
बिक्रम पाण्डे,सन्धिखर्क एफएम
माघ २७ अर्घाखाँची –
ज्ञान प्रकाश माबी डिभर्नाले बिद्यालयलाई सहयोग गर्ने करीब ६ सय जना ब्यक्तिहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १२ मा रहेको ज्ञान प्रकाश माध्यमिक बिद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

बिद्यालयले २०७६ सालको तिहारको अवसरमा सञ्चालन गरेको देउसी भैलो कार्यक्रममा आर्थिक सहयोग गर्ने करीव ६ सय जना सहयोगदातालाई सम्मान गरेको हो । कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुर्य बहादुर खनालले कार्यक्रममाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै प्र.अ खनालले बिद्यालयलाई सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गर्दै अभिभावकको पनि बिद्यालय प्रती चासो र जिम्मेवार हुने बताउनु भयो ।
कार्यक्रममा नेकपाका प्रतिनिधि राम बहादुर बिक ,नेपाली काङ्ग्रेस क्षेत्र नं. १ का सभापति केशबराज कुवँर ,नेपाली काङ्ग्रेस वडा सभापति लिलाधर बस्याल , राष्ट्रिय जनमोर्चाका गोपाल पाण्डे , कृषि बिकास बैंकका सन्धिखर्क शाखा प्रमुख चिरञ्जिबी बस्याल , साँस्कृतिककर्मी खगिश्वर केसी , चारतारा सहकारीका अध्यक्ष कृष्ण बहादुर खड्का , आईएम ई लाईफ ईन्स्योरेन्सका अर्घाखाँची प्रमुख बोम बहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
हजारौको संख्यामा अभिभावक र बिद्यार्थीको सहभागीता रहेको कार्यक्रममा बिद्यार्थीहरुले आफ्नो प्रतिभा मार्फत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष कासीराम बस्यालको अध्यक्षता , सहायक प्रधानाध्यापक दुर्गा प्रसाद बस्यालको स्वागत मनतव्य र शिक्षक दिनामणी बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
