भूमिकास्थान नगरपालिकाको वार्षिक नगर विकास योजना २०७७/०७८ प्रकाशन

साउन ५ अर्घाखाँची -भूमिकास्थान नगरपालिका अर्घाखाँचीको वार्षिक नगर विकास योजना २०७७/०७८ प्रकाशन भएको छ । प्रकाशित नगर विकास योजना २०७७/०७८ को पुस्तकलाई आज श्रवण ४ गतेका दिन नगर प्रमुख रेशम थापाले जिल्ला समन्वय समितिको कार्यालयद्वारा आयोजित बैठकमा राष्ट्रीय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सभा सदस्य निर्मला क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख पीताम्बर शर्माको साथै अर्घाखाँची जिल्लाका ५ वटै पालिका प्रमुखलाई हस्तान्तरण गर्नु भयो । वार्षिक नगर विकास योजना २०७७/०७८ को प्रकाशित पुस्तक आज वितरण भएको भएता पनि भूमिकास्थान नगरपालिकाको वेबसाइटमा भने उक्त पुस्तकको इलेक्ट्रोनिक कपि श्रवण १ गते नै सार्वजनिक भईसकेको थियो ।