श्याम घिमिरे अर्घाखाँची १२ बैशाख
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरपालीका १ मेनरोडमा आज एक कार्यक्रमको आयोजना गरी जेसिबीका सम्पुर्ण पार्ट्सहरु पाईने ब्यवस्था सहित मर्मत कार्यको लागि अम्मर निमार्ण सेबाले नयाँ सोरूमको सुरूवाति गरेको छ । सोरुमको रिबन काटी उद्घाटन गर्दे, सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्कमा डिलर सुरुभएपछी जेसिबीका पार्ट्स हरुको अभाब हुन नदीन सम्बन्धीत निकायको ध्यान जानुपर्ने भन्दै महंगो सामान किन्न बाध्य भएका ब्यबसायीहरु अब सस्तो र छिटोछरीतो कामको आशामा रहेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल हेबी ईक्युमेन्ट अर्घाखाँचीका अध्यक्ष ऋषी अधिकारी,जेसीबि ईन्डीया लिमिटेड बाट नेपालका लागी ASM Product Sopoter बालकृष्ण बस्याल,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै जिल्लाको बिकास निमार्णमा यस संस्थाको महत्वपुर्ण भुमिका रहने बताउनुभएको थियो ।
कार्यक्रम अम्मर निमार्ण सेबाका ब्यबस्थापक बसन्त भुसालको अध्यक्षता र कबिराम खनालको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।