सन्धिखर्क एफएम फागुन ८ अर्घाखाँची – प्रजातन्त्र दिवसको अबसरमा आयोजना गरिएको भलिवल प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका राष्ट्र सेबक कर्मचारीहरुको खेलाडी टिमलाई बुधबार कर्मचारी मिलन केन्द्रले सम्मान गरेको छ । सन्धिखर्कमा एक औपचारिक कार्यक्रम गरि केन्द्रले खेलाडिहरुलाई सम्मान सहित मेडल प्रदान गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको आतिथ्यता रहेको थियो ।
प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा मंगलवार आयोजना गरिएको प्रतियोगितामा राजनितिक दलको टिमलाई पराजित गर्दै कर्मचारी मिलन केन्द्रको टिमले प्रथम स्थान हाँसिल गरेको थियो । कार्यक्रम मिलन केन्द्रका अध्यक्ष खिम रानाको अध्यक्षता र उपाध्यक्ष बिक्रम थापाको संचालनमा सम्पन्न भएको हो ।
श्याम घिमिरे फागुन ८ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियान उत्साहजनक रुपमा अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको सिंगो शक्तिनै परिचालन हुनेगरि जिल्ला र पालिका स्तरमा सात वटा टोलीको निर्माणगरी फागुन १ गतेदेखी एकै साथ सुरु भएको संगठनात्मक अभियानमा स्थानिय जनताहरुले भव्यरुपमा स्वागत गर्ने गरेको र सदस्यता लिने क्रम पनि बढ्दै गएको राजमोले जनाएको छ ।
अभियानकै दौरानमा बिहिबार शितगंगा नगरपालीका वडानम्वर २ सितापुरको सिख्रमा मेलिना क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय बाल संगठनको निर्माण गरेको छ । जसको सचिबमा कौशिल्या खड्का,कोषाध्यक्षमा सर्मिला क्षेत्री र सदस्यहरुमा करीमा क्षेत्री,बसन्त खड्का,प्रकृति खड्का,आकृति खड्का,करण केसी,मनोज क्षेत्री,किस्मत क्षेत्री र श्रृष्ठी क्षेत्री लगायत रहेका छन । कार्यक्रममा राष्ट्रिय जनमोर्चा संगठनात्मक अभियान परिचालन समिति अर्घाखाँचीका जिल्ला संयोजक शेर बहादुर बिसी,शितगंगा नगरपालीका संयोजक यमलाल पोख्रेल र मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष कपिल खनाल लगायतका नेताहरुले संगठनात्मक अभियान र पार्टीमा बालसंगठनको आबश्यकता बारे प्रकाश पार्नुभएको समाचारमा जनाईएको छ ।
फागुन ८, २०७६ बिहिबार काठमाण्डाै – सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले नैतिकताका आधारमा राजीनामा दिएकाे बताउनु भएकाे छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले नैतिकतामा आधारमा राजीनामा दिएकाे प्रस्ट्याउनुभएकाे हाे ।
यसअघि सभामुख अग्नि सापकोटाले अनाैपचारिक रुपमा सञ्चारमन्त्री बास्काेटाले राजिनामा दिएकाे बताउनु भएकाे थियाे । उहाँले राजिनामाकाे औपचारिक पत्र त आउन बाँकी रहेकाे र सरकारको ध्यानाकर्षण पनि भइसकेको बताउनु भएकाे थियाे ।
बिहीबार बसेकाे प्रतिनिधिसभा बैठकमा कांग्रेसले सञ्चारमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले यो जानकारी दिनुभएको हो ।
बाँस्काेटाकाे राजीनमासँगै प्रत्येक बिहीबार हुने गरेकाे नियमित पत्रकार भेटघाट पनि स्थगित भएकाे छ । आजै बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले बास्कोटाको बर्खास्तीसँगै कारबाही प्रकृयापछि अगाडि बढाउन माग गर्नुभएकाे थियाे । ‘बर्खास्त गरेरमात्रै यो विषयले विश्राम लिँदैन । कांग्रेस बर्खास्तीले मात्रै चुप बस्दैन । यो विषयमा सत्यतथ्य कुराहरु जानकारी गराउन पनि माग गर्न चाहान्छ । प्रधानमन्त्रीले सबैले सुन्नेगरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ’, उहाँकाे भनाइ थियाे ।
सभामुख सापकोटाले बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारबाही अगाडि बढाउन माग गरे पनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे मात्रै सुरु भएको थियो । source:ujyaaloonline