अखिल नेपाल बुद्धिजीवी संघ अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


श्याम घिमिरे
माघ २५ अर्घाखाँची –
अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रियता ,गणतन्त्र र धर्म निरपेक्षताको रक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार लिला बहादुर केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । संघका जिल्ला अध्यक्ष नरेन्द्र बहादुर थापाको अध्यक्षता, खिमानन्द पोख्रेलको स्वागत मनतव्य र पशुपति बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी,प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष बुद्धिबहादुर रायमाझी,सहभागी कमल प्रसाद भुसाल,हिमलाल बेल्बासे लेखनाथ बन्जाडे लगायतले टिप्पणी मुलक मनतब्य राख्नु भएकोे हो ।

Image may contain: 1 person

कार्यक्रममा केन्द्रीय सल्लाहकार केसीले नेपालको संबिधान २०७२ ले दिएका मुख्य बिषयहरु राष्ट्रियता ,गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न सम्पुर्ण राष्ट्रप्रेमि नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । केसीले राष्ट्रियताप्रति गम्भीर नभएमा देशमा ठुलो दुर्घटना हुनसक्ने भन्दै समयमै सचेत रहन सबैलाई आग्रह समेत गर्नुभयो ।

Image may contain: 3 people, people sitting and indoor
Image may contain: 5 people, people sitting and indoor
Image may contain: 9 people, including Jibnarayan Khanal and Thamman Kc, people sitting, table and indoor
Advertisement

ढाकावाङ्गमा स्वास्थ्य पिडित कान्त प्रसाद भुसाललाई सहयोग रकम हस्तान्तरण

गोपाल भट्टराई माघ २५ अर्घाखाँची – अर्घाखाँचीको ढाकावाङ्गमा बस्दै आउनुभएका घरबार बिहिन स्वास्थ्य पिडित कान्त प्रसाद भुसाललाई सहयोग रकम हस्तान्तरण गरिएको छ । अरुकै घरमा काम गर्दै बिहान सांझ हातमुख जोड्दै आउनुभएका ५२ बर्षिया भुसाल घांस काट्नेक्रममा लडेर हात र खुट्टा भांचेर थला परेपछि उहाँको उपचारमा राहत होस भन्दै ५२ हजार रुपैंया सहयोग प्रदान गरिएको हो ।

परिवार समेत नभएको र घरबासको समेत टुङ्गो नभइ ढाकावाङ्गमा आश्रय लिंदै आउनुभएका कान्त प्रसाद थला परेको थाहा पाएपछि रोजगारीको शिलशिलामा ढाकावाङ्गबाट कोरियामा जानुभएका ३० जना युवाहरुले पठाउनुभएको ५० हजार र स्थानिय युवा ब्यबसायि गोपाल खनालको २ हजार गरि ५२ हजार रुपैयाँ आज पिडित कान्त प्रसादलाई नै भेटेर हस्तान्तरण गरिएको हो । ढाकावाङ्ग घर भइ हाल सन्धिखर्कमा ब्यबसाय गर्दै आउनुभएका टेक प्रसाद वेल्वोको पहलमा संकलित रकम हस्तान्तरण कायक्रममा स्थानिय भक्तिराम वेल्वासे,गोविन्द भुसाल,गोपाल खनाल,दोर्ण वेल्वासे,गोविन्द वेल्वासे पत्रकार गोपाल प्रसाद भट्टराई र जितेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।

अर्घाखाँची युवा परिषद् र साथि सहकारी संस्थाद्धारा आगलागी घरपरीवारलाई सहयोग

Image may contain: 4 people, including Dharmaraj Bhusal and Kaji Shrestha, people smiling

श्याम घिमिरे
माघ २५ अर्घाखाँची –

अर्घाखाँची युवा परिषद् सन्धिखर्क र साथि सहकारी संस्था लिमिटेड सन्धिखर्कले आगलागिबाट पिडित भएका २ घरपरीवारलाई आज एक कार्यक्रमका बिच दुईवटा दराज सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्ना निवासी गोपाल बस्याल र बसन्त बस्याललाई दराज हस्तान्तरण गरेको हो । गत माघ १७ गते घरमा बिद्युत सर्ट भै आगलागी हुदाँ दाजुभाइ द्वय गोपाल बस्याल र बसन्त बस्यालको घरमा पुर्ण रुपमा धनमालको क्षति भएकोले सहकारीको सातौ सिद्धान्त अनुरुप समुदाय प्रतिको चासो र अर्घाखाँची युवा परिषद्को सामुदायिक उत्तरदायित्व अन्र्तगत आवश्यकतालाई मध्यनजर गरी सहयोग उपलब्ध गराईएको संस्थाले जनाएको छ ।

Image may contain: people standing, shoes and outdoor

कार्यक्रममा सहकारीका अध्यक्ष धर्मराज भुसाल,व्यवस्थापक प्रकाश भुसाल,परीषद्का अध्यक्ष काजी श्रेष्ठ लगायतका पदाधीकारीहरुको उपस्थिति रहेको थियो । आगलागीका कारण करिब २०÷२० लाख भन्दा धेरै धनमालको क्षेती भएको गोपाल बस्यालले जानकारी दिनुभयो । जिल्लाका यि दुबै संस्थाले बिभिन्न सामाजीक कामहरु गर्दे आईरहेका छन ।

Image may contain: 6 people, people standing, hat and outdoor

चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न

बिक्रम पाण्डे
सन्धिखर्क एफएम माघ २४ –

चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सन्धिखर्क नगरपालीका वडा नं. १२ को साधारण सभा तथा प्रथम अधिबेशन सुक्रबार सम्पन्न भएको छ । अधिबेशनले पुनः कृष्ण खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको निर्बिरोध गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण कुमार बस्याल , सचिव तारा बस्याल र कोषध्यक्षमा खिमकला कुवँर रहनुभएको छ । यस्तै समितिको सदस्यहरुमा क्रमशः बोम बहादुर क्षेत्री , मोती कुमार श्रेष्ठ , कृष्ण श्रेष्ठ , शारदा परीयार , मिना श्रेष्ठ , तेजकला बस्याल रहनु भएको छ । त्यस्तै अधिबेशनले ऋण समितिको संयोजकमा राम बहादुर बस्याल र लेखा समितिको संयोजकमा लिलामणी बस्याललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दे सन्धिखर्क नगरपालीका वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काले सहकारीको माध्यमबाट समाजिक र आर्थिक रुपान्तरणमा सहयोग मिल्ने बताउँदै सबैलाई सहकारीमा आबद्ध हुन आग्रह गर्नु भयो ।

सन्धिखर्क नगरपालीका सहकारी शाखा प्रमुख जिव नारायण आचार्यले सहकारीमा बचत गरेको सानोसानो बचतले भविष्यमा आउने जोखिम न्यूनिकरणको लागी उपयोगी हुने बताउनु भयो । कार्यक्रममा कृषी विकास बैंक शाखा प्रमुख चिरन्जीवी बस्याल , सल्लाहकार लिलाधर बस्याल , हरी बहादुर खड्का , केशवराज कुवँर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण खड्काको अध्यक्षता र सचिव तारा बस्यालको संचालनमा सम्पन्न भएको हो ।