
श्याम घिमिरे, माघ २१ अर्घाखाँची
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माले बिद्यालयहरुले बालबालीकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । भगवति आधारभुत बिद्यालय सन्धिखर्क ४ वाङ्लाको २५ औं बार्षीक उत्सब तथा रजतजयन्ती समारोहलाई आज प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे शर्माले यस्तो बताउनु भएको हो । शर्माले शिक्षक बिद्यार्थी र अभिभाबक बिचको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीबर्तन गर्न सकिने भन्दै शिक्षा र स्वास्थ्यनै सामाजीक बिकाशको मुख्य मेरुदण्ड भएको बताउनु भयो ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष मानबहादुर सुनारको अध्यक्षता,शिक्षक इन्दीरा भण्डारीको स्वागत मनतब्य र बिद्यालयका प्रअ प्रकाश खनालको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रीषि बहादुर पुलामी,सन्धिखर्क नगरपालीकाका प्रशासकिय अधिकृत जिबन ज्ञवाली,शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली,सन्धिखर्क नगर शिक्षा शाखा प्रमुख युगलनारायण बस्येल, वडानम्बर ४ बा वडाअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,सन्धिखर्क २ का वडाअध्यक्ष मोतिजंग रायमाझी,सनपा ८ का वडाअध्यक्ष ईश्वरी प्रसाद भुसाल,जिबनोद्धारा माबि वाङ्लाका प्रअ नामबहादुर रानाभाट, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,सरस्वति आधारभुत बिद्यालयका प्रअ नेत्रप्रसाद खनाल,बिद्यालय साँस्कृतिक समितिका सदस्य गिता रायमाझी,मोति सामुदायीक पुस्तकालयका अध्यक्ष कमलप्रसाद भट्टराई,बिद्यालय व्यबस्थापन समितिका सदस्य खिमबहादुर थापा लगायतले शुभकामना मनतब्य राख्दै नानीबाबुहरुको भबिश्य निर्धारण गर्ने थलो बिद्यालय भएकोले यसको बिकासको लागी सबै एकजुट हुनुपर्नेमा जोड दिदै बिद्यालको उज्वल भबिश्यको कामना ब्यक्त गर्नु भएको थियो ।









कार्यक्रममा बिद्यालयको शैक्षिक क्षेत्र र भौतिक क्षेत्रको बिकासमा अतुलनिय योगदान दिएको भन्दै बिद्यालय व्यबस्थापन समितिका भुपु अध्यक्ष,शिक्षक लगायतलाई सम्मान गरीएको थियो । यस्तै कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने अक्षयदाताहरुलाइ समेत प्रशंसा पत्रले सम्मान गरीएको पत्रकार श्याम घिमिरेले जानकारी दिनुभएको छ ।







