पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय २१ पुग्यो, हाल सम्म डिस्चार्ज हुनेको संख्या १५७ (विवरण सहित )

श्याम घिमिरे असार २२ अर्घाखाँची- पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन । सोमवार भुमिकास्थान नगरपालीकामा ८ जना र मालारानी गाउँपालीकामा १ जना गरी ९ जना नया संक्रमित थपिएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय २१ पुगेको छ । जसमा सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६४ जना, भुमिकास्थान नगरपालिकामा १०५ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २७ जना गरी ३ सय २१ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै सन्धिखर्क नगरपालिकाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै सन्धिखर्क नगरपालिकामा ३९ जना, शितगंगा नगरपालिकामा ५५,भुमिकास्थान नगरपालीकामा १९ जना,मालारानी गाउँपालीकामा ३८ जना, पाणिनी गाउँपालिकामा ५ र छत्रदेव गाउँपालिकामा १ जना गरि अर्घाखाँचीमा हाल सम्म १५७ जनाले कोरोनालाई जितेका छन भने भुमिकास्थान, शितगंगा र मालारानीका १÷१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।

यसैविच जिल्लामा सोमवार दिउँसो ३ बजे सम्म ५ सय ३ जना जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारत लगायत तेस्रो मुलुकबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ५०३ मा झरेको हो । पछिल्लो २४ घण्टामा मात्रै बिभिन्न पालीकाको क्वरेन्टीबाट ७३ जना डिस्चार्ज भएका छन् । यस्तै सोमवार दिउँसो ३ बजेसम्म १९ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् ।

अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत तेस्रो मुलकबाट आएकाहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन । सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १६२ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मास्क नलगाइ घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

असार २२, २०७७ काठमाडौं :  मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने भएको छ। घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो।  आज सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो। 

गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिए ।   ‘सरकारले लकडाउन केही खुकुलो बनाएको छ। खुकुलो बनाएपनि केही शर्तहरु तोकेको थियो। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनेको थियो,’ उनले थाहाखबर कुराकानीमा भने, ‘यही सर्तका आधारमा लकडाउन खुकुलो भएको हो तर, यहाँ मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखियो र संक्रमणको जोखिम बढ्यो त्यसैले कडाई गर्न लागिएको हो।  

पछिल्लाे २४ घण्टामा १८० जनामा काेराेना पुष्टि सङ्क्रमितको संख्या १५ हजार नौ सय ६४ पुग्यो

असार २२, काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । सोमबार दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म सङ्क्रमणमुक्त भएर ६ हजार आठ सय ११ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताउनुभयाे । 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार सात सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट दुई लाख ५५ हजार सात सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट अहिलेसम्म तीन लाख ११ हजार सात सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २९ हजार दुई सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेशनमा काेराेना सङ्क्रमण पुष्टि भएका नाै हजार एक सय १८ जनाकाे उपचार भइरहेकाे छ । 

यसैबीच मन्त्रालयले पछिल्लो समय आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एक हप्ताको अवधिमा दुई महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्ता घटनाले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु शेयर नगर्न उहाँले आग्रह गर्नुभयो । त्यस्ता भिडियो देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उहाँले आग्रह गर्नुभयो । 

सन्धिखर्क २ मा गाेकुल धुप बनाउने तालिम सुभारम्भ

हिम लेकाली असार २२,सन्धिखर्क एफएम अर्घाखाँची-

मानव अधिकारका लागि महिला, एकल महिला समूह सन्धिखर्क नगरपालिका वडा नं २ काे आयाेजनामा सनपा २ मा गाेकुल धुप बनाउने तालिमकाे थालनी गरिएकाे छ । सन्धिखर्क नगरपालिका बडा नं.२ काे सहयाेगमा एकल महिलाहरूका लागि याे तालिम सुरू गरिएकाे हाे । याे तालिम २ दिनकाे रहेकाे छ । एकल महिला समिति २ नं. वाड अध्यक्ष शान्ता खत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगर पालिका वडा नं. २ का अध्यक्ष माेतिजंग रायमाझी ले पानसमा बत्ती बालेर तालिमकाे उद्घघाटन गर्नु भएकाे थियाे ।

उद्घघाटन मन्तव्य राख्दै रायमाझीले तालिममा सिकेकाे सीप लाई ब्यबहारमा लागू गरि अात्म निर्भर बन्न सहभागीहरूलाई अनुराेध गर्नु भयाे । उहाँले वडा नं. २ ब्यापारिक केन्द्र भएकाे कारण प्रसस्त संभावनाहरू रहेकाेले सबैले आफ्नाे क्षेमता अनुसार ब्यबसाय सन्चालन गरे अरू प्रति आश्रीत हुन नपर्ने बताउँनु भयाे । एकल महिला समाजकाे प्रमुख अङ्ग हुन् ,उहाँहरूलाई सम्मान गर्दै हामि निर्णायक ठाउँमा राखेर अघि बड्छाै रायमाझीले बताउनु भयाे साथै भाेलीकाे दिनमा थप सहयाेगकाे निम्ति आफु लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।

उद्घघाटन कार्यक्रममा वडा नं. २ कि सदस्य शुश्मा श्रेष्ठ ,पत्रकार महासंघ का अध्यक्ष हिम लेकाली ,एकल महिला समूह जिल्ला अध्यक्ष सीता श्रेष्ठ ,वडा प्रशासन सहायक बिष्णु आचार्य ले तालिम सफलताकाे शुभकामना ब्यक्त गर्नु भएको थियाे । उद्घघाटन कार्यक्रमकाे सन्चालन एकल महिला समूह जिल्ला सचिव अम्बिका श्रेष्ठ र स्वागत अध्यक्ष शान्ता खत्रीले गर्नु भएकाे थियाे । २० जना एकल महिलाहरूकाे सहभागिता रहेकाे तालिममा प्रमुख प्रशिक्षकमा मिना श्रेष्ठ र प्रशिक्षकमा सरस्वता भुसाल रहनु भएकाे छ ।

नेपाल विद्युत प्राधिकरण,अर्घाखाँची वितरण केन्द्रको बिद्युत महशुल छुट तथा जरिवाना सम्बन्धी सुचना

असार २२ अर्घाखाँची–
नेपाल सरकारले लकडाउनको स्वरुप परिवर्तित गरेतापनि सार्बजनिक यातायात नखुलेकाले बिद्युत महशुल संकलन विनियमावली,२०७३ मा उल्लेखीत सम्पुर्ण ग्राहकहरुले गत २०७६ साल चैत्र महिना,२०७७ साल बैशाख ,जेष्ठ र आषाढ महिनाको बिल भुक्तानी, यही मिति २०७७ श्रावण महिनाको ७ गतेसम्म भुक्तानी गरेमा कुनैपनि जरिवाना नलाग्ने व्यहोरा सम्पूर्ण सेवाग्राही महानुभावहरुमा जानकारीको लागि अनुरोध गरिन्छ । साथै समयमै विद्युत महसुल भुक्तानी गरि जरिवानाबाट बच्न नेपाल बिद्युत प्राधिकरण बिनम्र अनुरोध समेत गर्दछ ।
अनुरोधक-
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र