विचल्लीमा परेका ३ जना नेपालीलाई अर्घाखाँची सेवा समाज र महासंघ कतारले उद्दार

रामप्रसाद पराजुली १३ बैशाख कतार

बैदेशिक रोजगारीको सिलसिलामा केही दिन पहिले कतार आएका ३ जना नेपालीलाई अर्घाखाँची सेवा समाज र महासंघ कतारले उद्दार गरेको छ ।

देश को परिस्थिति र आफ्नो पिडा सबै दुख सुख भुलेर विदेश गल्लि मा जिबन गुजारा सजिलै सग चलाउने सपना धेरैले बुनेका हुन्छन तर बिडम्बना बिदेशमा आफुले सोचे जस्तो र भने जस्तो काम कमैले पाउने गर्छन त कसैले पाउदैनन तर पनि आफ्नो घर परिवार र आफ्नो देशको हालत लाइ सम्झेर जस्तो भए पनि जति सुकै दुख पाएपनि आफु ले सहज जिन्दगि काट्न नसके पनि आफ्नो साहुको ऋण र परिवार को भबिश्य लाइ सम्झेर त्यी दुख कस्टहरु कहिले रगत बाट त कहिले पानि सरि पसिना बाट बगाई आफ्नो मन लाइ सम्माले गरिन्छ त्यसैको सिकार हुन पुगेका छन हाम्रो तीन जना नेपाली दाजु भाइ हरु रोजगारिको सिल्सिलामा अर्घाखाँची भुमिका स्थान वडा न. ७ का तिल बहादुर रायमाझी, नवलपरासी जिल्ला सुनवल वडा न .१ का भिम चौधरी र रौतहट सन्तोष पण्डित काठमाडौं स्थित रहेको रोयल इन्टरनेसनल ओभरसीस प्रा. लिमिटेड मेनपावरबाट ६ अप्रिलका दिन कतार आएका थिए ।

आफुलाई भने अनुसारको काम र दाम नपाएको भन्दै रोजगारदाताले सामान्य सुविधा समेत नदिंदा उनीहरु विचल्लीमा परेका हुन्। कम्पनीले गाडीको मर्मत सम्हार तथा पेन्टर भनेर मेनपावर कम्पनीलाई भिसा दिएको भएपनि कामदारलाई उक्त काम नआएको भन्दै रोजगार दाताले यातना दिने, खाने बस्ने सुविधा नदिंदा भोकै काम गर्नु परेको र विचल्लीमा पिडितहरुले बताए ।

युएईमा कार्यरत रहँदा चिनजानमा रहेका साथीलाई पिडित मध्येका तिल बहादुरले सम्पर्क गरी गुहार लगाएको र दुबईमा काम गर्ने नेपाली मार्फत कतारमा कार्यरत अर्घाखाँची सेवा समाज कतारका द्वीतीय उपाध्यक्ष राम प्रसाद पराजुली र अर्घाखाँची सेवा समाजका महासचिव समेत रहेका पत्रकार टेक राज थापाले पिडितहरुलाई भेटी केहि खाद्यान्न र नगद सहयोग गरेका थिए ।

पत्रकार थापाले पिडितहरुको बारेमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई विस्तृत जानकारी दिए लगत्तै अध्यक्ष मियाँले एजेन्टलाई सम्पर्कमा ल्याई पिडितहरुलाई यथाशक्य उद्दार गर्न ताकेता गर्दै दुताबासलाई सो को जानकारी गराएका थिए ।

काम गर्ने सिलसिलामा शरीरमा ‘एसिड’ पोखिंदा पिडित तिल बहादुरको आधापाटो शरीर र हातहरु गम्भीर रुपले जलेको छ ‘ भाग्य बस बच्न त सफल भएँ तर कम्पनीले उपचारमा कुनै चाँसो देखाएन’ उनले दुताबासका श्रम सहचारीलाई आफ्नो जलेको शरीर देखाउंदै भने. ‘खान नदिने तर ‘मुदीरले शारीरिक यातना दिएर काममा दलाउने गरेको अर्का पिडित चौधरीले बताए ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको बिशेष पहलमा पीडितलाई नेपाल मेनपावर द्वारा टिकट उपलब्ध गराई नेपाल पठाउन लागिएको हो । गत बुधबार पीडितहरु र मेनपावरका कतार एजेन्टलाई दूतावास मार्फत पिडितहरुलाई स्वदेश फर्काउने प्रक्रिया अघी बढेको हो सत्तरी हजारदेखि एकलाख पच्चीस हजारसम्म खर्चेर आएका पिडितहरुको समस्या र लागत बारे दुताबासले नेपालस्थित सम्वन्धित विभागलाई गराएको छ ।

३ जना पिडित मध्येका दुई जना रायमाझी र चौधरी भोलि शुक्रबार राति ९ बजेको वातनिया एरलाइन्सबाट नेपाल फर्कदै छन भने अर्का पिडित सन्तोष पण्डितको फिर्ती प्राक्रिया चलेको छ । अध्यक्ष भन्छन श्रमिकलाई विभिन्न पर्लोबन देखाएर चर्को शुल्क लिई अल्पत्र ठग्ने गरिने व्यक्ति वा कसैलाई पनि न छोडने बताए । खबदारी पनि हो एक खालको चुनौती अन्याको बिरुद्दमा न्यायको निम्ति सधै महा संघको मातहतमा रहेका पत्रकार भाई बन्दुहरुलाई एक ढिक्का भएर अगाडी बढ्नु पर्ने जोड दिएको बताए ।

Advertisement

निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको आयोजनामा शितगंगा नगरपालिकामा नगर स्तरीय अधिबेशन सम्पन्न

सहयोगी बिसी अर्घाखाँची १३ बैशाख

निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठकको निर्णय अनुसार  शितगंगा नगरपालिकाको ठाडा दहमा नगर स्तरीय अधिबेशन  बिहिबार सम्पन्न भएको छ ।

जिबनको उर्बर एबं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र रास्ट्रसेवामा योगदान र्पुयाउने उद्देश्यले खोलिएको सो समाजको भेलाले सुमन्त प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नगरपालिका स्तरिय समितिको गठन गरेको छ ।

शितगंगा नगरपालिकामा भएको अधिबेशनमा समाजका केन्द्रिय महासचिव बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्य र ,केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्य जिल्ला अध्यक्ष बलदेब भुसाल र जिल्ला सदस्य भिम बहादुर केसि को उपस्तिथिमा अधिबेशन सम्पन्न भएको थियो ।

अर्घाखाँची जिल्लामा राज्यकोषबाट पेन्सन पाउने प्राध्यापक ,शिक्षक ,निजामती ,सेना ,प्रहरी ,शसत्र प्रहरी न्यायसेवा तथा संघ संस्थानका अबकास प्राप्त ५४ जना आजिबन र झन्डै ४ सय साधारण सदस्य रहेका छन्  ।

बाटो चौडा गर्न सुपादेउरालीका टहरा हट्दै, १९ गतेदेखी बाटो बन्द

बाटो चौडा गर्न सुपादेउरालीका टहरा हट्दै, १९ गतेदेखी बाटो बन्द

घनश्याम पौडेल/
सन्धिखर्क, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा विहिबार बसेको सर्वदलिय बैठकले आउँदो वैशाख १९ गतेदेखी विहान ८ बजेदेखी बेलुका ७ बजेसम्म बाटो नै बन्द मन्दिर परिसरका टहरा हटाउँन र बाटो फराकिलो बनाउँनका लागी निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

सड्क साघुरो भएकाले ट्राफिक जाम तथा दुर्घटना हुन सक्ने भएकाले टहरा हटाएर बाटो फराकिलो बनाउँने सर्वदलिय निर्णय भएको प्रजिअ भुसालले बताए । बाटो मन्दिर आसपासको सार्वजनि स्थलमा व्यापार व्यवसाय गरेर बसेका सर्वसाधारणको झण्डै १ सयँ टहरा हट्ने भएका छन्, मन्दिर आसपासका सार्वजनिक जग्गामा पक्की संरचना समेत बनाएर बसेका स्थानीयका घरहरु हटाउँन नगरपालिकाले प्रक्रिया अगाडी बढाएको छ, तत्कालै बाटो चौडा गर्न पर्ने भएकाले १५ दिन भित्र टहरा हटाउँका लागी सूचना टासँ गरीएको सन्धिखर्क नगरपालिकाका उपप्रम्ख ठाकुर कुमार विकले जानकारी दिए ।

विकले पक्की घरहरु पनी भत्काउँनका लागी सर्वदलिय बैठक बसेर छिट्टै टुंगो लगाउँने बताए । बाटो निमार्ण गर्दा सुपादेउँरालीमा विहानै देखी बेलुका सम्म पुर्ण रुपमा बन्द हुने हुदाँ विकल्पको रुपमा सालझण्डी, धोरपाटन सड्क र घुम्ती पाल्पा सड्कलाई ४ दिन भित्र मर्मत सम्भार गरी जनतालाई सेवा दिने निर्णय भएको सहायक प्रजिअ शङकर भुसालले जानकारी दिए ।

दैनिक हजारौको संख्यामा बाहृय तथा आन्तरीक पर्यटक भित्रीने सुपादेउँरालीमा स्थानीयले पक्की घर तथा टहरा बनाई पुजा सामाग्री, होटल, फोटो स्टुडियो तथा फलफुल पसल राखेर दैनिकी चलाईरहेका छन्, । सन्धिखर्क, गोरुसिङ्गे सडकको अन्य ठाउँमा पनी बाटो चौडा गर्ने काम भईरहेको र अव सुपादेउँरालीमा पनी स्थानियको सहयोगमा बाटोलाई चौडा गरीने प्रजिअ भुसालको भनाई छ ।

बाटो सागुरोका कारण डवल गाडी हिड्न समेत धौ धौ हुने सुपादेउँरालीमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे पर्छ, सुपादेउँरालीमा मेला पर्व सहित शनिबार अत्यधिक भिड्भाड हुने गर्छ ।