हंसपुर स्वास्थ्य चौकिमा समुदाय स्वास्थ्य प्राप्तांक बोर्डको समीक्षा कार्यक्रम


श्याम घिमिरे
माघ १७ अर्घाखाँची-

मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले स्वास्थ्य क्षेत्रको बिकास बिना मानबजिवनको बिकास असम्भव रहेको बताउनु भएको छ । यु.एस.ए.आई.डि.को आर्थिक सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्र सुआहारा दोस्रो कार्यक्रमको सहजिकरणमा आयोजित मालारानी गाउँपालीकाको हंसपुर स्वास्थ्य चौकिमा सुक्रबार सम्पन्न समुदाय स्वास्थ्य प्राप्तांक बोर्डको समीक्षा कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य आचार्यले यस्तो बताउनु भएको हो । अध्यक्ष आचार्यले समुदाय स्वास्थ्य बिकासमा महिला स्वास्थ्य स्वयंसेबिकाहरूको महत्वपूर्ण भुमिका रहेको भन्दै स्वंयमसेबिहरुका जाहेज मागलाई आफुहरूले सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष एवं वडानम्वर ६ का वडाअध्यक्ष नारायण प्रसाद अर्यालको अध्यक्षता,अहेव ठाकुर प्रसाद अधिकारीको स्वागत मनतब्य र अहेब दिपक पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,वडानम्वर ७ का वडाअध्यक्ष खड्क प्रसाद भुसाल, वडानम्वर ८ का वडाअध्यक्ष नरेन्द्र बस्नेत लगायतले मनतब्य राख्नु भएको हो ।

मालारानि ६,७ र ८ नम्वर वडाका महिला स्वास्थ्य स्वयंसेबिका,हजार दिनका आमा,स्वास्थ्य चौकि व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागीता रहेको कार्यक्रममा सुआहाराका रबिकिरण अधिकारी, ज्ञानदिप आचार्य,गणेशराज गिरि,हरि पौडेल,चन्द्र बहादुर पाण्डे मालारानि स्वास्थ्य प्रमुख भबिश्वर खनाल लगायतले सहजिकरण गर्नुभएको चन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

भगवती माध्यमिक बिद्यालय शंखेटारीले अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन गर्ने

शोभाखर पन्थी,सन्धिखर्क एफएम माघ १७ अर्घाखाँची- भगवती माध्यमिक बिद्यालय शंखेटारीले अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन गर्ने भएको छ । अंग्रेजी भाषाप्रती बिद्यार्थी र अभिभावकको चासो बढे सँगै अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन सुरु गर्न लागेको बिद्यालयले जनाएको छ । यसबर्ष पुर्व प्राथमिक तह र कक्षा १ मा अंग्रेजी भाषाको माध्यम बाट शिक्षण गरिने र आगामी बर्ष क्रमशः बिस्तार गर्दै लैजाने बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसालले बताउनुभयो । उहाँले आधुनिक प्रविको माध्यम बाट सुबिधा सम्पन्न कक्षा कोठामा दक्ष शिक्षक बाट शिक्षण गरिने बताउनु भयो । अंग्रेजी भाषा शिक्षणको एक समारोहका बीच सन्धिखर्क नगरपालिका वडा नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले शुभारम्भ गर्नु भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै उहाँले परिवर्तित समय र परिस्थिति अनुसार बिद्यालय र शिक्षकले आफु लाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सरकाले शिक्षा क्षेत्रमा लगानी गरे अनुसार प्रतिफल आउन नसकेको भन्दै उहाँले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनु भयो । अध्यक्ष रायमाझीले शैक्षिक गुणस्तर वृद्धि लाई मुलमन्त्र बनाएर अगिबढ्न शिक्षकहरु लाई आग्रह गर्दै सहयोगका लागि आफु हरबखत तयार रहेको बताउनुभयो ।

ग्रिन ईङ्लिस बोर्डिङ स्कुलमा सरस्वती पुजा तथा पुरस्कार बितरण कार्यक्रम

Image may contain: 9 people, including Humprasad Banjade, Dev Kala Bhusal and Dilaram Bhusal, people smiling, people sitting


श्याम घिमिरे
माघ १६ अर्घाखाँची-
ग्रिन ईङ्लिस बोर्डिङ स्कुल सन्धिखर्क नगरपालीका २ चुत्राबेसीको आयोजनामा बिद्याकी देबि सरस्वतीको बिशेष पुजा तथा पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच सन्धिखर्क नगरपालीकाका शिक्षा शाखा प्रमुख युगलनारायण बस्सेलले सरस्वतिको फोटामा माल्यापर्णगरी उद्घाटन गनुभएको हो ।

Image may contain: 10 people, including Netra Prasad Bhusal, people standing


उद्घाटन कार्यक्रममा मनतब्य राख्दै बस्सेलले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीबर्तन गर्न सकिने भन्दै शिक्षा र स्वास्थ्यनै सामाजीक बिकाशको मुख्य मेरुदण्ड भएको बताउनु भयो । बस्सेलले हरेक गतिबिधिमा बिद्यालयले उत्कृष्टता हासील गरेकोमा बिद्यालय परीबारलाई बधाई दिदै नगरका सबै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

Image may contain: 6 people, including Netra Prasad Bhusal, people sitting

बिद्यालयका प्रिन्सिपल टेकबहादुर थापाको अध्यक्षता,शिक्षक ओमप्रकाश पौडेलको स्वागत मनतब्य र सहायक प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका कम्पनी रजिष्टर अध्यक्ष हुमा बन्जाडे,बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भुसाल,शिक्षक अभिभाबक संघका अध्यक्ष तुल्सीराम खनाल,बिद्यार्थी सम्झना थापाक्षेत्री लगायतले शुभकामना मनतब्य राख्दै बिद्यालको उज्वल भबिश्यको कामना ब्यक्त गर्नु भएको हो ।

Image may contain: 16 people, crowd and outdoor

कार्यक्रममा शैक्षिक सत्र २०७५ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्रछात्राहरुलाई पुरस्कार बितरण समेत गरीएको थियो ।

Image may contain: 7 people, people on stage and people standing
Image may contain: 4 people, including Dilaram Bhusal, people standing
No photo description available.
Image may contain: मिसन हरि
Image may contain: 6 people, including Dev Kala Bhusal and Humprasad Banjade, people smiling, people standing
Image may contain: 8 people, including Netra Prasad Bhusal and Dev Kala Bhusal

श्रीपञ्चमी : वसन्त ऋतु प्रारम्भ

१६ माघ काठमाडौं :  प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास  छ।  देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ। यसै यामदेखि वन ढकमक्क हुन्छ। प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ। काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।

वसन्त श्रवण
यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ। बिहीबार बिहान ९ : ०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिए। वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको उनले बताए।source:annapurnapost

माघ १६ अर्थात् शहीद दिवस : विभिन्न कार्यक्रमकाे आयाेजना गरी शहीदलाई सम्झिँदै

 माघ १६, २०७६ बिहिबार काठमाण्डाै – आज माघ १६ गते अर्थात् शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनर्स्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा बिहीबार विभिन्न कार्यक्रम गरिँदैछ ।

शहीद दिवसको अवसरमा बर्सेनि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १० गते काठमाण्डाैकाे टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

शहीद दिवसका अवसरमा अहिले बिहान रत्नपार्क शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

यस्तै लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भैरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम हुँदैछ । source:ujyaaloonline