

श्याम घिमिरे माघ २८ अर्घाखाँची –गौरीशंकर ईङ्लिस बोर्डिङ्ग स्कुल सन्धिखर्क अर्घाखाँचीको साताब्यापी खेलकुद प्रतियोगिता तथा पुरस्कार बितरण समारोह आज देखी सन्धिखर्कमा शुरु भएको छ । सन्धिखर्कको टुडिखेल मैदानमा आयोजित समारोहको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले व्यानर बाचनगरी उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहमा मनतब्य राख्दै नगरप्रमुख भुसालले शैक्षिक क्षेत्रको बिकासमा बिद्यालयले जिल्लामा महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

भुसालले राज्यको निती नियमका कारण निजी क्षेत्रका विद्यालयलाई प्रयाप्त सहयोग गर्न गाह्रो भईरहेको बताउदै आगामी दिनहरुमा बिद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव युगल नारायण बस्सेल ,सनपा १ का वडाअध्यक्ष युबराज बन्जाडे,शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मनिराम पराजुली,शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण खनाल,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर बिसिको अध्यक्षता, प्रिन्सिपल गणेस क्षेत्री को स्वागत मनतब्य र शिक्षक शिब बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासील गर्ने विद्यार्थी तथा अभिभावकलाई पुरस्कार वितरण समेत गरिएको थियो । खेलहरु एक साता सम्म सञ्चालन हुने बिद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले जानकारी दिनुभयो ।









