आधारभुत पत्रकारीता तालीमको समापन ।

श्याम घिमिरे ,बैशाख ७ अर्घाखाँची
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना र भुमिकास्थान नगरपालीकाको सहयोगमा बुधबार बाट नुवाकोट माबि चिदिचौरमा सुरु भएको ३ दिने बिद्यालयका बिद्यार्थीहरुको लागी आधारभुत पत्रकारीता,रेडियो उद्घोषण तथा क्षमता अभिबृद्धि तालीमको सुक्रबार समापन भएको छ ।

तालीम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै भुमिकास्थान नगरपालीका प्रमुख रेशम थापाले पत्रकारीता तालीमले बिद्यार्थीको समग्र ब्यक्तित्व बिकासमा टेबापुग्ने भएकोले यसलाई ब्यबहारमा लागुगरी निरन्तरता दिनुपर्ने बताउनु भएको थियो ।

बिद्यालयमा भएका सुचनाहरु आदानप्रदान गर्न तालीमले उत्साह जगाएको भन्दै प्रमुख थापाले पत्रकारहरुलाई सत्यतथ्य कुराको मात्र समचार सम्प्रेशण गर्न आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका पुर्ब उपसभापति प्रेमनारायण गैरे,पत्रकार हृदय भुसाल,श्याम घिमिरे, नबिन केसी, नुवाकोट माबीका प्रअ पानबहादुर क्षेत्री,सहभागी प्रशिक्षार्थीको तर्फबाट नबिन बन्जाडे लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हिम जीसी लेकालीको अध्यक्षता र जिल्ला सहसचिब अनिल नेपालीको सन्चालनमा सम्पन्न भएको हो ।

तालीममा नगरपालीका भित्रका १२ माबीबाट करीब ६० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Advertisement

क्रिकेट रंगशाला गोदावरीमा फाइनल, धुर्मुसको प्रस्ताव मन्त्रालयमा

७ वैशाख, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ ।

सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ ।

प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो । टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।

गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको धुर्मुसको प्राविधिक टिमले ठहर गरेको छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ ।

यो जग्गा कृषि मन्त्रालयको मातहतमा रहेको बुझिएको छ । त्यहाँ पहिले मत्स्यपालन गरिएको पोखरी भूईंचालोपछि सुकेकाले प्रयोजनविहीन थियो ।

खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सो जग्गा उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्र लेख्नुपर्छ । जग्गा उपलब्ध गराउन कृषि मन्त्रालय सकारात्मक रहेको स्रोतले बतायो ।

धर्मुसको टिमले आफ्नो ३२ पेजको प्रस्तावना बिहीबार दिउँसो ४ बजे खेलकुद मन्त्रालयमा बुझाएको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रस्तावना राति घरमा नै लगेर अध्ययन गरेका थिए । तर, शुक्रबार बजेटसम्वन्धि छलफल गर्नुपरेकाले प्रस्तावनामा छलफल गर्न नभ्याएको मन्त्री विश्वकर्माले बताए । भोलि शनिबार भएकाले अब आइतबार यसमा छलफल गरिने उनको भनाइ छ ।

‘जनचाहना अनुसार हामी ढिला गर्ने पक्षमा छैनौं, चाँडोभन्दा चाँडो यसमा निर्णय लिनेछौं,’ मन्त्री विश्वकर्माले भने । सामाजिक क्षेत्रबाट खेलकुद पूर्वाधार निर्माणमा पहल हुनुलाई आफूले सकारात्मक भएको उनले बताए ।

‘म एउटा युवा मन्त्री हुँ र खेलप्रेमी युवाहरुको भावना बुझ्छु,’ उनले भने, ‘त्यसैले मबाट आनाकानी र ढिलासुस्ती हुँदैन ।’

फाउन्डेसनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । रंगशालालाई विभिन्न इन्डोर गेमहरु पनि खेल्न सकिने गरी बहुउपयोगी बनाइने छ । रंगशाला करिब ४० हजार सिट क्षमताको हुनेछ । source:ujyaaloonline

छत्रदेवमा न्यायिक संवाद कार्यक्रम सम्पन्न

घनश्याम पौडेल ७ बैशाख अर्घाखाँची
अर्घाखाँची जिल्ला अदालतले जिल्लाको छत्रदेव गाउँपालिकाका जनप्रतिनिधीलाई कानून सिकाएको छ । छिटो छरितो न्याय, सवैको लागी न्याय, समुदायमा न्याधिश भन्ने नाराका साथ न्यायिक संवाद कार्यक्रममा छत्रदेव गाउँपालिकाका जनप्रतिनिधीको उल्लेखनीय उपस्थित रहेको थियो ।

छत्रदेवमा न्यायिक संवादः जनप्रतिनिधीलाई कानून सिकाउँदै अदालत अर्घाखाँची

गाउँपालिकाको सार्वजनिक मावि छत्रगन्जमा भएको कार्यक्रममा जनप्रतिनिधीका गुनासा सुनेपछि जिल्ला अदालत अर्घाखाँचीका न्यायधिस रामचन्द्र पौडेलले जनतालाई न्यायीक पहुचमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको बताउदै जनप्रतिनिधीले सिकेको कुरा गाउँमा लगेर सिकाउँन आग्रह गर्नुभयो ।

उहाँले अझै पनि ग्रामिण दुर दराजका नागरिक अदालत सम्म आउन नसकेकाले हातेमालो गर्न जरुरी रहेको उल्लेख गर्दै अव देखि अर्घाखाँची अदालतमा आउन कुनै डराउनु नपर्ने, साथसाथै कम समय, निशुल्क न्याय जनताले पाउन सक्ने बताउँनुभयो ।

गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकाको द्रोसो नगरसभावाट सवै क्षेत्रलाई समेटेर कानुन बनाई कानुनमा टेकेर काम गर्ने बताउँनुभयो ।

न्यायिक समितीका संयोजक तथा उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले गाउँपालिकाले ८ वटा मुद्धा मेलमिलाप गरेर मिलाएको र ३ वटा मुद्धा दर्ता भएको बताउँनुहुदैँ सामान्य मुद्धा गाउँपालिकामै मेलमिलाप गर्ने बताउँनुभयो ।

कोलेनिकाका प्रमुख शालिग्राम पौडेल, जिल्ला न्याधिवक्ता रोमाकान्त ज्ञवाली, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, वारका अध्यक्ष टंक पोख्रेल, बारका केन्द्रीय प्रतिनिधी केवि भुसाल, नासु केशवराज भुसाल, डिट्ठा अनिता थापा, मेलमिलाप कर्ता सहयोगी विसी, पत्रकार घनश्याम पौडेल लगाएतले सवैभन्दा महत्वपुर्ण मेलमिलाप नै हुने भएकाले मेलमिलाप गरेर मुद्धा मिलाउँनुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु कमल पौडेल, बालकृष्ण श्रेष्ठ, तेजनाथ खनाल, प्रकाशराज पन्थी, राजेश पन्थी, वडा सदस्य कृष्ण पौडेल, कार्यपालिका सदस्य सुन्तली विक, सावित्रा केसी लगाएतले गाउँपालिकामा व्यवहारीक र कानूनी ज्ञानको कमीले न्याय सम्पादन कार्य प्रभावकारी नभएको बताए ।

कार्यक्रम जिल्ला अदालत अर्घाखाँचीका न्याधिश रामचन्द्र पौडेलको अध्यक्षता, श्रेष्तदार मोहनप्रसाद बेल्वासेको स्वागत र सूचना अधिकारी टेकराज गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

मालारानिका महिलाहरु बाख्रापालनमा आर्कषित

नबिन केसी अर्घाखाँची बैशाख ७
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ३ का महिलाहरु बाख्रापालनतर्फ आर्कषित भएका छन । १ सय २९ जना महिलाहरु मिलेर मालारानी बाख्रा पालन कृषक समूह गठन गरेका छन ।

उक्त समूहमा नेपाल सरकारको गट मिशन कार्यक्रम अत्यान्तै प्रभाबकारी भएको जिल्लापशुसेबा कार्यालयकाप्रमुख डा.लोकनाथ पौडेललेबताए । उक्त समूहबाट जिल्लाका अन्य समूहहरुले केहीकुरा सिक्नु पर्ने भन्दै अब दुई वटा बोयर बोका समूहलाई किसानकालागी उन्नत बिउबिजन कार्यक्रमबाट उपल्बध गराउनलागीएको बताए । समूहमाआबद्ध भएपछि बाख्रापालनको नयाँ बिधि जानकारी पाएको र आत्मनिर्भर बनाउन सिकाएको कृषक रेमकला बि.कले बताईन ।

हिजो एक कार्यक्रमबिच निर्माणभएको पशुसकंलन केन्द्रको उद्घाटन गरिएकोछ । उद्घाटन कार्यक्रमा बाल्दै मालारानी गाउँपालिका वडा नम्वर ३ का वडा सदस्य जनार्दन खनालले मालारानीलाई कृषि तथा पशुपालनमा नमुना बनाउनेप्रतिबद्धता जनाएका छन ।

सहकारीको माध्यमबाट बजारको सुनिश्चित गर्दे किशानको पक्षमा काम गर्ने खनालले बताए । समूहले अपेक्षा अनुसारकाम गरेको र आर्यआर्जन तर्फ लागेको बाख्रा बिकाश प्राबिधीक कैलास खड्काले बताए । महिला दिदिबहिनीहरुलाई बाख्रा पालनको लागी खोरसुधार मर्मत गर्नको लागी समूहका सदस्यहरुलाई निरव्याजै रु दश हजार रुपैयाउपल्बध गराउने गरेको समूहकी अध्यक्ष दिपापोख्रेलले बताईन ।

समूहका सदस्य दिदि बहिनी पैसानभएर खोर सुधार गर्न सकिन बाख्रा किन्न सकिन्नभन्ने नहोस भनेर पैचो फिर्ताकार्यक्रम सुरु गरेको पोख्रेलले बताईन ।

 

एनएमबी बैंकको एक घर एक खाता अभियान अन्र्तगत माहनायक राजेश हमाल अर्घाखाँचीमा

Image may contain: 1 person, standing and outdoor

श्याम घिमिरे ,अर्घाखाँची ७ वैशाख

पहिलो पाईला समृद्धिको, आधार सुरक्षित भविष्यको’ भन्ने मुल नाराका साथ ‘एनएमबी बैंक एक घर एक खाता अभियान’ कार्यक्रम बिहिबार जिल्लाको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा आएका नेपाली चलचित्रका महानायक राजेश हमाललाई सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले खादा ओढाई स्वागत गरेका थिए ।

Image may contain: 42 people, people smiling, crowd and outdoor

कार्यक्रममा हमालले स्वही दिन खाता खोल्नेहरुलाई आफ्नै हातले चिठ्ठा थुतेर लक्की ड्र मार्फत विजेताको लागि चाँदीको सिक्का टोपी लगायतका उपहार हमालकै हातले वितरण समेत गरेका थिए । हमालले एनएमबी बैंक देशको विश्वासिलो,सजिलो र भरपर्दो बैंक भएको बताउदै बैंकको प्रशंसा पनी गरेका थिए ।

Image may contain: 10 people, people smiling, crowd and outdoor

कार्यक्रममा नेपाली तारा सिजन २ का कलाकार सन्तोष लामाले गित मार्फत सयौ दर्शकहरुलाई मनोरञ्जन समेत दिलाएका थिए । यस अभियानले जिल्लामा बैंकलाइ माथि उठाउन टेवा पुग्न्ने अर्घाखाँची शाखाका प्रमुख नगेन्द्र प्रसाद पौडेलले बताए ,हाल अर्घाखाँची शाखामा करीब ८ हजार ब्यक्तीहरुले खाता सन्चालन गरेको बैंकका कर्मचारी कृष्ण प्रसाद खनालले जनकारी दिए ।