अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघ्यो -संक्रमित चीन भन्दा दोब्बर, एक लाख मर्ने डाक्टरको चेतावनी

चैत १८, २०७६ एजेन्सी : अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या तीन हजार नाघेको छ। यसको अर्थ अमेरिकामा मृतकहरुको संख्या चीनकै आसापस पुगेको छ। चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन्।  अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ३ हजार १ सय ६५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरुको संख्या १ लाख ६४ २ सय ५३ पुगेको छ। अमेरिकामा संक्रमितहरुको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि चुलिँदै गएको हो।  जोन्स हपकिन्स विश्‍विद्यालको ताजा तथ्यांक अनुसार इटालीमा अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ संक्रमणको दर विस्तारै ओरालो लागिरहेको छ। इटालीमा अहिलेसम्म एक लाख एक हजार सात सय संक्रमित भएका छन्।

इटालीमा कोरोना भाइरसको संक्रमणबीच लकडाउनको समय सीमा अझै बढाइने भएको छ। अमेरिकी सरकारका संक्रामक बिरामी विशेषज्ञ डा एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसले एकदेखि दुई लाखसम्म मानिसको ज्यान जाने चेतावनी दिएका छन्।  विश्‍वभरमा कोरोना भाइरसबाट अहिलेसम्म ३७ हजार हजार आठ सय १५ मानिसले ज्यान गुमाइसकेका छन्। यसबाट संक्रमित मानिसको संख्या पनि चुलिँदै गएको छ। अहिले विश्‍वभरमा  ७ लाख ८५ हजार ७ सय ७७ मानिस संक्रमित छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि ‘सोशल डिस्टेन्सिङ्ग गाइडलाइन्स’ को समयसीमा ३० अप्रिलसम्म बढाएका छन्।  भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ३२ जनाको ज्यान गएको छ। १२ सय भन्दा धेरै संक्रमणको पुष्टि भइसकेको छ।  कोरोनाबाट संक्रमणको मामिलामा अमेरिकामा चीन भन्दा दुई गुणा पुगेका छन्। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख ६४ हजार दुई सय ५३ पुगेको छ। जबकि चीनमा संक्रमितको संख्या ८१ हजार ५ सय १८ मात्रै थियो।

चीनले समयमै कोरोना संक्रमणलाई रोक्न सकेकाले त्यहाँ संक्रमित र मृतकको संख्या अहिले रोकिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि अमेरिकामा कोरोना भाइरसबाट हुने मृत्युको संख्या एक लाखसम्ममा रोकियो भने त्यो नै ठूलो उपलब्धी हुने पनि बताउन भ्याएका छन्। कोरोना संक्रमितको हिसाब गर्ने हो भने अमेरिका पहिलो नम्बरमा छ।

दोस्रो नम्बरमा संक्रमितको हिसाबले इटाली छ भने तेस्रोमा स्पेन छ जहाँ करिब ८८ हजार मानिस संक्रमित छन्।  चीनको वुहान शहरमा कोरोना भाइरस संक्रमणको एक नया मामिला आएको छ। वुहानमा एक सातादेखि नयाँ केस दर्ता भएको थिएन। यस्तोमा एक साताान पहिलो केस भेटिएको हो। तर ३० मार्चसम्म चीनमा ४८ नयाँ केस भेटिएका थिए। यी सबै विदेशबाट फर्किएका हुन्। यसका साथै चीनको हिबेई प्रान्तमा एक व्यक्तिको मृत्युको समाचार आएको छ।  कोरोना भाइरसको शुरुवात चीनको वुहान शहरबाट भएको थियो। जहाँ गत साल डिसेम्बरमा कोरोना भाइरसको पहिलो केस पत्ता लागेको थियो। 
souece:thahakhabar.com

Advertisement

नेपालमा कोरोना नियन्त्रणमा सहयोगका लागि कोरियामा डेढ करोड संकलन

 चैत १७, २०७६ सोमबार -वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोनाको संभावित संक्रमण रोक्ने काममा सहयोग गर्न एक करोड ५० लाख रुपैँया संकलन गरेका छन् । 

अहिले कोरियामा प्रयोग भैरहेको तीन घण्टामै कोरोना परीक्षणको नतिजा दिने किट्स, पीपीइ लगायत स्वास्थ्यसम्बन्धी सामग्री किनेर पठाउन रकम संकलन गरिएको गैह्रआवासीय नेपाली संघ कोरियाका सचिव मनोज गौतमले जानकारी दिनुभयो । संघले हिजोसम्म रकम संकलन गरेको थियो ।  

गैह्रआवासीय नेपाली संघको तर्फबाट तीन हजार र कोरियामा रहेका नेपालीहरुको तर्फबाट दुई हजार किट्स खरिद गरी नेपाल पठाउने तयारी भए पनि उडान समस्याका कारण ढिला भएको र आउँदो शुक्रबारसम्ममा सामग्री पठाइसकिने  सचिव गौतमले जानकारी दिनुभयो । 

किट्स, पीपीईलगायत सामग्री खरिदका लागि कोरियन कम्पनी क्इीन्भ्ल्त् सँग नयाँ सम्झौता गरिएको पनि सचिव गौतमले बताउनुभयो ।

‘नेपाल र कोरियाली सरकारसँगको समन्वयमा अप्रिल तीन तारिखमा चार्टर उडानको तयारी भैरहेको छ, त्यो सम्भव नभएमा सौल ग्वाङझाऊ हुदै अप्रिल तिन तारिखसम्म नेपाल पुराउने हाम्रो प्रयास हुनेछ’ गैह्र आवासीय नेपाली संघ कोरियाका महासचिव बिमल सुबेदीले भन्नुभयो । source:ujyaaloonline

सात वटै प्रदेशमा पुग्यो कोभिड-१९ नियन्त्रण गर्न चाहिने सामग्री

चैत १७, २०७६ सोमबार काठमाण्डौ – सरकारले कोभिड-१९ नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु गरेको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाँदै छ ।

कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरमार्फत विराटनगरमा पनि सामान गइसकेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा पनि स्थलमार्ग भएर सामान लिएर गाडी छुटिसकेका छन्  ।

सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर त्यही कोभिड–१९ को परीक्षण गर्ने तयारी गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालका ल्याब स्तरवृद्धि गरी सञ्चालन सम्भाव्यताको लागि ल्याब विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले जानकारी दिनुभयो । source:ujyaaloonline

कोरोना भाइरस : विश्वरभर ३४ हजारको ज्यान गयो, ७ लाखमा संक्रमण

चैत १७, २०७६ सोमबार काठमाण्डौ – विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ३३ हजार ९ सय ९८ जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । ७ लाख २३ हजार ५ सय ९४ संक्रमितमध्ये १ लाख ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् । १ सय ९९ देशसहित दुई वटा अन्तराष्ट्रिय पानीजहाजमा कोरोना फैलिएको छ ।

बुटवलको क्‍वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु ,युएईबाट फिरेका उनलाई उच्च ज्वरो आएको थियो

चैत १६, २०७६ बुटवल : बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा राखिएका एकजना व्यक्तिको मृत्यु भएको छ । सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको हो।  स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले क्‍वारेन्टाइनमा मृत्यु भएको जानकारी आएको बताए। उनले मृत्युको कारणबारे थप रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।  चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले उनको स्वाब परीक्षणका लागि आइतबार काठमाडौं पठाइएको छ। अहिले उनको सम्पर्कमा रहेका परिवारका सदस्य र आफन्तहरूको सूचीत बनाउने काम भइरहेको मृतकका छिमेकी दीपक अधिकारीले जानकारी दिए ।
source:thahakhabar.com