हिन्दु धर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीको आयोजनामा बृहत प्रशिक्षण कार्यक्रम (तस्बिर सहित)

Image may contain: 9 people, including Bal Bahadur Ranabhat, Rajkumar Shrestha and Deepak Acharya, people smiling, people standing and outdoor

श्याम घिमिरे
माघ २४ अर्घाखाँची –
हिन्दु धर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीको आयोजनामा बृहत ज्ञान प्रवचन एवं प्रशिक्षण कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएकोे छ । परीषद्मा आबद्ध युवा स्वयंमसेबक र अन्य हिन्दु धर्मालम्बीहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा वालमिकि क्याम्पस काठमाण्डौका धर्मशास्त्र बिभागका प्रमुख प्रा.डा. देबमणी भट्टराई , धर्म र बिज्ञानका ज्ञाता प्राध्यापक हरीप्रसाद सोडारी र प्राध्यापक लालमणी पाण्डेले प्रशिक्षण मुलक मनतब्य राख्नुभएको हो ।

Image may contain: 3 people, people on stage, people sitting and indoor

कार्यक्रममा बैदिक सनातन हिन्दुधर्म, नैतिक एवं संस्कृत शिक्षा, धर्म र बिज्ञानको अन्र्तर सम्बन्ध लगायतका बिषयहरुमा प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा मनतव्य राख्दै बक्ताहरुले हिन्दुधर्मको रक्षागर्न सबै एकजुट हुनुको बिकल्प नभएको भन्दै कानुनको भरमा मात्रै देश चल्ने नभई धर्मको आधारमा देश चलेमा छाडातन्त्रको अन्त्यहुने कुरामा जोड दिनुभयो । यस्तै उहाँहरुले पछिल्लो समय मुलुकमा नैतिक शिक्षाको संकट रहेको बताउदै परीवार र व्यक्तिमा नैतिक शिक्षाको खाँचो रहेकाले नैतिक शिक्षालाई कडाईका व्यवहारमा लागुगर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमलप्रसाद भुसाल,सनपा १ का वडासदस्य लक्ष्मण पराजुलि,पतञ्जलि योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री, योगी बलभद्रनाथ लगायतले शुभकामना मनतव्य राख्नुभएको हो । बाजागाजा र ¥याली सहीत सुरु भएको कार्यक्रम हिन्दु धर्म रक्षा परीषद् नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षता,पण्डीत भिमकान्त पन्थीको स्वागत मनतव्य र शिबशंकर गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: one or more people, people standing, people on stage and indoor
Image may contain: 1 person, standing
Image may contain: 2 people, people standing
Image may contain: 1 person, on stage and standing
Image may contain: 1 person, sitting and indoor
Image may contain: 5 people, including Kamal Prasad Bhusal, people standing
Advertisement