जिल्ला प्रशासन कार्यालय अर्घाखाँची ‘ए प्लस’ ग्रेड प्राप्त गरी अतिउत्कृष्ट


श्याम घिमिरे
साउन १२ अर्घाखाँची –

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची गत आर्थिक वर्षमा अतिउत्कृष्ट भएको छ । कार्य सम्पादनको सम्झौताको मूल्याङ्कनमा अतिउत्कृष्ट भएको छ । विभिन्न शीर्षकको कार्य सम्पन्न गरे बापत पाउने अङ्कको आधारमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ‘ए प्लस’ ग्रेड प्राप्त गरी अतिउत्कृष्ट भएको हो ।

हरेक आर्थिक वर्षको सुरुमै गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरुबीच भएको कार्यसम्पादन सम्झौताको विभिन्न शीर्षकका काम गर्न अङ्क तोकिने र त्यसैका आधारमा आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राम्रो कार्यसम्पादन गरेकाले अतिउत्कृष्ट अङ्क प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनुभयो ।

पौडेलले कार्य सम्पादन अतिउत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत अन्य कार्यालयका प्रमुख एवं कर्मचारी र सबै सरोकारवालाहरूको सहयोग र सकारात्मक भूमिकाको लागि धन्यवाद एवं आभार व्यक्त गर्नुभएको छ ।

कोरोनाबाट नेपालमा थप तीनको मृत्यु, मृतक संख्या ४८ पुग्‍यो ,२४ घण्टामा १३९ जनामा काेराेनाकाे सङ्क्रमण

साउन १२, २०७७ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी निमोमिया, मस्तिस्कघात र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ। उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए।

यस्तै, धनुषा सहिदनगर ८ का ३६ वर्षीय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ। साउन १० गते ज्वरो र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए। आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

सोमबार नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ। यस्तै धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३÷३ जना, सल्याानमा २ जनामा संक्रमण देखिएको छ। यस्तै सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा संक्रमण देखिएको छ।   सोमबार ६ सय २६ जना डिस्चार्ज भएका छन्। आजसम्म १३ हजार ७ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन्।

देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन्। प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ९५, प्रदेश नम्बर २ मा १ हजारल ९ सय ११, बागमती प्रदेशमा ४ सय २ र गण्डकी प्रदेशमा २ सय ४४ जना आइसोलेसनमा उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५३, कर्णाली प्रदेशमा ३ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना उपचाररत रहेका छन्। क्वारेन्टिनमा अहिले १६ हजार ३ सय ७१ जना रहेका छन्। जसमा प्रदेश नम्बर १ मा १ हजा ८ सय ९९, प्रदेश नम्बर २ मा २ हजार १ सय ८०, बागमती प्रदेशमा १ हजार २ सय ५ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा २ हजार ३ सय ४, कर्णाली प्रदेशमा ८ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना क्वारेन्टिनमा रहेका छन्।  
source:thahakhabar