संघिय शिक्षा संरचनाले शिक्षण संस्थाहरु धरापमा पर्ने खतरा –शिक्षक नेता भुसाल

श्याम घिमिरे चैत्र ३० अर्घाखाँची
अखिल नेपाल शिक्षक संघका केन्द्रीय बरीष्ठ उपाध्यक्ष हरी प्रसाद भुसालले अहिलेको संघिय शिक्षा संरचनाले शिक्षण संस्थाहरु धरापमा पर्ने खतरा भएको भन्दै स्थानीय तहमा शिक्षा निति निर्माणमा शिक्षकका पेसागत संस्थाहरुलाई उपेक्षा गर्नु सार्बजनिक बिद्यालयलाई दुर्गतिमा धकेल्न थालीएको आरोप लगाउनु भएको हो ।

अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको पाँचौ जिल्ला परिषदलाई सुक्रबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे भुसालले यस्तो आरोप लगाउनु भएको हो । सरकारले शिक्षक सेबा आयोगलाई अनिर्णयको बन्दी बनाएको भन्दै सो कार्यको बिरोध समेत गर्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय महासचिब चक्रपाणी पौडेल,राजमो जिल्ला अध्यक्ष झबिलाल थापा, अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीका पुर्ब अध्यक्ष कमल प्रसाद घिमिरे लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रम संघका जिल्ला अध्यक्ष शालीकराम भुसालको अध्यक्षता,उपाध्यक्ष कृष्ण बन्जाडेको स्वागत मनतब्य र सचिब दल बहादुर केसीको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisement