नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १५ हजार नाघ्याे, पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै थपिए

असार १९, २०७७ शुक्रबार काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार दुई सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्या यो हालसम्मकै धेरै हाे । त्यस्तै पछिल्लाे २४ घण्टामा आठ सय २३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अब नेपालमा काेराेना सङ्क्रमण जितेर घर फिर्नेकाे सङ्ख्या ६ हजार एक सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नाै सय ९५ र वाग्मती प्रदेशमा पाँच सय सात जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको छ । 

पतञ्जलि याेग समितिद्वारा जडिबुटी र च्वनप्रास वितरण ।

श्याम घिमिरे ,असार १९ अर्घाखाँची – पतञ्जलि योग समिति अर्घाखाँचीले छत्रदेव गाउँपालिका ४ काे एग्राेफरेष्ट्रि पाेलि टेक्निकल ईन्स्टिच्युटकाे आईसाेलेशनमा रहेका काेभिड-१९ संक्रमितलाई आज सप्तबुटि जडिबुटी र च्यवनप्रास बितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलले संयोजन गर्नु भएकाे उक्त कार्यक्रम पतञ्जलि योग समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षता, युवाप्रभारि लक्ष्मण पराजुलीकाे सन्चालन र छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलकाे प्रमुखको आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा पतञ्जलि योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री,प्रहरी नायव उपरीक्षक माधब बढाथाेकि,छत्रदेब गाउपालिका वडा नं ३ का वडाअध्यक्ष तेजप्रसाद खनाल , वाड नं ४ का वडाअध्यक्ष अशाेक कुमार श्रेष्ठ ,क्याम्पस प्रमुख,पतञ्जलि योग समिति प्रदेस सदस्य बिना पन्थी , सन्धिखर्क नगर अध्यक्ष पार्वता श्रेष्ठ , संगठनमा मन्त्री मनिराम अर्याल लगायतको उपस्थिति रहेकाे पार्बता श्रेष्ठले जानकारी दिनुभएको छ ।पतञ्जलि याेग समितिले पछिल्लोपटक जिल्लाका विभिन्न क्वरेन्टिन र आईसाेलेशनमा पुगि याेग क्लास र विभिन्न जडिबुटीहरू बितरण गरिरहेकाे छ ।