अमेरिकाको टेक्सास र लस एन्जल्समामा विवेकशील साझा सदभाव समूह गठन

चिरन्जिबी घिमिरे , अमेरिका

विवेकशील साझा पार्टीको बिश्व भर छरिएर रहेका नेपालीहरु माझ सदभाव समूह गठन प्रक्रिया अनुरुप अमेरिकाको टेक्सास र लस एन्जल्समा विवेकशील साझा सदभाव समूह गठन भएको छ। संयुक्त राज्य अमेरिकाको टेक्सास राज्य स्थित डालस वरपर रहेर बिभिन्न पेशा व्यवसाय गर्दै आएका विवेकशील साझा पार्टी सम्बद्ध सदस्यहरुको एक भेलाद्वारा साझा सद्भाव समुह गठन गरेको छ।

गत मार्च २५ तारिक आइतबारका दिन युनीभर्सिटी अफ नर्थ टेक्सासमा पिएचडी अध्यनरत ज्ञानेन्द्र बोहराको संयोजकत्वमा १४ सदस्यीय  विवेकशील साझा सदभाव समूह डालस, टेक्सास गठन गरिएको हो। बौद्धिक समुहहरुको उत्साहजनक उपस्थितिले अत्यन्तै हौसला बढेको छ र यसले अब छिट्टैनै आफ्नो मातृभूमि फर्किएर देश र जनताको लागि काम गरौँ भन्ने हौसला बढेको संयोजक बोहोराले बताउनु भयो।

उपस्थित सदस्यहरु 
१ नबिन दित्य कोइराला
२ पोष्ट बस्नेत
३ राज अधिकारि
४ भुपेन्द्र अवस्थी
५ धिरेन सामन्त
६ हरिकृष्ण बिष्ट
७ सर्वोत्तम भगत

अनुपस्थित सदस्यहरु
८ प्रविण चौलागाई
९ सुमन गौतम
१० मनिष अधिकारी
११ जनक सामन्त
१२ राजिव रानाभाट
१३ सन्दिप न्यौपाने

त्यसैगरी, २०१८ अप्रिल १,आइतबार क्यालिफोर्नियाको लस एन्जेल्समा बसेको नेपालीहरुको भेलाले डा. राजेन्द्र पंगेनीको संयोजकत्वमा १ जना सल्लाहकार लगायत ७ सदस्यीय विवेकशील साझा सद्भाव समुह, लस एन्जेल्स निर्माण गरेको  खबर प्राप्त भएको छ। संयोग नै मान्नु पर्छ अधिकांश सदस्यहरु बिभिन्न क्षेत्रका बैज्ञानिक समावेश भएको उक्त समिति भित्र रहेका सदस्यहरुको नाम यसप्रकार रहेको छ:

१) डा. राजेन्द्र पंगेनी-संयोजक
२) डा. दिवाकर सिग्देल-सदस्य
३) गंगाराम पाण्डे- सदस्य
४) जुनुपा अधिकारी-सदस्य
५) डा. नमूना पाण्डे-सदस्य
६) डा. राकेश देशार-सदस्य
७) डा. श्याम चौरासिया-सदस्य

30020687_10155321839958053_1335576343_n

समितिलाई जतिसक्दो समाबेशी बनाउने प्रयत्न गरिएको छ र सबै समिति सदस्यहरुको सल्लाह बमोजिम सदस्य संख्याहरु बढाउदै लैजाने निर्णय समेत गरिएको संयोजक पंगेनीले बताउनु भयो।

सदभाव समूहमा रहने अधिकांश सदस्यहरु अमेरिकामा रही विभिन्न शैक्षिक क्षेत्रहरुमा अध्ययनरत र अनुसन्धानमा दिग्गज व्यक्तित्वहरु हुनुहुन्छ। विवेकशील साझा सद्भाव समूहमा यसरी बैज्ञानिक तथा बिशेषज्ञहरु संगठित भए पछि अमेरिकी डायोस्पोरामा अत्यन्तै महत्वका साथ हेरिएको छ। देश बाहिर रहेता पनि आफ्नो मातृभूमि प्रतिको जिम्मेवारी बोध रहेको र नेपालको समृद्धि, सकारात्मक परिवर्तन साथै सुशासनका पक्षमा आफुलाई सदैव उभ्याउने र सक्रिय रहने प्रतिबद्धता ब्यक्त गर्दै अभियानमा संलग्न हुन अन्य राष्ट्रप्रेमी, न्यायप्रेमी एवम परिवर्तन प्रेमी सबैमा हार्दिक आव्हान समेत गरेको छ।

 

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.