घनश्याम पौडेल,सन्धिखर्क २८ चैत ।
पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले विकास निमार्णका कामजस्तै खेलाडीहरुका लागी खेलकुद महत्वपुर्ण रहेको बताएका छन । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सुरु भएको नवौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको उद्घाटन गर्दै रायमाझीले नेपालको शिर राख्नमा खेलकुद पनी महत्वपुर्ण रहेको बताएका छन् ।
उनले अर्घाखाँची जिल्लाको विकासका लागी कसरी विकास गर्न सकिन्छ, भनेर योजना बनाईरहेको बताए । स्थानिय तहको संरचना सँगै भौतिक पुर्वाधार निमार्णका कामहरु सँगै विकास निमार्णका कामहरु अगाडी बढाउँनुपर्ने अवस्थामा बजेट पुर्ण कार्यान्वयनका लागी स्थानिय तहले धेरै ध्यान हुनुपर्नेमा जोड दिए । उनले जिल्लामा अर्घाभगवती विमानस्थल निमार्णको काम सुरु गर्न सफल भएको, सवै वडाहरुमा सड्क पुगेकोमा डबल कटिङ्गका काम सुरु, खानेपानी, शिक्षा स्वास्थ्यको कहीँ पनी अभाव नहुनेगरी पाचँ वर्षसम्ममा अर्घाखाँचीलाई नमुना जिल्ला बनाएरै छोड्ने दावी गरे ।
प्रदेश सभा सदस्य चेतनारायण आचार्यले स्वास्थ्य स्वस्थ भएमा मात्रै मानिस धेरै बाच्ने हुनाले स्वास्थ्यका लागी खेलकुद महत्वपुर्ण हुनेमा जोड दिए । उनले अर्घाखाँची धार्मिक, पर्यटकिय, कृषि र पशुपालनले सम्भावना बोकेको जिल्ला भएकाले प्रदेशबाट सक्ने विकासमा ध्यान दिने बताए ।
जिल्ला समन्वय समितीका प्रम्ख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, राजनितिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहान, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लगाएतले खेलकुद सफलताको शुभकामना व्यक्त गरे । खेलकुद उद्घाटन सत्र सकिएलगत्तै वर्षाका कारण खेलकुद प्रतियोगितालाई असर गरेको छ । खेलकुद कार्यक्रम उद्घाटन सत्र जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिद्धीप्रसाद भुसालको अध्यक्षता, शिव बेल्वासेको सञ्चालन र नरेन्द्र बस्नेतको स्वागतमा सम्पन्न भएको हो ।
शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित प्रथमलाई १५ हजार, द्धितियलाई १२ हजार र तृतियलाई ९ हजार नगद पुरस्कार रहेको छ । १००, २००, ८००, १५०० मिटरको छात्र र छात्रा दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपट, कवट्टी, भलिवल छात्र र छात्राको हुनेछ । खेलमा जिल्लाभरका सवै स्थानिय तहका विभिन्न विद्यालयको सहभागिता रहेको छ ।