हिन्दु धर्म शास्त्रका ज्ञाता र बिद्धान अर्घाखाँची आउदै । कार्यक्रमको सबै तयारी पुरा


श्याम घिमिरे
माघ २३ अर्घाखाँची –

हिन्दु धर्म रक्षा परीषद् नेपाल अर्घाखाँचीले माघ २४ गते अर्थात भोली सन्धिखर्कमा बृहत प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने भएको छ । परीषद्मा आबद्ध युवा स्वयंमसेबक र अन्य हिन्दु धर्मालम्बीहरुको लागी २४ गते सुक्रबार एक दिने प्रशिक्षण कार्यक्रम गर्न लागीएकोे हिन्दुधर्म रक्षा परीषद् नेपालका केन्द्रीय अध्यक्ष नारायण खनालले जानकारी दिनुभयो ।

यसैबिच अध्यक्ष खनालले भोली हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको भन्दै हिन्दु धर्म शास्त्रका ज्ञाता एवं बिद्धानहरुबाट बैदिक सनातन हिन्दुधर्म र बिज्ञानको बिषयमा ज्ञान तथा प्रवचनमा सहभागी हुन सबै जनसमुदायहरुलाई आग्रह गनुभएको छ । कार्यक्रम भोली बिहान ठिक ११ बजे देखी सन्धिखर्कको टुडिखेलमा रहेको सभाहलमा सन्चालन हुदैछ ।

प्रवचनलाई धर्मशास्त्र बिभाग प्रमुख प्रा.डा. देबमणी भट्टराई र धर्म र बिज्ञानका ज्ञाता प्रध्यापक हरीप्रसाद सोडारीले सम्बोधन गर्ने कार्यक्रम रहेको वनाईएको छ । परीषद्ले जिल्लामा पछिल्लो समय हिन्दुधर्म रक्षार्थ बिभिन्न सांगठनिक गतिबिधिहरु सञ्चालन गरीरहेको हिन्दू जागरण युवा स्वयंसेबक अर्घाखाँचीका अध्यक्ष नारायण खड्काले बताउनु भयो ।

Advertisement

पत्रकार घिमिरे द्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण


सागर महत माघ २२ -भुमिकास्थान नगरपालिका वडा नम्बर–९ मा रहेको विरभद्र आधारभुत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीमा बसी राष्ट्रिय तथा स्थानीय मिडीयामा कार्यरत क्रियासिल पत्रकार लक्ष्मण घिमिरेले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३२ जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।


जन्मदिनमा फजुल खर्च गर्ने र भड्किलो बनाउने प्रचलन बढीरहेका बेला पत्रकार घिमिरेले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा भुमिकास्थान–९ का वडा सदस्य देवी प्रसाद पोख्रेल, विद्यायलका प्रधानाध्यापक पदमपाणी चुँदाली, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामप्रसाद घिमिरे, समितीका सदस्य खडानन्द घिमिरे, गोपाल प्रसाद घिमिरे, पत्रकार सागर महत, शिक्षकहरु कृष्ण रायमाझी, मुना पोख्रेल, बिष्णु घिमिरे, भरत घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी भुमिकास्थान–९ का वडा सदस्य देवी प्रसाद पोख्रेलले समाजमा राम्रो काम गर्ने र समाजलाई राम्रो बनाउने बारेमा सोंच्ने कमै मात्र रहेकाले,, यो उदाहरणीय कार्यका लागी धन्यवाद ज्ञापन गरे । सबैले सकारात्मक र सहयोगी भावनाको सोंच राखे समाज आफै बदलिंदै जाने उनको भनाई छ । पत्रकार घिमिरेले केक काटेर र भोज आयोजना गरेर जन्मदिन मनाउने प्रचलन रहेकाले विद्यार्थीहरुको शैक्षिक स्तरमा टेवा पुर्याउने उद्धेश्यले आफुले सहयोग गरेको बताए । सामाग्री वितरण गर्दै पत्रकार घिमिरेले जन्मदिनमा केक काट्नु भन्दा सहयोग गरेर मनाउँदा खुसी लागेको बताए ।कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षता, शिक्षिका मुना पोख्रेलको स्वागत मन्तव्य तथा प्रधानाध्यापक पदमपाणी चुँदालीको सञ्चालनमा सम्पन्न भएको हो ।

नेपाली सेनाले माग्यो १५० जना सेकेन्ड लेफ्टिनेन्ट (विज्ञापनसहित)

माघ २३, २०७६ काठमाडौं : नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ।  नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो।  उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ। 

हेर्नुहोस् विज्ञापन  

घरमै बसीबसी राहदानी लिन सकिने

माघ २३, २०७६ काठमाडौं :  सेवाग्राहीले अब घरमै बसी बसी राहदानी प्रक्रिया अगाडि बढाउन सकिने भएको छ । राहदानी विभागले लाग्ने शुल्क अनलाइनबाटै तिर्न पाउने सेवा सुरु गरेपछि सर्वसाधारणले घरमै बसेर राहदानी पाउने भएका हुन् । यसअघि बैङ्कमा लाइन बसेर राहदानीबापतको शुल्क तिर्नुपर्ने प्रावधान थियो ।

राहदानी फाराम भने अनलाइनमै भर्ने सुविधा रहे पनि लाग्ने शुल्क तिर्न भने बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यता थियो  भन्ने खबर गोरखापत्र दैनिकमा छ। शुल्क तिरेको बैङ्क भौचरसहित फाराम भरेपछि मात्र राहदानी बन्थ्यो । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने, “अब पैसा तिर्न पनि लाइन बस्न नपर्ने भएको छ । घरमै बसी बसी राहदानीका लागि आवेदन दिन र शुल्क तिर्न पाइन्छ ।” राहदानी विभागको वेबसाइट नेपाल पासपोर्ट डट जीओभी डट एनपी खोल्नासाथै दायाँपट्टि हरियो रङमा अनलाइन पेमेन्ट लेखिएको छ । त्यहाँ अनलाइनबाटै कसरी शुल्क तिर्ने भन्ने जानकारीसहितको विकल्प दिइएको छ ।

विभागले राजस्व व्यवस्थापन सूचना प्रणालीको अनलाइन सफ्टवेयरको सञ्जाल प्रयोग गरी विभागले अनलाइन पेमेन्ट सेवा सुरु गरेको हो । देशभरका राजस्व सङ्कलनका लागि प्रयोग हुँदै आएको यो सफ्टवेयर विभागको अनलाइन आवेदन सेवासँग जोडेर एकीकृत सेवा सुरु गरिएको खड्काले बताउनुभयो ।