श्याम घिमिरे
फागुन १ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाका ६ वटै पालीकाका बिभिन्न स्थानबाट आज एकैसाथ संंगठनात्मक अभियानको सुरुवात गरेको छ । जिल्लाका ६ वटै पालीकाका बिभिन्न वडाहरुबाट एक महिने संगठनात्मक अभियानको सुरुवात गरीएको राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले जानकारी दिनुभयो । जसअन्तरगत सदरमुकाम समेत रहेको सन्धिखर्क नगरपालिका स्थित वडानम्बर २ को भलायडाडाँबाट नगरपालीकाको संगठनात्मक अभियानको सुरुवात गरिएको हो ।
सन्धिखर्क २ का स्थायी बासीन्दा रहनुभएका राष्ट्रिय जनमोर्चाका पुराना नेता तथा जिल्लाकै बामपंन्थी आन्दोलनका योद्धा रामचन्द्र पोख्रेललाई राजमोको सदस्यता नबिकरण गरी अभियानको सुरुवाती गरीएको अभियानका नगर इन्चार्ज गोबिन्द बिसीले जानकारी दिनुभयो । २ नम्बर वडाको अभियानमा राजमो नेता बिसी लगायत जिबनारायण खनाल,भिम आचार्य,कमल घिमिरे,कृष्णप्रसाद खनाल,तुल्सीराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
सन्धिखर्कमा गत माघमा मोर्चाको बृहत जिल्ला भेला बसी विस्तृत योजना बनाइ संगठनात्मक अभियान सन्चालन गर्ने योजना बनाएको थियो । सन्धिखर्क नगरपालीका सहित ६ वटै पालिकामा संगठन निर्माणको योजना तयार पारेको राजमो जिल्ला सचिब बाबुरमा सुनारले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत जिल्लाका ६ वटै पालिकाहरुका ६१ वडाहरुमा सम्पर्क स्थापित गर्ने, सदस्यता वितरण र समितिहरु निर्माण गर्ने, विभिन्न स्थानहरुबाट आएर बसोबास गरेका पार्टी समर्थकहरुलाई गोलबन्द गर्ने, स्थानीय स्तरमा विकास निर्माण योजनामा जनताको नेतृत्व गर्ने लगायतका अभियान सञ्चालन गरिने राजमोले जनाएको छ । राष्ट्रिय जनमोर्चाले आजबाट देशब्यापी रुपमा एक महिने संगठनात्मक अभियानको प्रारम्भ गरेको हो ।
अभियान सन्चालन गर्न राजमो सन्धिखर्कले वडानम्बर १ मा राजेन्द्र नेपाली,२ मा जिबनारायण खनाल, ३ मा शिद्धि प्रसाद भट्टराई,४ मा कमल प्रसाद घिमिरे,५ मा खेमराज भुसाल, ६ मा पदम केसी,७ मा दिलदार हुसेन,८ मा चन्द्र प्रसाद बन्जाडे,९ मा पोमनारायण पौडेल, १० मा रुद्र पराजुली र ११ र १२ मा भिम आचार्यलाई संयोजकको जिम्मा दिएको बताईएको छ ।