कार्यक्रममा माला र खादा नलगाउने नेकपाको निर्णय

नेकपा अर्घाखाँचीको पार्टी एकता सुदृढीकरणमा स्वागत सत्कार, खादा माला र अबिरको प्रयोग गर्न नपाईने

शोभाखर पन्थी अर्घाखाँची / फाल्गुन १६ –

नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । नेकपा जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले ३ महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । समृद्ध नेपाल ,सुखी नेपालीको आधार – सुदृढ पार्टी ,सुशासन र लोकप्रिय सरकार भन्ने मुल नाराका साथ संचालित अभियानमा पार्टी निकट जिल्लाका सांसदहरू ,जिल्लामा खट्ने केन्द्रीय सदस्य,प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय सदस्य ,प्रदेश सदस्य,प्रदेश सल्लाहकार परिषद् ,जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य , पार्टी प्रदेश विभागिय सदस्य लगायतका सयौं नेता तथा कार्यकर्ताहरु खटिने नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।

नेकपाले फाल्णुण महिनामा पालिका कमिटी तथा बिभागका बैठक सम्पन्न गरि चैत १ गतेदेखि घर दैलो अभियान संचालन गरि जेठ सम्म अभियान सम्पन्न गर्ने जनाएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले पार्टी एकता लाई जनस्तर सम्म सुदृढ गरेर लैजानु पर्ने बताउनुभयो ।

Image may contain: 12 people, people standing

कार्यकर्ताहरु बीच भावनात्मक एकता कायम गरि उच्च मनोबलका साथ पार्टी काममा खट्नुपर्नेमा उहाँको जोड थियो । नेता रायमाझीले बिश्वका श्रमजीवी वर्गहरुको मनोबल माथि उठ्ने गरि नेपालमा आमुल परिवर्तन भएको बताउँदै जनभावना बुझेर अघि बढ्न कार्यकर्ता लाई आग्रह गर्नुभयो । सरकारले छोटो समयमा पनि थुप्रै प्रभावकारी काम गरेको भन्दै उहाँले सरकारको काम बाट अत्तालिएर बिपक्षीहरुले षड्यन्त्रका तानाबाना बुनेको आरोप लगाउनुभयो ।

Image may contain: 10 people, including Shambhu Pokharel

पार्टी निर्माणको साथै बिकास निर्माणको काम लाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा समेत उहाँको जोड थियो । कार्यक्रममा मन्तव्य राख्दै पार्टी स्थायी कमिटीका सदस्य कुलप्रसाद के.सी.ले नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई श्रमजीवी सर्वहारा बर्गको मन जित्ने पार्टी बनाउनुपर्ने बताउनुभयो । उहाँले सुदृढ र सबल पार्टी निर्माणको लागि उच्च मनोबलका साथ कामगर्न कार्यकर्ता लाई आग्रह गर्नुभयो । पार्टी एकता कुनै चिज प्राप्तिको निम्ति नभई राष्ट्रको समग्र हित र जनताको मुहारमा परिवर्तनको निम्ति गरिएको भन्दै उहाँले बिकास र समृद्धिको अभियान मार्फत समाजवाद उन्मुख कार्यक्रम लिएर अगाडि बढ्ने बताउनु भयो ।

Image may contain: 2 people, people sitting and indoor

नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क.किशोरको संचालनमा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नजिर मियाँ ,बोमबहादुर बि.क. र शुशीला श्रीपालीले नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारले देश र जनताको पक्षमा महत्वपूर्ण काम गरेको भन्दै सरकारले गरेको काम र पार्टीको बिचार लाई जनता बीच पुर्याउन अग्रह गर्नुभयो । उहाँहरुले समाजमा रहेका हरेकखाले बिकृति र बिसंगतिको अन्त्य गरि सम्मुन्नत समाज निर्माणको निम्ति चनाखो हुन कार्यकर्ता लाई आग्रह गर्नुभएको थियो ।

Image may contain: 7 people, including Bishnu Bhusal, people sitting and indoor

बैठकले पार्टी नेता तथा कार्यकर्तामा देखिन थालेको तडक भडक र भड्किलो प्रबृत्ति तत्काल रोक्ने निर्णय गर्दै कम्युनिस्ट जीवन शैली र सरल व्यवहार अपनाउन सबै पक्षलाई आग्रह गरेको छ । साथै बैठकले कार्यक्रममा अतिथिहरु मञ्चमा बस्नुपर्ने ,सबै अतिथिले भाषण गर्ने जनता र कार्यकर्ता मुकदर्शक बनेर एकोहोरो सुन्नुपर्ने,अतिथिले माला,खादा र अबिर लगाएर अरु भन्दा फरक देखिनु पर्ने खराब प्रबृत्तीको अन्त्य गर्दै पार्टीका कुनै पनि कार्यक्रममा प्रमुख अतिथि र अध्यक्ष बाहेक सबै अतिथि जनता सँगै दर्शक कक्षमा बस्ने तथा फुल,माला,खादा र अबिर समेत नलगाउने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचार बिभाग प्रमुख तिलक मिश्रले बताउनुभयो ।

नेकपा अर्घाखाँचीको पार्टी एकता सुदृढीकरणमा स्वागत सत्कार, खादा माला र अबिरको प्रयोग गर्न नपाईने
Advertisement

साईन रेसुङ्गा डेभलपमेन्ट बैंक द्धारा शिद्देश्वर शिवालयलाई ट्रष्ट हस्तान्तरण (तस्बिर सहित)

श्याम घिमिरे
फागुन १५ अर्घाखाँची –
साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड अर्घाखाँचीले शिद्देश्वर शिवालय मन्दीर चुत्राबेसी भक्तिटोललाई ट्रष्ट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । सुक्रबार मन्दिर परीषर् मा आयोजित एक कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक लेखनाथ पौडेल र चुत्राबेसी शाखा प्रबन्धक अञ्जली केसीले संयुक्त रुपमा शिद्देश्वर शिवालय मन्दिर संचालक समितिलाई ट्रष्ट हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै क्षेत्रिय प्रबन्धक लेखनाथ पौडेलले संस्थागत सामाजीक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत शिबालयलाई ट्रष्ट हस्तान्तरण गरीएको बताउनु भयो । पौडेलले बैंकले यस्ता कार्यक्रमहरुको सुरुवाती मात्र गर्न लागेको भन्दै आगामी दिनमा सहयोगलाई व्यापक बनाउदै लैजाने समेत बताउनु भयो ।

शिवालय मन्दिर संचालक समितिका सचिब कृष्णप्रसाद भुसालको अध्यक्षता, सनपा १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुदाँलीको स्वागत मनतब्य र नेत्र भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठ,मोती आचार्य,मिना श्रेष्ठ, गोमा श्रेष्ठ,शान्ता खत्री,पत्रकार श्याम घिमिर,े बैंकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । ट्रष्ट करीब १ लाखको लागतमा सम्पन्न भएको बैंकका चुत्राबेसी शाखा प्रबन्धक अञ्जली केसीले जानकारी दिनुभयो ।