प्रधानमन्त्रीको राजीनामा र पार्टी विभाजन हुन्छ भनेर मिडियाले हल्ला फैलाए – नेकपा नेता बस्नेत


सन्धिखर्क एफएम फागुन १७ अर्घाखाँची –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मिडियाले प्रधानमन्त्रीको राजीनामा र पार्टी विभाजनको हल्ला फैल्याएको आरोप लगाएका छन् । प्रेस संगठन नेपाल अर्घाखाँचीलेसनिवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले मिडियाले गलत हल्ला फैल्याएको बताए ।


प्रधानमन्त्रीको राजीनामा आउने कुरा मिडियाले उचालेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा र पार्टी विभाजन हुन्छ भनेर केही सञ्चारमाध्यमले हल्ला फैल्याएका छन् । एउटा जीवन्त पार्टीमा बहस, छलफल हुनु सामान्य हो । तर सहमतिमै सबै निर्णय हुँदै जान्छन् ।’
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलरै अघि बढ्नुको विकल्प नभएकोमा जोड दिदै बस्नेतले पार्टी एकताको चरणमा बहुमतको निर्णय लागू नहुने बताए । उनले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा दोषी भएमा कारबाही हुने दाबि पनि गरे ।


फरक प्रसंगमा उनले एमसिसी परिमार्जनसहित पास हुने बताए । नेकपाले गठन गरेको कार्यदलले दिएको प्रतिवेदन अनुसार सुधार गर्नुपर्ने पक्षमा सुधार गरेर मात्र एमसिसी कार्यान्वयनमा आउने बस्नेतको भनाइ रहेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले विगतका कुरा उठाएर पार्टीमा तिक्तता ल्याउनु गलत भएको बताए । उनले विगतलाई भन्दा पनि पार्टी एकताको आवश्यकताका आधारमा सबै पक्ष अगाडि बढ्नु पर्नेमा जोड दिए ।

Advertisement

युवाहरू आर्थिक क्रान्तिमा होमिनुपर्छ: पुर्व उपप्रधानमन्त्री रायमाझी

शोभाखर पन्थी अर्घाखाँची /फाल्गुण १७- पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आर्थिक क्रान्तिमा होमिन युवाहरु लाई आवव्हान गर्नुभएको छ । राष्ट्रिय युवासंघ नेपाल नेपाल अर्घाखाँचीको प्रथम एकता जिल्ला भेला तथा सपथ ग्रहण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने युवाहरु बिकास र समृद्धिको अभियानमा जुट्नुपर्ने बताउनु भयो ।

ठूलो त्याग ,तपस्या र बलिदान बाट निरंकुशताको अन्त्य भएको स्मरण गराउँदै ,उहाँले आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियान मार्फत जनअपेक्षा पुरागर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले बर्तमान सरकार ईतिहासमै सफल सरकार भएको बताउनुभयो ।

नेकपा नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा अनगिन्ती काम गरेको भन्दै ,सरकारले गरेका राम्रो कामको आलोचना गर्नु राजनीतिक पुर्वाग्रह भएको बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनले विश्वभरिका श्रमजीवी वर्गमा उर्जा ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले संसारभरका कम्युनिस्टहरु कमजोर र रक्षात्मक भएको अबस्थामा नेपाली कम्युनिस्टहरुले जनताको अभिमत व्दारा दुई तिहाई बहुमत ल्याई आफुलाई अब्बल साबित गर्न सफल भएको भन्दै बिकास र समृद्धि मार्फत नेपाली जनताको मुहारमा खुसि ल्याउने काम भैरहेको बताउनुभयो । राष्ट्रिय युवासंघ नेपालका ईन्चार्ज समेत रहनु भएका पुर्वमन्त्री बस्नेतले नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूमा देखिएको विवादले पार्टी लाई अझै एकता बद्ध र बलियो बनाउने वताउँदै ,नेकपा बिभाजन हुन्छ भन्ने अनर्गल हल्ला प्रतिकृयावादीहरुको दिबा सप्ना मात्र भएको बताउनुभयो ।

उहाँले नेकपा बहुमत र अल्पमतको आधारमा नभई सहमतिका आधारमा चल्ने पार्टी हो भन्दै पुर्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमति र अन्य शीर्ष नेताहरूको सहयोग र साथमा पार्टीले महत्वपूर्ण निर्णय लिने बताउनुभयो । नेता बस्नेतले बर्तमान केपी ओली नेतृत्वको सरकार ईतिहासमै सक्षम ,सफल र राष्ट्रवादी सरकार भएको दाबी गर्दै ५ बर्ष पहिले र अहिलेको बिकास दाँजेर हेर्न आग्रह गर्नुभयो ।

सिमित साधन र श्रोतका बीच पनि सरकारले ऐतिहासिक काम गरेको तथ्य प्रस्तुत गर्दै बस्नेतले छोटो अबधिमा थुप्रै पुर्वाधार निर्माण भएको , राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण भैरहेको ,आर्थिक बृद्धिदर बढेको ,प्रतिव्यक्ति आय बढेको ,बैदेशिक निर्यात बढेको , आयातमा कमि हुँदै गएको ,किसान लाई उन्नत बीउ,मल र कृषि औजारमा भारी छुट दिईएको,उद्यम गर्न चाहने युवालाई न्यून व्याजदरमा ऋण उपलब्ध गराएको बताउनुभयो ।

उहाँले तत्कालै अमेरिका,अष्ट्रेलिया ,जापान ,चिन लगायत विश्वका धनी देशको जस्तै बिकास खोजेर पूरा हुन नसक्ने भन्दै केही बर्षमा नेपाल लाई बिकसित मुलुकको दाँजोमा पुर्याउने दृढता व्यक्त गर्दै उत्पादन मुलक काममा जोडिन युवाहरु लाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा दिपशिखाले नेपाल कम्युनिस्ट पार्टी नेकपा र बर्तमान सरकारले नै मुलुकमा बिकास र समृद्धि ल्याउने बताउनुभयो । उहाँले बर्षौ देखि जरागाडेर बसेको भ्रष्टाचार र अनियमितता लाई सरकारले सतहमा ल्याईदिएको र कार्वाही गरेरै छोड्ने दावी गर्नुभयो । नेकपा नेपाली कांग्रेस जस्तो भ्रष्टाचारी लाई कार्वाही गर्नु हुँदैन भनेर सडकमा आन्दोलन गर्ने पार्टी नभएको भन्दै सापकोटाले भ्रष्टाचारी जुनसुकै पार्टी र पक्षको भएपनि कार्वाही गरिने बताउनुभयो ।

उहाँले भ्रष्टाचार ,ढिलासुस्ती र अनियमितता बिरुद्ध युवाहरू सधैब संघर्षरत रहिरहने बताउनुभयो । नेता सापकोटाले पार्टी एकता लाई मजबुत पार्नुको बिकल्प नभएको बताउँदै तल सम्म नै भावनात्मक एकता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिगतका तिक्तता बिर्सिएर अगिबढ्नुको बिकल्प नभएको समेत बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शुशीला श्रीपाली,जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य चेतनारायण आचार्य र राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सहसंयोजक रमेश पौडेलले युवाहरु परिवर्तनका वाहक मात्र नभई बिकास ,समृद्धि र सिर्जनाका प्रतिक समेत भएको बताउँदै सामाजिक रुपान्तरण र बिकासको काममा अग्रसर हुन युवाहरु लाई आग्रह गर्नुभयो ।

राष्ट्रिय युवासंघ नेपालका जिल्ला संयोजक गोबिन्द आचार्यको अध्यक्षता र सहसंयोजक प्रकाश खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिव ठाकुर कुमार बि.क.,केन्द्रीय सदस्यहरु किरण पौडेल ,पुजा कार्की ,सुबोध श्रीपाली,नरेश कुमार शाही ,ठाकुर सौराग आदर्श,मनिषा चुँदारा,शरिता श्रीस,सुशील भट्टराई लगायतका वक्ताहरूले मन्तव्य राख्दै सामाजिक न्याय ,बिकास र समृद्धिको लागि बलियो र सशक्त युवा संगठन निर्माण गर्नुपर्नेमा जोडदिनु भयो ।

कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका संयोजक रामप्रसाद सापकोटाले जिल्ला सदस्यहरु लाई सपथ ग्रहण गराउनु भएको थियो ।

अर्घाखाँची गोखुंगा की १८बर्षिय व्लडक्यान्सर पिडित मिना पन्थीलाई एक लाख सत्तेरी हजार हस्तान्तरण


१७ फाल्गुन २०७६, काठमाडौं । हाम्रो मातृभूमि आर्घाखाँचीमा हुने हरेक दुःख र सुखमा सहकार्य गर्नु हाम्रो कर्तब्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै अर्घाखाँची समाज जापान ले अर्घाखाँची जिल्ला मालारानी गाउंपालिका वडा नं. ९ गोखुंङ्गा की व्लड क्यान्सर पिडित मिना पन्थी बचाउका लागि संकलित रकम रु एकलाख सत्तेरी हजार मिना पन्थी उपाचार्थ हस्पिटल काठमाडौं को बानेश्वरमा रहेको सिभिल हस्पिटल मा पुगेर हस्तान्तरण गरिएको

हस्तान्तरणमा अर्घाखाँची समाज जापानका सल्लाहकार दिपक थापा, कान्छा अभियान्ता केपि खनाल, समाजिक अभियान्ता तथा युवा समाजसेवी सचिन पाण्डे, अर्जुन पोखेरेलको उपस्थितमा हस्तान्तरण गरिएको छ।१८बर्षिय मिना चार महिना देखि उपचार्थ हुनुहुन्छ ।

बोनम्यारो टासप्लान गर्नु पर्ने भएपनि पारीबारीक स्थिति दयानिय भएकोले उपचार मा समस्या भईरहेको पिडितका बुबा बताउनुहुन्छ।बृद्ध बुबाले आफ्नी छोरी बचाईदिन सबै लाई अनुरोध समेत गर्नु भएको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अभियान्ता सचिन पाण्डेले सबै सहयोगी मनले स्वच्छ मनले ती पिडितलाई आफू सक्दो सहयोग गरिदिन र तमाम पिडित का साथमा आफू सधैं रहेको र सधैं पिडितका कहानी उठान गरि ओझेलमा परेका पिडितलाइ सक्दो सहयोग जुटाई बचाउने बताए।

साथै अर्घाखाँची समाज जापानका सल्लाह कार दिपक थापाले पिडित बैनीलाइ अर्घाखाँची समाज जापान निरन्तर तपाईंको बचाउमा साथदिने भन्दै सान्त्वना समेत दिए ।

अर्घाखाँची समाज जापानले विभिन्न ठाउका पिडितहरुलाइ अभियान्ता सचिन पाण्डेको हातबाट सहयोग गर्दै आईरहेको छ। source:hindukhabar.com

पाणिनी क्याम्पसमा बन्ने ६ कोठे भवनको पुर्वउपप्रधानमन्त्री रायमाझीद्वारा शिलन्यास

Image may contain: 4 people, including Kamal Prasad Bhusal, people sitting, suit and outdoor

घनश्याम पौडेल/
अर्घाखाँची, १७ फागुन । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुनसके मात्रै समृद्ध अर्घाखाँची निमार्ण हुने बताएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा बन्न लागेको ६ कोठे भवनको शिलन्यास गर्दै रायमाझीले जिल्लाकै एकमात्र शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा तिनै सरकारको ध्यान पुगेको बताए ।

Image may contain: 1 person, sitting and outdoor

भवन बनाउँदा विशेषज्ञ ल्याएर भविष्यमा कुनै असर नपर्ने खालको भवन बनाउँन आग्रह गरे । क्याम्पसमा पार्किङ्गको व्यवस्था रहने गरी, सफा र स्वच्छ खानेपानी, राम्रो खेलमैदानको व्यवस्था सहित जिल्लामै नमुना क्याम्पस बनाउँनुपर्ने बताए । अर्घाखाँचीका प्रतिनिधीसभा सदस्य समेत रहेका रायमाझीले संसद विकास कोषबाट १ करोड बजेट विनियोजन गरेको बताए ।

प्रदेश सभा सदस्य तथा पाणिनी बहुमुखी क्याम्पस सञ्चालक समितीका अध्यक्ष चेतनारायण आचार्यले गुणस्तरीय भवन निमार्ण हुनेमा विश्वस्त व्यक्त गरे । राज्यका तिनै सरकारले यस क्याम्पसमा उपस्थिती जनाएपछि यहाँको काममा कुनै कमि नहुने बताए । भौतिक निमार्णका लागी विनियोजन भएको बजेटले पारदर्शी किसिमले काम सम्पन्न हुने बताए । क्याम्पसले लिएको लक्ष्य पुरा गर्दै अर्घाखाँची जिल्लाको समृद्धिका लागी स्वास्थ्य र शिक्षालाई विशेष ध्यान दिएको बताए ।

प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले ६ कोठे भवन निमार्णमा कुनै कमी नभई गुणस्तरीय बन्नुपर्ने बताए । गुणस्तर युक्त भवन निमार्णका लागी सबै लाग्नुपर्ने बताए । उनले हरेक संरचना निमार्ण गर्दा आजभन्दा ५० वर्ष पछाडीलाई हेरेर बाटोभन्दा कम्तीमा १२ मिटर छोडेर निमार्ण गर्नुपर्ने बताए ।

Image may contain: 3 people, people sitting and outdoor

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको बताए । क्याम्पसलाई थप गुणस्तरीय रुपले अगाडी बढाउँनका लागी म्याद सकिएको सञ्चालक समितीको गठन छिटो गर्नुपर्नेमा जोड दिए । भवन बनाउँदा इन्जीनियर ल्याएर भविष्यमा बाटाहरु निमार्ण गर्दा विकासलाई अवरुद्ध नहुने गरी भवन निमार्ण गर्नका लागी सुझाव दिए ।

Image may contain: 9 people, including Baburam Sharma, people standing and outdoor

क्याम्पस प्रमुख बाबुराम शर्माले प्रदेश सरकारले विनियोजन गरेको ६० लाखबाट तल्लो तलाको भवन निमार्णको लागी सिलन्यास भएको र संसद विकास कोषको १ करोडबाट थप दुई तला थपेर तिन तले भवन बनाउँने बताए ।

क्याम्पसका प्रध्यापक सुरज सारुले क्याम्पसमा करिब ७०० विद्यार्थीले अध्ययन गरेको बताए । उनले विगतका वर्षमा भन्दा अहिले क्याम्पसमा सुधार भएको बताए ।