उदीयमान जनजागृति क्लब अर्घाखाँचीको आयोजनामा रक्तदान कार्यक्रम काठमाडौमा सम्पन्न

अभिनव चौहान ४ फाल्गुन काठमाडौं- रगतको अभाव भएर अफ्ट्यारो जसलाई जतिबेला पनि पर्न सक्छ ।हामीलाई अफ्ट्यारो पर्दा लिने रगत पनि अरु कसैले दिएको हो।अहिले दियौं भने पछि आफुलाई आवश्यक पर्दा लिन सजिलो हुने गर्दछ । सोही कुरालाई मध्यनजर गर्दै उदीयमान जनजागृति क्लबको आयोजना आज रक्तदान कार्यक्रम काठमाडौंंको मेगा कलेजमा सम्पन्न भएको छ।

उदीयमान जनजागृती क्लबको प्रमुख आयोजना, चौहान सेवा समाज, नवदीप क्लब भण्डार , आदर्श मावी भुपु विद्यार्थी समाज , शान्ति मावी भुपु विद्यार्थी समाज ,कर्नमारे बरम्कोट सेवा समाज लगायतका विभिन्न संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।रक्तदान कार्यक्रम रेडक्रसको उपस्थितिमा सञ्चालन भएको थियोे ।

कार्यक्रममा पूर्व उप प्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले क्लबले निकै उदाहरणीय कार्य गरेको र यस्तो कामको अरुले पनि सिको गर्नु पर्ने उल्लेख गर्न भएको थियोे । रगत अभावको कारणले छ्टपटाई रहेका बिरामीलाई केही राहत पुगोस् भनेर आफुले यस्तो कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष विष्णु बहादुर चौहानले बताए ।

डेढ सय भन्दा माथि उपस्तिथि रहेको कार्यक्रममा ७७ जनाले रक्तदान गर्नु भएको थियो ।कार्यक्रममा नयाँ पत्रिकाका सह सम्पादक उमेश चौहान र १६० औं पटक सम्म रक्तदान गरि सक्नु भएका प्रेम सागर कर्माचार्य लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

source:hindukhabar

काँग्रेस अर्घाखाँचीले विगतको इतिहासदेखी वर्तमानसम्मको दस्तावेज पुस्तक प्रकाशन गर्ने

घनश्याम पौडेल फागुन ४ अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँची प्रकाशन तथा प्रचारप्रसार विभागको बैठक विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले पार्टीको दस्तावेज र स्मारिका पुस्तकको प्रकाशन गर्ने निर्णय गरेको छ ।

अहिलेसम्म काँग्रेस अर्घाखाँचीमा रही विभिन्न नेताले पु¥याएको योग्दान, काँग्रेस अर्घाखाँचीको संगठन निमार्णमा नेताले खेलेको भुमिका, द्धन्द्धकालीन समयमा काँग्रेसमा रहि शहिद भएका नेता, काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाको इतिहास लगाएतका महत्वपुर्ण विषयवस्तु पुस्तकमा समेटिने विभागका प्रमुख माधव पौडेलले जानकारी दिए ।

बैठकले उक्त पुस्तक प्रकाशन गर्नका लागी विभागिय प्रमुख माधव पौडेलको संयोजकत्वमा सम्पादन मण्डल र आर्थिक संकलन विभागको पनि गठन गरेको छ । सम्पादन मण्डलमा विष्णु भुसाल, प्रेमनारायण आचार्य र कृष्ण खनाल रहेका छन ।

त्यस्तै आर्थिक विभागमा काठमाडौका लागी कपिल पोख्रेल संयोजक, बुटबलका लागी काँग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितीका सभापति, जिल्लाका ६ वटै स्थानिय तह काँग्रेसका प्रमुख तथा काँग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमुखलाई समितीको सदस्य रहने गरी आर्थिक समिती चयन गरिएको प्रकाशन तथा प्रचारप्रसार विभागका सदस्य घनश्याम पौडेलले जानकारी दिए ।

बैठकमा काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले दिर्घकालीन रुपमा उपयोग हुने गरी पुस्तक प्रकाशन गर्न आग्रह गरे । महासमिती सदस्य यादव घिमिरे, जिल्ला सदस्य कृष्ण खनाल, सिता भुसाल, मणिराम परियार लगाएतले पुस्तक प्रकाशनका लागी सुझाव दिएका थिए ।

सुआहाराको अधवार्षिक समिक्षा बैठक सन्धिखर्कमा सुरु (तस्विर सहित)

घनश्याम पौडेल
अर्घाखाँची, ४ फागुन । महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रम अर्घाखाँचीको जिल्ला स्तरिय कर्मचारीहरुको अर्धवार्षिक समिक्षा तथा योजना बैठक सञ्चालन भएको छ ।

सुआहारा कार्यक्रमले गाउँघर तथा समुदाय स्तरमा पोषण, स्वच्छता र सरसफाई, कृषि, परिवार नियोज, बाल स्वास्थ्य र किशोर किशोरी सम्बन्धि क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको लुम्बिनी सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष इन्द्रमणि पौडेलले बताए ।

सुआहाराले स्वास्थ्य, कृषि तथा सरसफाईको क्षेत्रमा काम गर्दै जनतालाई सुसुचित गराउँने कार्य गरेको लुम्बिनी सामाजिक विकास केन्द्रका अध्यक्ष सुरज सारुले बताए ।

घरायसी पोषण, खानेपानी तथा सरसफाइ र स्वास्थ्य अभ्यासहरूमा सुधार गर्ने, घरधुरी हरूको गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने, घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरा सम्मको पहुँच अभिवृद्धि गर्ने, स्थानीय शासन मार्फत बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिने लगाएतका कामहरु सञ्चालन गर्दै आएको कार्यकारी निर्देशक कृष्ण पौडेलले बताए ।

कार्यक्रमका सुआहाराका जिल्ला संयोजकद्धय कामना प्रदान, ज्ञानदिप आचार्य, दिपेन्द्र पन्त, रामु पराजुली, सत्यराज जोशी, लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड कोडिनेटर हरि पौडेल लगाएतले सहजीकरण गरेका थिए ।

प्रथम शितगंगा महोत्सब सुरु ,स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्ने पर्यटन मन्त्री गिरीको भनाई


श्याम घिमिरे
फागुन १ अर्घाखाँची –

“कृषि पर्यटन उद्योग –व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार” भन्ने मुल नाराका साथ नेपालकै ठुलो नगरपालीका शितगंगा नगरपालीकामा आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउने मुख्य उद्देश्य सहीत बिहिबार देखी शितगंगा नगरपालिका– ३ ठाडामा प्रथम शितगंगा कृषि,पर्यटन तथा औधोगीक व्यापार माहोत्सब सुरु भएको छ । महोत्सवको ५ नम्वर प्रदेश सभाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले एक कार्यक्रमका बिच उद्घाटन गरे । उद्घाटन मनतब्य राख्दै गिरीले स्थानिय उत्पादन,कला सँस्कृति र पहिचानलाई उच्च प्राथमिकतामा राखेर महोत्सव सञ्चालन गर्नुपर्नेमा जोड दिए । देशमा राजनितिक क्रान्ति सकिएको बताउदै मन्त्री गरीले अबको क्रान्ति भनेको आर्थिक क्रान्ति भएकोले समृद्ध नेपाल निर्माणकोलागी कृषि र पर्यटनलाई माथी उठाउनुपर्ने बताए ।

शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता, उपाध्यक्ष मणि अधिकारीको स्वागत मनतव्य र रिषी घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जालपा भुसाल ,निर्मला क्षेत्री, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसाल, उपप्रमुख रिषि बहादुर पुलामी, सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरप्रमुख सुर्य अधिकारी, शितगंगा नगर उपप्रमुख टिका वहादुर रेश्मी, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेले, नेपाल कम्युनिष्ट पार्टी नेकपा शितगंगा अध्यक्ष बसन्त श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सचिव छविलाला पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली, स्थानिय नारायण शर्मा, बिष्णु भट्टराई ,दिपक पौडेले लगायतले महोत्सव सफलताको शुभकामना ब्यतm गरेका थिए ।

कार्यक्रममा ¥याली सहीत स्थानिय कला सँस्कृति झल्कने खालका बिभिन्न झाँकी र पञ्चेवाजा समेत प्रस्तुति गरीएको थियो । फागुन १२ गते सम्म सन्चालन हुने महोत्वसमा बिभिन्न १०५ स्टल रहने र करिव एकलाख दर्शकले अबलोकन गर्नुका साथै झण्डै दुई करोडको कारोकार हुने आयोजकले जनाएको छ ।

रिटर्नी माईग्रेन्ट नेपालले मालारानीमा उद्दमशिलता तथा वित्तीय साक्षरता तालिम गर्ने


हरी कुवर फागुन ४ अर्घाखाँची –
रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालिकामा उद्धमशिलता तथा वित्तीय साक्षरता तालिम हुने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको लागी रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीको समन्वय, राष्ट्रीय युवा परिषद्को सहकार्य र मालारानी गाउँपालिकाको सहयोगमा तालिम हुने भएको हो ।

देशमा बिध्यमान बेरोजगारिलाई न्यून गर्ने उद्देश्यले मालारानी गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार हुन सहयोग पुर्याउने तालीमको मुख्य उद्देश्य रहेको रिटर्नी माइग्रेन्ट नेपाल ,अर्घाखाँचीका अध्यक्ष बसन्त केसीले बताउनु भयो । वैदेशिक रोजगारबाट फर्किएका ईच्छुक व्यक्तिहरुले यहि फागुन ५ गते भित्र आ–आफ्नो वडा कार्यलयमा सम्पर्क गरी नाम दर्ता गर्नु पर्ने संस्थाले जनाएको छ ।

तालिमा सहभागी हुन १६ बर्ष देखी ४० बर्ष उमेर सम्मका कम्तिमा ८ कक्षा उत्तीर्ण भएका व्यक्तिहरु हुनु पर्ने बताइएको छ । रिटर्नीहरुको हकमा भने उमेर हद नलाग्ने केसीले जानकारी दिनु भएको छ ।