भुमिकास्थान नगरपालीकामा ५० पिस पिपिई सहित झण्डै ८ लाख बराबरको राहत सामाग्री हस्तान्तरण


श्याम घिमिरे
साउन २ अर्घाखाँची-
कोभिड १९ र लकडाउनका कारण दैनिकरूपमा गुजरा चलाउन नसक्ने भुमिकास्थान नगरपालिकाका १० वटै वडाका अति बिपन्न घर परिवारलाई सुक्रबार एक कार्यक्रमका बिच राहत सामाग्री बितरण गरिएको छ । नेपाल जेसुईट शोसियल ईन्स्टिच्युट ,नेपाल नाजारेथ सोशाईटि नवज्योति र सेन्ट जेभियर्स कलेज काठमाण्डौको संयुक्त सहयोगमा राहत स्वरुप खाद्य सामाग्री बितरण गरीएको हो । पालीका भित्रका २८१ अति बिपन्न घर परिवारलाई प्रति परिवार २५ केजी मन्सुलि चामल,२ केजी दाल,१ लिटर खानेतेल,१ केजी नुन र १ पिस हातधुने साबुन लगायतका सामाग्री सम्बन्धीत वडाका वडाअध्यक्ष मार्फत हस्तान्तरण गरीएको हो । यस्तै भुमिकास्थान नगरभित्र कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुकोलागी पनि ५० सेट पिपिइ सहितको स्वास्थ्य सामाग्रीका झोला समेत प्रदान गरीएको होे ।

राहत सामाग्री बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै नगर प्रमुख रेशम थापाले बिषम परीस्थितिमा पनि सहयोग पु¥याउने ३ वटै संस्थाहरुलाई नगरपालीकाको तर्फबाट धन्यबाद प्रदान गर्नु भएको थियो । थापाले प्राप्त राहत सामाग्रीलाई नगरपालीकाले सहजिकरण गरि बितरणमा सहयोग पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरउपप्रमुख खडानन्द बेल्वासे, वडानं ४ का वडाअध्यक्ष तथा नगर प्रबक्ता बाबुराम पन्थी सुनार , पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मन्तब्य राख्दै अप्ठ्यारो परीस्थितीमा पनि हातेमालो गर्ने संस्थालाई धन्यवाद प्रदान गर्नु भएको थियो ।

नेपाल जेसुईट शोसियल ईन्स्टिच्युट काठमाण्डौका फादर रोएको अध्यक्षता र नगरपालीकाका योजना सहायक शेषकान्त घिमिरे ओशनको सन्चालनमा सम्पन्न कार्यक्रममा सेन्ट जेभियस कलेज काठमाण्डौका आउटरीच कार्यक्रम संयोजक मोहन बन्जाडेले बिषयबस्तुमाथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाल जेसुईट शोसियल ईन्स्टिच्युटका फादर थोम्स ,नेपाल नाजारेथ सोशाईटि नवज्योतिका सिस्टर आईसा, नगरपालिकाका दशवटै वडाका वडाअध्यक्ष ,कर्मचारी ,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । उक्त सामाग्रीहरू आज र भोली नगरको समन्वयमा बितरण गरिने नगरपालीकाले बताएको छ ।

यसैबिच संस्थाले सुक्रकारै जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत जिल्लाका सुरक्षा निकायहरुकोलागी ३५ सेट पिपिइ र स्वास्थ्य सामाग्रीको झोला अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाललाई हस्तान्तरण गरेको छ ।

कवि कमल पोख्रेलद्धारा लिखित जागिरे जिन्दगी कविता संग्रह बिमोचन

साउन २ अर्घाखाँची –
कोरोनाका कारण सुनसान बनेको सन्धिखर्कको शान्ति वगैंचा सुक्रबार साहित्यमय बनेको छ । लुम्विनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका सदस्य तथा कवि कमल पोख्रेल प्रेमी द्धारा लिखित जागिरे जिन्दगी कविता संग्रह बिमोचन कार्यक्रमका सहभागिले गरेका रचना बाचनले शान्तिबंगैचा साहित्यमय बनेको हो । राष्ट्रसेवक कर्मचारीबाट अवकाश प्राप्त कवि पोख्रेलले हाम्रो समाजमा भएको बस्तुस्थितिलाई चरितार्थ र ब्यङ्ग गर्दै लेख्नुभएको कविताहरुको संग्रह जागिरे जिन्दगीको आज एक कार्यक्रमको बिच बिमोचन गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्माले कविता संग्रहको बिमोचन गर्दै समाजमा उज्यालो छर्ने साहित्यको विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । मानिस आ–आफ्नो भोक प्राप्तीको निम्ती भौतारिएको भन्दै समन्वय प्रमुख शर्माले देश र जनताको भोक प्राप्तीमा साहित्यजगतको ठुलो भुमिका हुनेपनि बताउनुभएको छ । सामाजिक बिकृति,सरकारी अड्डामा बस्ने गलत मनसायका कर्मचारी र उनिहरुको चाकरी गर्ने झुन्डहरुको गलत ब्यबहार सच्याउन प्रेरित गरि कविता संग्रह बजारमा ल्याएको भन्दै उहाँले कवि पोख्रेललाई बधाई तथा शुभकामना समेत दिनुभएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष लिलामणि ढुङ्गानाको अध्यक्षता,कोषाध्यक्ष मन्जु घिमिरेको स्वागत मन्तव्य र सचिव जेवी दर्लामीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उप प्रमुख ठाकुर कुमार बिकले मन्तव्य राख्दै भाषा,कला र साहित्यको विकास बिना समाजको विकास सम्भव नहुने बताउनुभयो । झन्डै एक दर्जन बढि श्रष्ठाहरुले आ–आफ्ना रचना पस्किएर दर्शकलाई आनन्द दिलाउनुभएको उक्त कार्यक्रममा साहित्यकार तथा अधिवक्ता जगन्नाथ भुसाल र बिष्णु बस्यालले पुस्तकको परिचर्चा गर्नु भएको थियो ।

लुम्बिनि बाङ्गमय प्रतिष्ठानका सदस्य समेत रहनु भएका कवि पोख्रेल साहित्यिक क्षेत्रमा जाँगरिलो ब्यक्तित्व हुनुहुन्छ । उहाँले आफ्नो जीवन यात्रामा ३५ वर्ष राष्ट्रसेवक कर्मचारीको भूमिका पूरा गरि हाल निबृत हुनुभएको छ । आफ्ना धेरै श्रृजनाहरू द्वन्दकालमा जिल्ला विकास समितिमा रहेको बेला नष्ट भएर प्रकाशन गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँको यो कविता प्रकाशनले अर्घाखाँचीको साहित्य ईतिहाँसमा नौलो आयाम थपिएको साहित्यकार तथा बुद्धिजीवीहरूले बताएका छन् ।

अर्घाखाँची डट्कमद्धारा सशुल्क सब्सक्राइब प्रणाली शुरु, समाचार सामाग्री हेर्न पैसा लाग्ने

२०७७ श्रावण २, अर्घाखाँची – अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँची डट्कमलाई सशुल्क (पेड) सब्सक्राइबमा शुरुवात गरेको छ । प्रालीले साउन १ गते बाट आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँचीडट्कमलाई डिजिटल सशुल्क (पेड) सब्सक्राइब प्रणालीमा  शुरुवात गरेको हो । योसँगै पत्रीका किनेर पढे जस्तै बिहीवारबाट प्रकासित हुने अर्घाखाँची डट्कमका समाचार सामाग्री हेर्न, पढ्न मार्सिक रुपमा पैसा लाग्नेछ ।


नयाँ सशुल्क (पेड) सब्सक्राइब प्रणाली  अन्तरगत नेपालका ग्राहकले मार्सिक ५ सय रुपैयाका हिसाबले ३ महिनाको १५ सय, ६ महिनाको २९ सय रुपैया जसमा १ सय रुपैया छुट दिएको छ, र १ वर्षको ग्राहक हुनको लागि ५ सय छुट गरी ५ हजार ५ सय तिर्नुपर्ने छ । यस्तै नेपाल बाहिरका ग्राहकहरुलाई मार्सिक ८ अमेरिकन डलरका हिसाबले ३ महिनाको २४ डलर, ६ महिनाको ४५ डलर जसमा ३ डलर छुट दिएको छ, र १ वर्षको ग्राहक हुनको लागि ११५ डलर छुट गरी ८५ डलर तिर्नुपर्ने छ ।

ग्राहक बन्नलाई शुरुमा You must login to access this article. Login or Subscribe form here मा गई Subscribeमा क्लिक गरी Member Signup फारम भर्नुपर्ने हुन्छ । फारम आफ्नो सम्पूर्ण विवरणमा भर्नु पर्नेहुन्छ । जसमा गाहकहरुले आफ्नो Username: र Password: सम्झनुपर्ने हुन्छ । अनी Plans माथिको अनुसार रकम अवधी छनौट गरी ग्राहक भन्न् सकिने छ । नेपालमा डट्कमको ग्लोबल आईएमई बैंक लिमिटेडको Bank Name.: Global IME Bank Branch: Arghakhanchi Branch Account No.: 4901010000080 मा पैसा जम्मा गरेपछि उक्त भौचर उप्लोड गरी पठाउनु पर्ने छ । यस्तै नेपाल बाहिरका ग्राह्कले भिसा कार्डबाट पैसा तिरेपछि केही समयमा डट्कमले ग्राहक अवधी स्वीकृत गर्ने छ । 
साथै ग्राहक बनेकाले Member Login अनुसार आफ्नो Your Email: र Password: लगिन गरी नियमित ग्राहक अवधिसम्म नियमित समाचार सामाग्री हेर्न पढ्न पाउने छन् । 

यस्तै डट्कमले प्रवाधिक कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै जाने छ ।   डट्कमले सब्सक्राइब प्रणाली अन्तरगत ग्राहकलाई अनेकौ सुविधा थप गर्दै लैजाने छ । जसमा निशुल्क ईमेल सेवा, २४ सै घण्टा व्हाट्सएप्प, भाईभर, ईमो, फेसबूक, ट्विटर, इंस्टाग्राम लगायतका सामाजिक संजाल मार्फत ताजा उप्डेट गराउदै जानेछ । साथै मासिक ग्राहक लक्की उपहार योजना समावेश गरिदै जानेछ । 

   
डट्कमले भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिता निरन्तरता दिनका लागि तथा विज्ञापन राजस्व गिरावट – संकट परेको, गुणस्तरीय पत्रकारिताको संरक्षण गर्नका लागि सशुल्क (पेड) सब्सक्राइब प्रणालील्प शुरुवात गरेको हो । साथै नेपालको ईतिहासमा अर्घाखाँचीडट्कमले पहिलो पटक सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गरेको छ ।


भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिताको स्थिरता सुनिश्चित गर्न  सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गर्ने योजना अनुसार  पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने डट्कमले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ ।  


सन् १९९९ सालदेखि ब्लग र सन् २००६ साल देखिको http://www.arghakhanchi.com मार्फत अन्लाईन संस्करणलाई निरन्तरता दिदै आएको डट्कम नेपालको पहिलो नेपाली अन्लाईन संचार-संस्था हो । डट्कमका दैनिक ६० देखि ८० हजार बढी नियमित पाठक छन् । source:arghakhanchi.com