
श्याम घिमिरे
फागुन २ अर्घाखाँची
सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालले खेल क्षेत्रको विकासकालागि नगरपालीकाले बिशेष ध्यान दिएको बताउनु भएको छ । सन्धिखर्क नगरपालीका वडानम्बर २ को आयोजनामा सुरु भएको सन्धिखर्क नगरपालीका वडानम्बर १ र २ स्तरीय अन्तर माबि छात्र,छात्रा भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दे यस्तो बताउनु भएको हो । भुसालले जिल्लामा पछिल्लो समय ठूलाठूला प्रतियोगिता समेत हुन लागेकाले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठुलो मद्दत पुग्ने भन्दै खेलकुदको विकासमा आवश्यक वजेट बिनियोजन गर्न कन्ज्युसाइ गर्न नहुनेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाट नै राष्ट्रिय खेलाडी बन्ने भएकोले प्रतियोगिता आयोजनाले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्नेमा बिश्वास व्यक्त गर्नुभयो ।

वडानम्वर २ का वडाअध्यक्ष मोतिजंग रायमाझीको अध्यक्षता वडासदस्य शुश्मा श्रेष्ठको स्वागत मनतब्य र शिक्षक धुर्ब आचार्यको सन्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षा बिकाश तथा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली,सनपा १ का का.बा अध्यक्ष लक्ष्मण पराजुली,अर्घाखाँची शिक्षा क्याम्पस प्रमुख श्रीकृष्ण भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नुभएको हो ।

कार्यक्रममा सनपा उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली,प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट,माधब रेग्मी,अनुसन्धान अधिकृत बिनय चर्तुबेदी लगायतको उपस्थिति रहेको थियो ।

अर्घाखाँची आबासीय माबिको व्यवस्थापनमा सुरु भएको प्रतियोगीतामा नगरका ७ बिद्यालयका छात्र र छात्रा गरी १४ टिमको सहभागीता रहेको छ । प्रतियोगीताको फाईनल खेल भोली हुने आयोजकले जनाएको छ ।




