श्याम घिमिरे
फागुन १ अर्घाखाँची –
“कृषि पर्यटन उद्योग –व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार” भन्ने मुल नाराका साथ नेपालकै ठुलो नगरपालीका शितगंगा नगरपालीकामा आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउने मुख्य उद्देश्य सहीत बिहिबार देखी शितगंगा नगरपालिका– ३ ठाडामा प्रथम शितगंगा कृषि,पर्यटन तथा औधोगीक व्यापार माहोत्सब सुरु भएको छ । महोत्सवको ५ नम्वर प्रदेश सभाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले एक कार्यक्रमका बिच उद्घाटन गरे । उद्घाटन मनतब्य राख्दै गिरीले स्थानिय उत्पादन,कला सँस्कृति र पहिचानलाई उच्च प्राथमिकतामा राखेर महोत्सव सञ्चालन गर्नुपर्नेमा जोड दिए । देशमा राजनितिक क्रान्ति सकिएको बताउदै मन्त्री गरीले अबको क्रान्ति भनेको आर्थिक क्रान्ति भएकोले समृद्ध नेपाल निर्माणकोलागी कृषि र पर्यटनलाई माथी उठाउनुपर्ने बताए ।

शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता, उपाध्यक्ष मणि अधिकारीको स्वागत मनतव्य र रिषी घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जालपा भुसाल ,निर्मला क्षेत्री, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसाल, उपप्रमुख रिषि बहादुर पुलामी, सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरप्रमुख सुर्य अधिकारी, शितगंगा नगर उपप्रमुख टिका वहादुर रेश्मी, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेले, नेपाल कम्युनिष्ट पार्टी नेकपा शितगंगा अध्यक्ष बसन्त श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सचिव छविलाला पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली, स्थानिय नारायण शर्मा, बिष्णु भट्टराई ,दिपक पौडेले लगायतले महोत्सव सफलताको शुभकामना ब्यतm गरेका थिए ।
कार्यक्रममा ¥याली सहीत स्थानिय कला सँस्कृति झल्कने खालका बिभिन्न झाँकी र पञ्चेवाजा समेत प्रस्तुति गरीएको थियो । फागुन १२ गते सम्म सन्चालन हुने महोत्वसमा बिभिन्न १०५ स्टल रहने र करिव एकलाख दर्शकले अबलोकन गर्नुका साथै झण्डै दुई करोडको कारोकार हुने आयोजकले जनाएको छ ।
