एकता प्रक्रियाबाट पछि नहट्ने ओली, प्रचण्डको भनाइ

काठमाडौं बैशाख ९

संयुक्त सभामा राखिने ब्यानरको विषयलाई लिएर ३ घन्टा ढिलो सुरु भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा अब ‘ब्रेक’ नलाग्ने विश्वास दिलाएका छन् ।

ब्यानरमा लेलिनको फोटो नभएको भन्दै हल्लाखल्ला भएपछि १ बजे सुरु हुने कार्यक्रम ४ बजेपछि मात्रै सुरु भएको थियो । तर यस्ता गतिविधिबाट निराश बनेका कार्यकर्तालाई २ नेताले अब कुनै पनि हालतमा पार्टी एकता भएरै छाड्ने र त्यो सम्मानजक, न्यायोचित अनि समानताको आधारमा हुने पनि दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘विगतमा प्रचण्डले पनि मलाई केही भन्नुभयो होला अनि मैले पनि उहाँलाई के–के भनेहोला, तर अब हामी एक ठाउँमा छौं, विगत बिर्सेर हामीले एक हुने घोषणा गरिसकेका छौं, अब हामी अघि जाने गाडीमा चडिसक्यौं पछाडि फर्कने ठाउँ छैन ।’

कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई भाड्न धेरै षड्यन्त्र भैरहेको तर यसलाई पञ्छाएर अघि बढ्ने जानकारी दिनुभयो । ‘एकताको मिति तोक्यो भने विभिन्न षड्यन्त्र हुँदा रहेछन, त्यसैले हामीले पहिले मिति नै नतोकि ड्याम्मै एकता गर्ने हो ।’

Advertisement

नेकपा अर्घाखाँचीले लेलिन जयन्ती मनायो

अनिल नेपाली,अर्घाखाँची ९ बैशाख

लेलिनको जन्म जयन्तीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले आईतबार एक कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेकपाका जिल्ला इन्चार्ज कमल के.सी ले श्रमजिवि जनताको नेतृत्व कम्युनिष्ट लिडर लेलिनले गरेको भएतापनि नेपालमा श्रमजिवि जनताको पक्षमा काम गर्न सक्ने पार्टी र नेता नभएकोले नेपालमा बैज्ञानिक समाजवादको नेतृत्ब गर्ने पार्टीको आबश्यकता रहेको बताउनु भएको थियो ।
कार्यक्रममा पूर्व जिल्ला इन्चार्ज सुमन जिल्ला सल्लाहाकार टामलाल बस्याल लगायतले मनतब्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्ती को अध्यक्षता र विशालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कमला माबी पालीमा विदाई कार्यक्रम सम्पन्न

कमला घिमिरे अर्घाखाँची ९ बैशाख

कमला माबी पाली अर्घाखाँचीमा कक्षा ११ का बिद्यार्थीले कक्षा १२ का बिद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन ।

बिद्यालयका प्रध्यानाध्यापक गोबिन्दराज पंन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिनराज आत्रेय,कक्षा १२ का बिद्यार्थी पुष्पा खनाल,शिक्षक मिनबहादुर थापा मगर,लगायतले मनतब्य राख्दै बिदाई भई जाने सबैलाई थप सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रम थम्मन तमलामीको अध्यक्षता,अमृता रानाको स्वागत मनतब्य र प्रबिन पौडेलको सन्चालनमा सम्पन्न भएको थियो।

पूर्ण ब्रहमा कबिर उपासक समाज नेपाल केन्द्रिय समितिको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्धिखर्क, एफएम ९ बैशाख

पूर्ण ब्रहमा कबिर उपासक समाज नेपाल केन्द्रिय समितिको आयोजनामा सन्धिखर्कको शान्ति धर्मशालामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ ।

बेद र गीतामा आधारित आत्यामिक ज्ञान चर्चामा सहभागी हुँदै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल ले संविधानले प्रदान गरेकोे धर्म निरपेक्षताको आधारमा राष्ट्रले सबै धर्म लाई सम्मान गर्ने र धर्मले समाजलाई सद्भाब कायम गदै सबै माझ एकता कायम गर्नको लागि सघाउ पु¥याउनु पर्ने बताउनुभयोे ।

त्यस्तै कार्यक्रममा मन्तब्य राख्दै प्रमुुख जिल्ला अधिकारी खिमराज भुुसालले सबैकोे शान्ति सुरक्षा कायम गदै समाजमा शान्ति सुशासन कायम गर्नु हाम्रो जिम्मेबारी रहेकोे बताउदै असल कार्यको लागि संस्थालाई हर बेला सहयोग पु¥याउने बताउनुभयो ।

कार्यक्रममा पण्डित खिमानन्द पोेख्रेल, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकाली , पतन्जली योग समितिका अध्यक्ष प्रेमनारायण पोख्रेल धार्मिक व्यक्तित्व तिलक भुसाल ने.कपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य रामचन्द्र पोख्रेल , नेकपा माओवादी केन्द्रका भेष बहादुर के.सी लगायतले मन्तब्य राख्दै धर्मले सबैलाई शान्ति र सुखी बनाउने भएकोले धर्मको आचरण पालना गदै समाजलाई असल बनाउन सबै लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रमको सञ्चालन कबीर उपासक समाज नेपाल केन्द्रिय समितिका सचिब श्याम शर्मा सापकोटा तथा कार्यपत्र बरिष्ठ पण्डित शुकदेब भगतले हिन्दु सनातन धर्म ग्रन्थका आधारमा कार्यक्रममा जानकारी गराउनुभएको थियो । । कार्यक्रममा सामाजिक बौद्धिक व्यक्तित्वहरु पत्रकार लगायतको उल्लेखनीय सहभागीता रहेकोे थियो ।

अर्घाखाँचीमा विरोध प्रदशन गर्ने स्थान तोकिए , निश्चीत स्थानमा मात्र बिरोधका कार्यक्रम गर्न पाउने

विरेन्द्र केसी अर्घाखाँची,९ बैशाख

अर्घाखाँचीको सदरमुकाम सहित ६ स्थानीय तहमा विरोध प्रर्दशन गर्ने स्थान तोकिएको छ । नेपाल सरकार गृहप्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नम्बर ३१ मा उल्लेखित विरोध प्रर्दशनका लागि जिल्ला प्रशासन कार्यालयमा आइतवार बसेको जनप्रतिनिधि, सर्वदलीय र सर्वपक्षीय बैठकले स्थान तोकेको छ ।

सन्धिखर्क नगरपालिकाको हकमा सन्धिखर्कको शान्ति बगैचा जाने मुल गेट नजिकै र चुत्रावेशीको त्रिवेणी चोकमा तोकिएको छ । कुनै पनि राजनीतिक दल र संघसस्था वा विभिन्न समुहले बैठकले तोकेको बाहेक अरु ठाउ“मा विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

शीतगंगा नगरपालिकाको डमरु दहको पूर्ण उत्तरी भागको स्थान र भूमिकास्थान नगरपालिकाको चिदिचौरको चौर तोकिएको छ ।

मालारानी गाउपालिकाको गिद्देपोखरी, छत्रदेव गापाको उलक मन्दिरको खालीचौर र पाणिनी गापाको बासाका रुखमा मात्रै विरोध प्रदशन गर्न ठाउ“ तोकिएको छ । बैठकमा सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला, कांग्रेस उपसभापति शान्ता भण्डारी, एमाले उपसचिव प्रेमनारायण गैरे, माओवादी केन्द्रका सहसंयोजक तोजबहादुर रायमाझी, राष्टिय जनमोर्चाका सचिव पशुपति ढकाल, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी, पत्रकार प्रेमनारायण आचार्य लगायतका सरोकारवालहरुको सहभागीता रहेको थियो ।

तोकिएको स्थान बाहेक अन्यत्र विरोधका कार्यक्रम गरे प्रहरीले नियन्त्रणमा लिन सक्ने सुरक्षा निकायले जनाएको छ । जिल्लालाई शान्ति सुरक्षा कायम गर्न र सार्वजनिक स्थानका सडकमा अवरोध सृजना नहुने किसिमले विरोधका स्थान तोकिएको प्रशासनले जनाएको छ ।