२५ हजार धरौटी बुझाउन नसक्दा माइला लामा जेल चलान

फागुन ७, २०७६ काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन्।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जेल गएका हुन् । सरकारले प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्‍न मुद्दामा पक्राउ गरिरहेको छ। एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो। तर उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरि सुनसरी लगिएको थियो । सुनसरीबाटसमेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा लगेर अर्को मुद्दा चलाइएको थियो।
source:thahakhabar.com

Advertisement

आज फागुन ७ गते : राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

फागुन ७ काठमाण्डाै – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।

यस्तै नेपाली सेनाको हेलिकाेप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । 

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले देशको आर्थिक–सामाजिक रुपान्तरण नेपाली नागरिकको चाहना भएको र नागरिकका ती चाहना सम्बोधन गर्न याे दिनले प्रेरित गर्ने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको समृद्धि र नागरिकको सुख हासिल गर्ने अभियानमा एकजुट भइ योगदान गर्न सबैसँग आग्रह गर्नुभएको हो । source:ujyaaloonline

७० औं प्रजातन्त्र दिबसको अबसरमा सन्धिखर्कमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न,उपाधि राष्ट्रसेबक कर्मचारीलाई (तस्बिर सहित)

Image may contain: 14 people, including Khim Rana, Bijayaraj Poudel and Prakash Bista, people smiling, people standing


श्याम घिमिरे
सन्धिखर्क एफएम फागुन ६ अर्घाखाँची-

७० औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा मैत्रिपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा मंगलवार सम्पन्न प्रतियोगिताको उपाधि राष्ट्रसेबक कर्मचारीको टिमले हात पारेको छ । कुल चार टिमको सहभागीता रहेको प्रतियोगीतामा राजनितिक दललाई हराउँदै कर्मचारीको टिमले उपाधि जित्न सफल भएको हो ।

Image may contain: 13 people, including Uttam Bhusal Bhola, Chham Kumari Khanal Chinari, Ramchandra Pokhrel and Bishnu Chhetri, people smiling, people standing and outdoor

जिल्ला स्थिति राजनितिक दल र जनप्रतिनिधिको टिम बिच भएको पहिलो खेलमा जनप्रतिनिधिको टिमलाई हराउँदै फाइनलमा पुगेको राजनितिक दलको टिमले कर्मचारीको टोली संग पराजित भएपछि द्धितिय स्थानमा चित्त बुझाएको हो । प्रतियोगितामा पत्रकारको टिमलाई पराजित गर्दै राष्ट्रसेबक कर्मचारीको टिम फाइनलमा प्रवेश गरेको थियो । स्थानिय खेलप्रेमि दर्शकहरुको उल्लेख्यनिय उपस्थिति रहेको खेल निकै मनोरञ्जनपूर्ण भएको थियो ।

Image may contain: 9 people, including Ganesh Khanal, सुरज रायमाझी, Ashok Khanal, सागर परियार, Shyam Ghimire and Rirday Bhusal, people standing

यसअघि प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा मंगलबार बिहान सरसफाई कार्यक्रम समेत सम्पन्न भएको थियो ।

Image may contain: 8 people, including Laxman Parajuli, Narayan Aryal, Kamal Parajuli, Kamal Prasad Bhusal, Motijung Rayamajhi and Thakur Kumar BK, people smiling, people standing and outdoor