चिनियाँ मगन्तेबारे गम्भीर चासो

काठमाडौं, (नेस)

पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न रहने चिनियाँ नागरिकमाथि चीनले गम्भीर चासो लिएको छ।

काठमाडौं उपत्यकाका व्यस्त चोक र सडकमा मगन्तेका रूपमा चिनियाँ भेटिन थालेपछि सो मुलुकले चासो लिएको हो। त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर तत्काल कारबाही गर्न शुक्रबार चीनको विदेश मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई निर्देशन दिएको हो।

शुक्रबार नेपाल समाचारपत्रको प्रथम पृष्ठमा ‘काठमाडौंमा भेटिन थाले चिनियाँ मगन्ते’ शीर्षकको समाचार छापिएको थियो। त्यसपछि चिनियाँ विदेश मन्त्रालयले दूतावासलाई वास्तविकता बुझ्न र त्यस्तो किसिमको गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको दूतावासका एक उच्च अधिकारीले बताए।

‘मन्त्रालयले समाचारसँग जोडिएको वास्तविकता के हो भन्दै बुझ्न र विस्तृत रिपोर्ट बुझाउन भनेको छ।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने। पर्यटक भिसामा नेपाल प्रवेश गर्नेमध्येका केही चिनियाँ सुकिला पोसाक र कतैचाहिँ विपन्न परिवारका झैं भएर चिनियाँ गीतसंगीत र आफ्नै मुलुकका वाद्यवादन बजाउँदै पैसा मागिरहेका भेटिन्छन्। याे खबर नेपाल समाचारपत्रमा छ ।

Advertisement

‘वीरेन्द्र बियर’को विरोधपछि उत्पादकको स्पष्टीकरण

राजा वीरेन्द्रको तस्बिर अंकित ‘ वीरेन्द्र बियर’को धेरै विरोध भएपछि उत्पादक स्वीस कम्पनी टर्बिननब्राउले स्पष्टीकरण दिएको छ ।

कम्पनीका मालिक एड्रियन वेबरले नेपालमा धेरै रुचाइएका राजाका नाममा केही उत्पादन ल्याउँदा यसले दुई देशको सम्बन्ध अझ सुदृढ पार्दै लैजान सक्ने ठानेका रहेछन् ।

तर, सामाजिक सञ्जालमा थुप्रै विरोध भएको देख्दा आफू अचम्ममा परेको बताएका छन् ।

‘नेपालमा एभरेस्ट र गोर्खा नाम गरेका बियर उत्पादन हुन्छन् तर तिनको विरोध कसैले गर्दैनन्,’ वेबरले निराशा व्यक्त गरेको स्वीस इन्फोमा उल्लेख छ ।