अपडेटः स्कार्पियो दुर्घटनामा मृत्यु भएका एकजनाको पहीचान खुल्यो


श्याम घिमिरे
साउन ३ अर्घाखाँची –
काठमाडौबाट अर्घाखाँचीको सन्धिखर्क तर्फ आउदै गरेको बा १५ च २७०६ नम्बरको स्कार्पियो जिप दुर्घटनामा परी मृत्यु भएका एकजनाको पहीचान खुलेको छ । मृत्युहुनेमा पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालीका वडानम्वर ८ बल्ढङगढी निवासी अन्दाजी बर्ष ३८ का पाण्डव छहारी रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालय अर्घाखाँचीका नारायण पराजुलीले जानकारी दिनुभएको छ ।

यस्तै दुर्घटनामा परी गम्भीर घाईते भएका गाडीचालक काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडानम्वर – १३ का २३ वर्षीय लिला तामाङको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि बुटबल रिफर गरीएको छ । जिल्लाको शितगंगा नगरपालीका वडानम्वर ३ को ठाडा दह र सितापुरको बीचमा पर्ने रिपाहाको जंगलमा आज साँझ करीब ६ः४० बजे स्कार्पियो जिप दुर्घटनामा भएको हो ।

अर्घाखाँचीमा स्कार्पियो दुर्घटना एकको मृत्यु,एक घाईत


श्याम घिमिरे
साउन ३ अर्घाखाँची-
काठमाडौबाट अर्घाखाँचीको सन्धिखर्क तर्फ आउदै गरेको बा १५ च २७०६ नम्बरको स्कार्पियो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रिले जानकारी दिनुभएको छ ।

जिल्लाको शितगंगा नगरपालीका वडानम्वर ३ को ठाडा दह र सितापुरको बीचमा पर्ने रिपाहाको जंगलमा आज साँझ करीब ६ः४० बजे स्कार्पियो जिप दुर्घटनामा हुँदा एकजनाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ज्यान गएको छ भने गम्भीर घाईते भएका गाडीचालक काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडानम्वर – १३ का २३ वर्षीय लिला तामाङको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि बुटबल पठाउने तयारी भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय अर्घाखाँचीका नारायण पराजुलीले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएकाको भने परिचय खुल्न सकेको छैन ।

यसैबीच नयाँ बाटो र ड्राईभरसँग बाटाको बारेमा जानकारी नभएको तथा ओरालोबाटोमा   तिब्रगतिका कारण गाडी चिप्लिदा दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान गरीएको प्रहरीले जनाएको छ । गाडी सडक देखि अन्दाजी ६ सय मिटर तल खसेको जनाईएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

अर्घाखाँचीमा ३२५ जना कोरोना संक्रमित मध्ये ३१२ जना डिस्चार्ज, १० जना उपचाररत


श्याम घिमिरे
साउन ३ अर्घाखाँची-
अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय २५ यथावत रहेको छ । संक्रमित मध्ये हालसम्म ३१२ जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेहरुमा सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ५७ जना ,भुमिकास्थान नगरपालीकाका ४१ जना,मालारानी गाउँपालीकाका ६४ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २७ जना गरि ३१२ जना डिस्चार्ज भएका छन भने अन्य १० जना संक्रमितहरु जिल्लाका बिभिन्न आईसोलेशनमा उपचाररत रहेका छन ।

जिल्लामा हालसम्म सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६५ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैबिच सनिवार दिउँसो ३ बजेसम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ३०१ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको भएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो । आज दिउँसो ३ बजेसम्म सन्धिखर्क नगरपालिकामा ३ जना, सितगंगा नगरपालीकामा ८ जना र पाणिनि गाउँपालीकामा ५ जना गरी १५ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट २० जना, शितगंगा नगरपालीकाबाट ४ जना र भुमिकास्थान नगरपालीकाबाट ६ जना गरी जम्मा ३० जना व्यक्तिहरु डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा हालसम्म भुमिकास्थान, शितगंगा र मालारानीका १/१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।