठटाउँदै सलह धपाउन लागिपरीरहेका छन् । गाउँभरी सलह फैलिएर मकै तथा तरकारी बाली खान थालेपछि कृषकहरु कसरी खेतीबाली जोगाउ सकिन्छ भनेर चिन्तित समेत बनेका छन् । बारीमा भएको मकैभरि सलहले ढाकेको मालारानी ९ का कृषक दधिराम घिमिरेले बताउनुभयो । हुर्कदै गरेको बाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्तामा आफुहरु रहेको उहाँको भनाई रहेको छ ।
यसैबिच जिल्लाका केही क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख दिबेशकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रले सलह नियन्त्रणकालागी सबै स्थानिय तहहरुसंग समन्वय भएकोपनि बताउनु भयो । उहाँले प्रत्येक पालीकामा कृषि प्राबिधिकहरु रहेकोले आबश्यक परामर्शकोलागी पालीकामा रहेका कृषि प्राबिधिकसंग समन्वय गर्न पनि आग्रह गर्नुभयो ।
मिश्रले सलह कीरा देखिएमा धुवाँ लगाउने, थाल ठटाउने र अन्य ध्वनिको प्रयोग गर्ने लगायतका बिधिहरु अपनाएर सलहलार्ई बालिनालीमा बास बस्न बाट रोकथाम गर्न सकिने भन्दै कृषकलाई यो बिधि अपनाउन आग्रह गर्नुभएको छ । यस्तै ज्ञानकेन्द्रले हतासमा आत्तिनुभन्दा धैर्यपूर्वक रहन र सम्पूर्ण एग्रोभेट तथा कृषक समुह सहकारीलाई क्लोरिफाईरिफस, डेल्टामेथ्रिन, मालाथिन, ल्याम्डा साईहेलोथ्रिन लगायतका विषादिको स्टक राख्न समेत अनुरोध गरेको छ ।
उता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय यसअघि गरी सकेको छ ।
श्याम घिमिरे अर्घाखाँची, १७ असार- अर्घाखाँची जिल्ला अदालतले जिल्लाका स्थानिय तहमा रहेका न्यायिक समितीले गरेको काम कारवाहीको बारेमा अनुगमन गरीरहेकोे छ । सोही क्रममा अदालतले मंगलवार सन्धिखर्क नगरपालीकामा रहेको न्यायीक समितिको कामकारवाहीको बारेमा अनुगमन गरेको हो । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको नेतृत्वमा श्रेस्तेदार महेश खनाल, तहसिल्दार अनन्तराज मरासिनी, सुचना अधिकारी टेकराज गैरे लगायतले समितिको अनुगमन गर्नुभएको हो ।
अनुगमनको क्रममा सन्धिखर्क नगरपालिका न्यायीक समितीका संयोजक एवं नगर उपप्रमुख ठाकुर कुमार बिकले नगरपालिकामा न्यायीक समितीले गरेका कामकारवाहीको बारेमा अदातललाई जानकारी गराउनुभएको हो । नगरपालिकामा दर्ता भएका १३ मुद्दामध्ये छलफलबाट मिलापत्र भएका ५ थान मुद्दा, कानुनी प्रक्रिया गरी न्यायीक समितीबाट मिलापत्र भएका १ थान मुद्दा, कानुनी प्रक्रियाबाट टुंगाएको ३ थान मुद्दा गरी जम्मा ९ थान मुद्दा चालु आ.व.मा फछर््यौट भएको जनाईएको छ । जसमध्ये ४ थान मुद्दा भने विचाराधिन अवस्थामा रहेको उपप्रमुख विकले जानकारी दिनुभयोे । अनुगमनमा न्यायीक समितीका संयोजक बिक सहित वडा नं. ७ का वडाअध्यक्ष तथा न्यायीक समितीका सदस्य पृतम थापा, आशा परियार लगायतको उपस्थिती रहेको थियो ।
नेपाल सरकारको राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदभावपूर्ण रहेको भन्दै त्यसको विरोधमा जनता समाजवादी पार्टी नेपालले देशैभरजस्तै अर्घाखाँचीमा पनि जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी नागरिकले आफ्नो देशको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणको आधारमा नेपालको नागरिकता दिइनुपर्ने माग गरिएको छ । त्यसैगरी गोर्खा भर्तीमार्फत् विदेशी सेनामा कार्यरत नेपाली नागरिकका सन्तानलाई गैरनागरिक बनाइराख्ने अहिलेको प्रावधान खारेज गरिनुपर्ने र लैंगिक अल्पसंख्यकलाई नागरिकता दिइनुपूर्व लैंगिक परिक्षण गर्नुपर्ने विभेदपूर्ण व्यवस्था हटाई उनीहरुले स्वघोषणा गरेको लैंगिक पहिचानलाई मान्यता दिई नागरिकता प्रदान गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
पार्टीका जिल्ला समन्वय समिति अध्यक्ष जिन्दक बहादुर खड्काको हस्ताक्षरमा जारी ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले कार्यालयमा दर्ता गर्दैै बुझाइएको ज्ञापनपत्र यथाशीघ्र सम्माननीय प्रधानमन्त्रीको कार्यालयमा पठाइने बताउनुभयो ।
ज्ञापन पत्र
जनता समाजवादी पार्टी नेपाल द्वारा जिल्ला प्रशासन अर्घाखाँची मार्फत संमाननिय प्रधानमन्त्रीको कार्यलयलाई नागरिकता विद्येक सम्बन्धि ज्ञापन पत्र पठाएको छ । ज्ञापन पत्रमा जनता समाजवादी पार्टी देशमा विद्यमान असमानता, अन्याय र विभेदपूर्ण परिपाटीको अन्त्य गर्दै समुन्नत समाज निर्माणको लागि स्थापित वैकल्पिक राजनीतिक शक्ति हो । हालै राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदभाव उन्मूलनसम्बन्धी अन्तराष्ट्र्रिय महासन्धि विरोधी छ ।
साथै यो विवेकहीन र पश्चगामी रहेको हाम्रो पार्टीको ठहर छ ।लोकतान्त्रिक गणतन्त्रको लागि यति ठूलो बलिदान र संघर्षपश्चात पनि नागरिक अधिकार झन् कुण्ठित गर्ने, लैंगिक विभेद झन फराकिलो पार्ने यस्तो क्रियाकलापप्रति खेद प्रकट गर्दै तत्काल सच्याउन जोडदार माग गर्दछौँ ।
१. नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका र रनेपालमै स्थायी बसोबास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाणको आधारमा वैवाहिक अंगीकृत नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरियोस् ।
२. नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी नागरिकलाई अंगीकृत नागरिकता प्रदान गर्ने सम्बन्धमा हाल रहेको लैंगिक विभेद अन्त्य गरी पूर्ण समानता कायम गरियोस् ।
३. गोर्खा भर्तीमार्फत् विदेशी सेनामा कार्यरत नेपालीहरूका सन्तानलाई गैरनागरिक बनाइराख्ने प्रावधान खारेज गरियोस् । गोर्खा सेनाका नेपाली नागरिकताको निरन्तरता र तिनीहरूका सन्तानलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरियोस् ।
४. यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई नागरिकताको लागि लैंगिक परिक्षण गर्नुपर्ने विभेदपूर्ण प्रावधान खारेज गरियोस् । उनीहरूले स्वघोषणा गरेको लैंगिक पहिचानलाई मान्यता दिई नागरिकता प्रदान गर्ने व्यवस्था गरियोस् । सम्पूर्ण नागरिकहरूलाई समान व्यवहार गरी राज्यका सबै नागरिकहरूको अभिभावक बन्ने अवसरको सदुपयोग गर्न सरकारलाई हामी गम्भीरतापूर्वक आग्रह गर्दछौँ । यदि विभेद, निषेध र बहिष्करण कायमै रहने हो भने जनताको आन्दोलित हुने अधिकारलाई कसैले रोक्न सक्ने छैनन् । त्यस्तो अप्रिय परिस्थितिको जिम्मेवारी स्वयं राज्यसञ्चालकहरूकै हुनेछ ।
सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमल प्रसाद भुसालले नगरपालीका भित्रका जनताहरुले प्रत्यक्ष रुपमा अनुभुति गर्ने गरी बिकास निर्माण भैरहेको बताउनुभएको छ । भुसालले नगरभित्र भौतिक पुर्बाधारको बिकास संगै कृषि,पशुपालन, स्वास्थ्य, शिक्षा,पर्यटन,खानेपानी ,सडक लगायतका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आ.ब २०७७÷७८ बजेट बिनियोजन गरीएको बताउनु भएको हो । सन्धिखर्क नगरपालीकाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट तथा आ.ब २०७७÷७८ को बार्षिक बजेट निति तथा कार्यक्रमको बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरीएको कार्यक्रममा बोल्दै भुसालले यस्तो बताउनु भएको हो । नगरप्रमुख भुसालले नगरपालीकालाई भ्रष्टचार मुक्त नगरपालीका बनाउन आफुहरु लागी परीरहेको भन्दै सबै क्षेत्रको सहयोगको अपेक्षा गरेको बताउनु भयो । उहाँले पछिल्लो समय कोरोना भाईरस रोकथाम र नियन्त्रणमा आफुहरुले प्रभाबकारी रुपमा काम गरीरहेको समेत दाबि गर्नुभयो ।
कार्यक्रममा मनतब्य राख्दै नगरउपप्रमुख ठाकुर कुमार बिकले सन्धिखर्क नगरपालीकालाई नमुना पालीका बनाउने गरी आफुहरुले काम गरीरहेको बताउनु भयो । बिकले कोरोना भाईरस र लकडाउनका कारण पालीकामा अपेक्षा गरीए अनुसारको काम गर्न कठिनाई भएको बताउनु भयो । नगरपालीकाका प्र्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीको सन्चालनमा सम्पन्न कार्यक्रममा नगर प्रबक्ता लिलाराम गौतमले स्वागत मनतब्य राख्नु भएको हो । सन्धिखर्क नगरपालिकाको सातौ नगर सभा तथा बजेट अधिवेशन गत बुधबार सम्पन्न भएको हो । सभाले आ.व.२०७७÷०७८को कुल वार्षिक बजेट रु ८७ करोड ४९ लाख मध्ये चालु तर्फ रु ४७ करोड ८४ लाख ३० हजार र पुजीगत तर्फ रु ३९ करोड ४४ लाख ७० हजार बजेट पास भएको नगर उपप्रमुख ठाकुर कुमार बिकले बताउनुभयो ।