राजमोको सांगठनिक अभियान भुमिकास्थानमा ।

श्याम घिमिरे फागुन ११ अर्घाखाँची -राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान अन्तरगत आज भुमिकास्थान नगरपालीका वडानम्बर ६ को धारीचौरमा संयुक्त भेला सम्पन्न भएको छ । अनक राम गैरेको अध्यक्षता, लेमप्रसाद बेल्बासेको स्वागत मनतब्य र कृष्णप्रसाद बेल्बासेको सन्चालनमा सम्पन्न भेलाले कृष्णप्रसाद बेल्बासेको संयोजकत्वमा ५ सदस्यीय संगठन परीचालन समितिको गठन गरेको राजमोले जनाएको छ । यस्तै भेलाले साबिक वडानम्बर ५ मा लेमप्रसाद बन्जाडे र साबिक वडानम्बर ९ मा ठगप्रसाद बन्जाडेको अध्यक्षतामा नौ–नौ सदस्यीय राजमो टोल समितिको गठन गरेको हो । कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष गोपाल प्रसाद पौडेल,स्थानिय राजमो नेता दोर्ण भण्डारी, मित्रलाल पौडेल लगायतले प्रशिक्षण मुलक मनतब्य राख्नुभएको थियो ।

यसैबिच आजै भुनपा ५मा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको राजमोले जनाएको छ । कार्यक्रममा सदस्यता अभियान,संगठन बिस्तार लगायतको बिषयमा प्रशिक्षण दिईएको जनाईएको छ । हिमलाल बन्जाडेको अध्यक्षता, मानबहादुर रानाको स्वागत मनतब्य र बोमबहादुर बिकको सन्चालन सम्पन्न प्रशिक्षण भेलामा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरब रेग्मी,राष्ट्रिय जनमोर्चा संगठनात्मक अभियान परिचालन समिति अर्घाखाँचीका संयोजक शेर बहादुर बिसी, राजमो जिल्ला अध्यक्ष थम्मन केसी, उपाध्यक्ष गोपाल पौडेल, वडाअध्यक्ष तुल्सीराम बेल्बासे लगायतले प्रशिक्षण मुलक मनतब्य राख्नुभएको हो ।

Advertisement

टर्कीमा ५.७ म्याग्निच्युडको भूकम्प : सात जनाको ज्यान गयाे

फागुन ११, २०७६ काठमाण्डौ- आइतबार बिहान टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर गएको ५‍.७ म्याग्नीच्यूडको भूकम्पमा परि ७ जनाको ज्यान गएको छ । भूकम्पमा परेर ५  जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पबारे जानकारी गराएको हो ।

भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट भएको धनमालको क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।source:ujyaaloonline

प्रगतिशील पत्रकार संघको अध्यक्षमा उदय जीएम

११ फाल्गुन २०७६- प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ। शनिबार संघका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलन आयोजक समिति गठन गरेको हो। संघको बैठकले पुरानो समिति भंग गरी उदय जिएमको अध्यक्षतामा श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहनुभएको आयोजक समिति गठन गरेको हो।

लामो समय दाङबाट पत्रकारिता गर्नुभएका जीएम हाल काठमाडौंबाट सञ्चालित दैनिक अनलाइनको प्रधानसम्पादक हुनुहुन्छ। विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशील जीएमले यसअघि नयाँ युगबोध दैनिक, अन्नपूर्णपोष्ट, सगरमाथा टिभी, इ–हुलाकी अनलाइनलगायतका सञ्चारमाध्याममा काम गरिसक्नुभएको छ।

प्रगतिशील पत्रकार संघको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरिसक्नुभएका जीएम हाल नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव पनि हुनुहुन्छ। १९ सदस्यीय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरि, विद्यानाथ अधिकारी, गोपाल बराइली, श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहनुभएको छ। आगामी चैत ६ गते काठमाडौंमा आयोजक समितिको बैठक बसी सम्मेलनको मिति र समय ठेगान गर्ने सचिव श्यामलाल पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अखिल छैठौं पाणिनी क्याम्पसको अध्यक्षमा बाबुराम नेपाली ।


सन्धिखर्क एफएम
फागुन ११ अर्घाखाँची –
अखिल छैठौं पाणिनी बहुमुखी क्याम्पसको अध्यक्षमा बाबुराम नेपाली निर्वाचित हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको पर्यटकीय स्थल लदाम बगैंचामा सम्पन्न प्रशिक्षण भेलाले अध्यक्ष नेपालीको नेतृत्वमा १३ सदस्यिय क्याम्पस मुल इकाई समितिको सर्वसहमत गठन गरेको हो ।

प्रगतिशील बनभोज सहितको भेलाबाट गठित समितिको उपाध्यक्षमा सुनिता भुसाल,सचीव अजय भुसाल,सहसचीव नवीन घिमिरे र कोषाध्यक्षमा मनिषा गैरे चयन हुनुभएको छ । अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन नेपालीको अध्यक्षता,अजय भुसालको स्वागत मन्तव्य र जिल्ला सहसचीव राजेश भुसालको संचालनमा सम्पन्न भेलामा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवर,केन्द्रिय सचीव गोपाल प्रसाद भट्टराई,अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरवराज रेग्मी,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी. र राजमो नेता कृष्ण के.सी. लगायतले प्रशिक्षण दिनुभएको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।

कार्यक्रममा प्रशिक्षण दिने वक्ताहरूले मुलुकको राजनीतिलाई सहि ट्रयाकमा ल्याउने अबको जिम्मा युवा विद्यार्थीमा आएकोले सबै विद्यार्थी गोलबन्द हुनुपर्ने बताउनुभएको हो । उहाँहरुले मुलुकका सबै क्षेत्रमा विकृती बढ्दै गएको ठहर गर्दै यसलाई सुधार गर्नको निम्ति नागरिक सचेतनाको खाचो रहेको समेत औंल्याउनु भएको थियो ।

अखिल छैठौंका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको उल्लेख्यनिय सहभागितामा सम्पन्न कार्यक्रममा प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे,जिल्ला अध्यक्ष जितेन्द्र खत्री,अखिल नेपाल युवक संघका जिल्ला सचीव ठाकुर पन्थी,हिमाल बन्जाडे,शिव वेल्वासे,अनेम संघ प्रतिनिधि सरस्वता नेपाली लगायतको आतिथ्यता रहेको अखिल छैठौंका जिल्ला उपाध्यक्ष आकाश भाटले जानकारी दिनुभएको छ ।

राजमो अर्घाखाँचीको सांगठनिक अभियान उत्साहपुर्बक रुपमा अघि बढ्दै ।


श्याम घिमिरे
फागुन ११ अर्घाखाँची –

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान उत्साहजनक रुपमा अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सिंगो शक्तिनै परिचालन हुनेगरि जिल्ला र पालिका स्तरमा सात वटा टोलीको निर्माणगरी फागुन १ गतेदेखी एकै साथ सुरु भएको संगठनात्मक अभियानमा स्थानिय जनताहरुले भव्यरुपमा स्वागत गर्ने गरेको र सदस्यता लिने क्रम पनि बढ्दै गएको राजमो अर्घाखाँचीले जनाएको छ । अभियानकै दौरानमा सनिवार भुमिकास्थान नगरपालीका वडानम्वर ६ खिल्जिको दुरबाङमा रूकमांगत आचार्यको संयोजकत्वमा ७ सदस्यीय संगठन अभियान परिचालन समितिको गठन गरेको छ । जसको सदस्यहरूमा थानेश्वर बेल्बासे,टोमलाल बेल्बासे,शिबलाल गैरे ,हुमा थापा,आशा थापा,सरस्वता बेल्बासे रहनु भएको छ ।

यसैबिच राजमोले शिबलाल गैरेको अध्यक्षतामा ११ सदस्यीय दुरबाङ टोल समितिको समेत निर्माण गरेको छ । जसको उपाध्यक्षमा रूकमांगत आचार्य(ख)सचिकमा रूकमांगत आचार्य (क),सहसचिवमा सरस्वता बेल्बासे र कोषाध्यक्षमा गंगाराम गैरे चयन हुनुभएको छ । यस्तै समितिको सदस्य हरूमा क्रमश बसन्ता नेपाली ,हुमा थापा,कुमारी बराल,गोपाल गैरे,जनक बस्नेत र थम्मन बराल चयन हुनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा संगठनात्मक अभियान परिचालन समिति अर्घाखाँचीका जिल्ला संयोजक शेर बहादुर बिसी,राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,भुनपा ६ का वडासदस्य निमबहादुर बस्नेत लगायतले प्रशिक्षण मुलक मनतब्य राख्दै पार्टीले सन्चालन गरेको संगठनात्मक अभियान लगायतका बिबिध बिषयहरूमा प्रकाश पार्नुभएको समाचारमा जनाईएको छ ।