श्याम घिमिरे
माघ २० अर्घाखाँची –
सन्धिखर्क नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष युबराज बन्जाडेले कुनैपनि सिपले व्यक्तिको जीवन जिउन सहज हुने बताउनु भएको छ । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ईभेन्ट परियोजना र दवल्ड बैंकको सहयोगमा जिभ करियर ईन्ष्टिच्युट प्रालि ( जे.सि.आई ) नेपाल सन्धिखर्क अर्घाखाँचीको आयोजनामा ३९० घण्टे टेलरिङ्ग तालिमको आज सन्धिखर्कमा उद्घाटन गर्दै बन्जाडेले यस्तो बताउनु भएको हो । बन्जाडेले तालीम पश्चायत सिकेका कुराहरुलाई व्यबहारमा लागु गर्नुपर्ने बताउदै यस्ताखाले तालीमले ब्यक्ती आफ्नै खुट्टामा उभीन सक्ने हुनाले निरन्तर रुपमा लागी परी रहनुपर्नेमा जोड समेत दिनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडानम्बर १ का वडासदस्य लक्ष्मण पराजुलि,पत्रकार श्याम घिमिरे,प्रशिक्षक माया आले लगायतले शुभकामना मनतव्य राख्दै तालीमलाई व्यवहारमा उतार्नुपर्ने बताउनु भएको हो । सि.टि.ई.भि.टि बाट मान्यताप्राप्त लेबल ए र बि को तालीममा जिल्लाभरबाट २०÷२० जना लक्षित समुहका प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । कार्यक्रम तालीम संयोजक नबराज बन्जाडेको अध्यक्षता,सन्जय श्रेष्ठको स्वागत मनतव्य र साबित्रा बस्यालको सञ्चालनमा सम्पन्न भएको होे । संस्थाले टेलरिङ्ग तालमि,औधोगिक वायरीङ्ग,मोटरसाईकल मर्मत तालीम लगायतका सिपमुलक तालमिहरु सन्चालन गरीरहेको संस्थाका अध्यक्ष नबराज बन्जाडेले जानकारी दिनुभयो ।




