मगरात नेपाल मगर संघ अर्घाखाँचीले मनायो ३८औं एकता दिवस

जेबी दर्लामी , फागुन १५ अर्घाखाँची –

मगरात स्वायत्त प्रदेशको माग गर्दै ३८औं राष्ट्रिय मगर एकता दिवस अर्घाखाँचीमा पनि भव्यताका साथ मनाइएको छ । आज जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल मगर संघ, जिल्ला समन्वय समिति अर्घाखाँचीको मुख्य आयोजनामा सो दिवस मनाइएको हो ।

Image may contain: 3 people, including Rukendra Palunge, indoor


कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जबसम्म मानिसले जातिगत, भाषिक, सांस्कृतिक, धार्मिक र भौगोलिक रुपमा मुक्ति पाउँदैन तबसम्म न त्यो जातिको विकास हुनसक्छ न त देशको विकास हुनसक्छ भन्नुभयो । उहाँले स्वायत्त शासनको प्रावधान नेपालको संविधानमै रहेको हुँदा आवश्यकता र औचित्यका आधारमा त्यसलाई कार्यान्वयन गर्न सकिने पनि बताउनुभयो ।

Image may contain: 10 people, people standing

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पीताम्बर शर्माले नेपाल एक फूलबारी जस्तो भएको र यहाँका विभिन्न जातजातिहरू त्यहाँ फुल्ने फूलजस्ता हुन् भन्नुभयो । सबै फूलहरूलाई बराबर घामपानी हुनुपर्ने भन्दै उहाँले कुनै पनि जातजातिमाथि भेदभाव हुन नहुने बताउनुभयो ।

Image may contain: 9 people, people standing and indoor

नेकपा अर्घाखाँची जिल्ला कमिटि सदस्य प्रेमनारायण गैरेले सबै जातिको योगदानका कारण देशमा गणतन्त्र आएको र यो व्यवस्थालाई टिकाइराख्न पनि सबै जातिको मतैक्यता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भएका कारण सबै जातिले समान अधिकार पाउनुपर्ने पनि बताउनुभयो ।

Image may contain: 17 people, people standing


त्यसैगरी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण खनालले देशका सबै जातिको हक अधिकारका लागि आफ्नो पार्टी सदैव प्रतिबद्ध रहेको बताउँदै अब पनि सबैको अधिकारका लागि पार्टीले कुनै कञ्जुस्याइँ नगर्ने भन्नुभयो ।

Image may contain: 14 people, including Birman Raskoti Bikram IDo, Bishnuraj Belbase, Topbahadur Balal and Thakur Kumar BK, people standing


समाजवादी पार्टीका केन्द्रिय सदस्य राजु नेपालीले राज्य पुनर्संरचना आयोगकै प्रतिवेदनअनुरुप मेल खाने दस जोड एक प्रदेशको खाका आफ्नो पार्टीले अघि सारेको भन्दै नेपाल देश बहुराष्ट्र मिलेर बनेको हुनाले यो देशमा बहुराष्ट्रियताको सम्मान हुनुपर्ने बताउनुभयो ।

Image may contain: 11 people, including Bishnuraj Belbase and Topbahadur Balal, people standing

कार्यक्रममा परिवार दलका डिल्लीराज भुसालले देशमा जताततै भ्रष्टाचार व्याप्त हुनुको कारण उपल्लो पदमा रहेका राजनीतिक नेताहरू नै जिम्मेवार हुन् भन्नुभयो ।

कार्यक्रमलाई नेपाल मगर संघ, ५ नम्बर प्रदेश सचिवालय सदस्य टोपबहादुर बलाल, जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख ऋषिबहादुर पुलामी, शितगंगा नगर उपप्रमुख टिकाराम रेश्मी, सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासे, नेवा देजाभूका अध्यक्ष राजेन्द्र श्रेष्ठ, आदिवासी जनजाति महासंघका अध्यक्ष अशोक श्रेष्ठ, पत्रकार सहयोगी बिसी लगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।

Image may contain: 18 people, people standing


इन्द्र गेलाङमगरको सञ्चालन र कुसुम थापामगरको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ, जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष नेत्र थापामगरले गर्नुभएको थियो ।

Image may contain: 2 people, people standing, people walking, crowd and outdoor
Advertisement

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न,जिल्लाको बिकाश निर्माणमा सबै एकजुट हुनपर्नेमा सरोकारवालाहरुको जोड

Image may contain: 5 people, including Chet Narayan Acharya and Bijayaraj Poudel, people sitting and indoor


श्याम घिमिरे
फागुन १४ अर्घाखाँची-

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा कार्यालयको अर्धबार्षिकि कार्यप्रगति प्रस्तुतिकरण तथा बृहत अन्तरक्रिया कार्यक्रम बुधवार सन्धिखर्कमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रम नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं संघिय सांसद टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मनतब्य राख्दै प्रमुख अतिथि रायमाझीले पछिल्लो समय जिल्लामा बिकाश निर्माणले तिब्रता लिएको भन्दै जिल्लाको बिकाश निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो । रायमाझीले अर्घाखाँचीलाई नमुना जिल्ला बनाउन आफुहरुलागि परिरहेको भन्दै सबैलाई उक्त कार्यमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

Image may contain: 11 people, including सागर परियार, Bishnuraj Belbase and Jitendra Khatri, people sitting and indoor

कार्यक्रममा प्रदेश सांसद चेतनारायण आचार्य,रामजि प्रसाद घिमिरे ,जालपा भुसाल ,निर्मला क्षेत्री ,सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल ,शितगंगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी,छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल,मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्यालय सदस्य पिताम्वर भुसाल ,नेपाली काँग्रेस जिल्ला सचिब बिष्णु भुसाल ,राजमो जिल्ला अध्यक्ष थम्मन केसि,समाजबादि पार्टीका केन्द्रीय सदस्य राजु नेपाली ,साझा पार्टीका नेता हरि प्रसाद भुसाल ,नेपाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालि लगायतले मनतब्य राख्दै जिल्लालाई समृद्ध बनाउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा जिल्लाको बिकाशनिर्माण ,शान्ति सुरक्षा,सेबाप्रबाह,सुशासनको क्षेत्रमा रहेका समस्याको बारेमा सरोकारवालाहरूले प्रश्नोउत्तर समेत गरेका थिए ।

Image may contain: 12 people, including Bishnu Paudel, Pradip Mishra, Rishi Ram Adhikari and Laxman Parajuli, people smiling, people sitting and indoor
Image may contain: 7 people, including Thakur Kumar BK and Chet Narayan Acharya, people sitting and indoor
Image may contain: 7 people, including Bijayaraj Poudel, नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची and Kamal Prasad Bhusal, people standing
Image may contain: 4 people, including Kamal Prasad Bhusal and Bishnuraj Belbase, people smiling, people sitting and indoor