श्याम घिमिरे अर्घाखाँची ११ बैशाख
समृद्ध अर्घा बनाउने हाम्रो अभियान ,कला सस्कृतिको सम्र्बधन गर्ने हाम्रो पहीचान भन्ने मुलनाराका साथ सन्धिखर्क ९ नम्बर वडाकार्यालयको आयोजनामा सम्पन्न सन्धिखर्क नगरपालीका वडा स्तरीय भलिबल प्रतियोगितामा सनपा ११ डिभर्नाको टिम प्रथम , सनपा २ को टिम द्धतिय,सनपा १० को टिम तृतिय र सनपा ८ को टिमले शान्तोना स्थान प्राप्त गरेका छन । यसैबिच बिजेता टिमलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण समेत गरीएको छ ।
बिजेता टिमलाई क्रमशः ३० हजार,२० हजार,१५ हजार र ५ हजार नगद पुरस्कार बितरण गरीएको थियो । कार्यक्रम वडाअध्यक्ष देबिबहादुर रायमाझीको अध्यक्षता खेल संयोजक शिक्षक बलबहादुर रायमाझीको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा वडा सचिब लक्ष्मण आचार्य,वडासदस्यहरु बिष्णु प्रसाद आचार्य,जिबलाल भुसाल, र स्थानीय तुल्सीराम रायमाझीको उपस्थीति रहेको थियो । यस अगी खेलको आईतबार नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएको थियो ।