प्रदेश ५ को स्थितिपत्र : खाद्यान्न र तेलहनमा पहिलो, उर्जामा कमजोर


२९ चैत, बुटवल । प्रदेश सरकारले प्रदेश नंं ५ को समग्र अवस्था समेटिएको स्थितिपत्र ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार प्रदेशसभा बैठकले १८ पृष्ठ लामो स्थितिपत्र प्रस्तुत गरेका हुन् ।

खाद्यान्न र तेलहन उत्पादनका हिसाबले प्रदेश ५ सबैभन्दा अगाडि र उर्जा उत्पादनमा छैठौं स्थानमा रहेको छ । अन्य सूचकांकमा अधिकांशमा चौथो स्थानमा छ ।

‘राष्ट्रिय औषतको हिसाबले तुलना गर्दा कतिपय क्षेत्रमा भने यो प्रदेश धेरै पछाडि छ’ स्थिति पत्रमा भनिएको छ, केही सीमित क्षेत्रमा बाहेक यस प्रदेशको स्थान समग्रतामा चौथो स्थानमा छ ।’

प्रदेशभित्र पनि अन्तरजिल्लागत विभेद र असमानता ज्यादै उच्च देखिएको प्रदेश सरकारले बताएको छ ।

‘स्थिति पत्र’मा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रको अवस्था उल्लेख छ ।

हेर्नस् स्थितिपत्रको पूर्णपाठ

https://drive.google.com/file/d/0B0Cevaw4ZeZ5R0lQOFlWTzNwQV9tSWNNYkRkZXlncE04MkFR/preview

source:onlinekhabar

Advertisement

उभिएर गीत गाउन नसकेपछि गायिकाको गोली हानी हत्या

चैत २९ – पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ ।

समीना  समून नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर गीत गाउन भनेका थिए । उनले उभिएर गीत गाउन नसक्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले उनीमाथि गोली चलाएका थिए । 

प्रहरीका अनुसार तारिक जटोई नाम गरेका एक व्यक्तिले बारम्बार गायिकालाई उभिएर गीत गाउन र नाच्न जिद्दी गरिरहेका थिए । तर गायिकाले ती व्यक्तिको कुरा नमानेपछि उनीमाथि गोली चलाइएको थियो । घटनास्थलमै गायिका र उनको गर्भमा रहेको बच्चाको ज्यान गएको छ ।

घटना घटेलगत्तै घटनाका आरोपीलाई गिरफ्तार गरिसकिएको छ । यस घटनाको पाकिस्तानमा चौतर्फी विरोध भइरहेको छ । source:ujyaaloonline