श्याम घिमिरे
भदौ १५ अर्घाखाँची –
अर्घाखाँचीमा सोमवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकामा ६ जना र शितगंगा नगरपालीकामा १ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमण देखिएकोे जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । ७ जना मध्ये २ जना भारतबाट आई क्वरेन्टीमा बसेका हुन भने अन्य ५ जना समुदाय स्तरका रहेको बताईएकोे छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३५४ पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ५६ जना, शितगंगा नगरपालीकामा ६९ जना, भुमिकास्थान नगरपालिकामा ११७ जना ,मालारानी गाउँपालीकामा ७० जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित मध्ये हाल सन्धिखर्क नगरपालीकामा १२ जना ,शितगंगा नगरपालीकामा ३ जना ,भुमिकास्थान नगरपालीकामा ८ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा २५ जना सक्रिय संक्रमितहरु बिभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै संक्रमितमध्ये ३२६ जना निको भएर घर फर्किएको को प्रशासनले जनाएको छ । यसअघि कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ ।
यसैबिच आज दिउँसोसम्म ६४ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट १९ जना डिस्चार्ज भएका छन भने शितगंगा नगरपालीकाको क्वरेन्टीनमा ९ जना थपिएका छन ।
