श्याम घिमिरे
साउन १५ -सन्धिखर्क-
सन्धिखर्क नगरपालीका २ चुत्राबेसी निवासी पार्बता श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी अर्घाखाँची अस्पतालमा रहेका बिरामीलाई आज एक कार्यक्रमका बिच च्वयनप्रास र बिस्कुट वितरण गर्नुभएको छ । श्रेष्ठले आफ्नो ४२ औं जन्मोत्सबको अवसरपारी अस्पतालमा भर्ना भएका बिश जना बिरामीहरुलाई स्वास्थ्यलाभको कामना सहित सामाग्री बितरण गर्नुभएको हो ।

अर्घाखाँची उद्योग बाणिज्य संघकी सदस्य, पतञ्जली योग समिति सन्धिखर्क नगर अध्यक्ष एवं कुशल फेन्सी व्यवसायीको रुपमा स्थापित श्रेष्ठले जन्मदिनमा फजुलखर्च गर्नुभन्दा पवित्र कार्यमा खर्चगर्न उपयुक्त भएको भन्दै थोरै भएपनि बिरामिलाई सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । श्रेष्ठ बिभिन्न सामाजीक संघसंस्थाहरुमा पनि आबद्ध हुुनहुन्छ ।
