श्याम घिमिरे
माघ १८ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन पछिको प्रथम बिस्तारीत बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकको अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरबराज रेग्मील उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै रेग्मीले राष्ट्रियताको लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताए । भारतले लिम्पियाधुरा देखि कालापानीसम्म कब्जा गरेर आफ्नो नक्सामा समेट्नु नेपाल विरुद्ध युद्धको घोषणा गरे सरह भएको भन्दै उनले भारतले कब्जा गरेको भूमी जुनसुकै उपायवाट भएपनि फिर्ता गरेर आफ्नो अखण्डताको रक्षा गर्न नेपाली जनता तयार हुनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले एमसीसी स्वीकार गरेर ओली सरकारले देशलाई साम्राज्यवादी ध्रुर्वतर्फ लैजान खोजेको आरोप लगाउदै ‘होलीवाइन, एमसीसी र आइपीसमा संलग्नता तथा बिमस्टेकमा सहभागिताले देशलाई अमेरिकी साम्राज्यवादी क्याम्पमा लैजाने प्रयास गरेको बताए । सरकार नेपालको असंलग्न परराष्ट्र नीति विपरित हिडिरहेको आरोप लगाउदै भट्टले संसदले नागरिकता संशोधन विधेयक पास गरे नेपाल सिक्किम बन्ने दाबि समेत गरे ।

राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्य र सचिब बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो नेता शेर बहादुर बिसी,सागर केसी,झबिलाल थापा,यमलाल पोख्रेल,पशुपति ढकाल,कल्पना पोख्रेल,राजेन्द्र नेपाली,पुरन नेपाली लगायतले शुभकामना मनतब्य राखेका थिए । बैठकले अर्घाखाँचीका ६ वटै पालीकाहरुमा आगामी फागुन महिना भर १ महिने सांगठानिक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । जसकोलागी सबै पालीकाहरुमा अभियान सञ्चालनको समिति गठन गरीएको राजमो अर्घाखाँचीले जनाएको छ ।

