गजल

कविता न्यौपाने, अड्गुरी अर्घाखाँची

आफ्नै ठानेकाहरुले नै दिन्छ्न् चोट अचम्म लाग्छ ,

देखाएर छोडी अनेक अनेक खोट अचम्म लाग्छ

जहाँ गएनी पसिना नबगाई खान कसैलाई छैन

सोच्दछन् छ प्रदेशमा पैसाको बोट अचम्म लाग्छ

भन्न त भन्छन् ब्यक्ति हेर्नुपर्छ पार्टिलाई हैन

अनि दिन्छन पार्टी हेरेर भोट अचम्म लाग्छ

माया सद्भाव बिश्वास झन् अपरिहार्य हुन्छ

तर सम्पुर्णथोक ठान्छन् नोट अचम्म लाग्छ

कुनै पनि महत्वपूर्ण पदमा बसिसके पछाडी

नलगाई हुन्न रे महङ्गो कोट अचम्म लाग्छ ……….

Advertisement

निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न ।

सहयोगी बिसि चैत्र २१ अर्घाखाँची 
निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले खोलिएको सो समाजको बैठकले आगामी बैशाख १५ गते सम्ममा अर्घाखाँची जिल्लाका ६ बटै पालिकामा अधिबेशन गर्ने निर्णय गरेको छ ।

अधिबेशन सम्पन्न गर्न मालारानी गाउँपालिकामा भिमलाल आचार्य ,कमल प्रसाद घिमिरे ,नारायण खनाल ,बुद्धिराम गैरे भुमेकास्थान नगरपालिकामा पिताम्बर बन्जाडे , बिष्णु प्रसाद भुसाल ,जिबनारायण खनाल र दुर्गा प्रसाद पौडेल ,छत्रदेब गाउँपालिकामा बिष्णु प्रसाद बस्याल ,टामलाल पाण्डे ,चक्रपाणी खनाल रेशमराज भुसाल ,पुष्पा न्यौपाने पाणिनी गाउँपालिकामा बिष्णु प्रसाद बस्याल ,दुर्गा पौडेल पिताम्बर बन्जाडे , लेख बहादुर टन्डन ,रामनाथ घिमिरे ,बिष्णु प्रसाद भुसाल शितगंगा नगरपालिकामा बलदेब भुसाल बिष्णु प्रसाद आचार्य ,भिम बहादुर केसि,नारायण खत्री , खेमराज आचार्य र सन्धिखर्क नगरपालिकामा जिल्ला कार्यसमितिका पदाधिकारी लाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

संस्थामा राज्यकोषबाट पेन्सन पाउने प्राध्यापक ,शिक्षक ,निजामती ,सेना ,प्रहरी ,शसत्र प्रहरी न्यायसेवा तथा संघ संस्थाका अबकास प्राप्त ५४ जना आजिबन सदस्य र झन्डै ४ सय साधारण सदस्य रहेका छन । बैठक समाजका केन्द्रिय सह अध्यक्ष पिताम्बर बन्जाडे,महासचिव बिष्णु प्रसाद बस्याल केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्यको विशेष आतिथ्यता र जिल्ला अध्यक्ष बलदेब भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेविसंघले अर्घाखाँचीका माविमा डष्टवीन र कापी वितरण गर्ने

घनश्याम पौडेल चैत्र २१ अर्घाखाँची-
नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले नेविसंघ बलियो भए मात्रै कांग्रेसलाई बलीयो बनाउँन सकीने बताएका छन्, । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती अर्घाखाँचीको आयोजनामा भएको बैंठकलाई सम्बोधन गर्दै मुस्कानले नेविसंघको हरेक गतिविधिमा कांग्रेसले सहयोग गर्ने बताएका छन्, । महासमिती सदस्य यादव प्रसाद घिमिरेले नेविंसघको स्थापना दिवसको दिन गर्ने कार्यक्रममा सहयोग गर्ने बताएका छन्, ।

नेपाल विद्यार्थी संघ अर्घाखाँचीले स्थापना दिवसको दिन जिल्लाभरमा रहेका सवै माध्यमिक विद्यालयमा डष्टवीन र सोही दिन भर्ना हुने विद्यार्थीलाई कापी वितरण गर्ने भएको छ, त्यस्तै बहुमुखी क्याम्पसहरुमा सचेतनामुलक कार्यक्रम गर्ने नेविसंघ अर्घाखाँचीको तयारी छ ।

नेविसंघ जिल्ला सदस्य लक्ष्मण घिमिरे, मिरा नेपाली, सन्धिखर्क नगरपालिकाका अध्यक्ष भरतमणि भट्टराई, छत्रदेव गाउँपालिकाका अध्यक्ष सञ्जय पाण्डे, भुमिकास्थानका अध्यक्ष शुसिल बेल्वासे, शितगंगाका अध्यक्ष महेश खनाल, मालारानीका अध्यक्ष बासुदेव विक, पाणिनीका अध्यक्ष हिरामणि घिमिर, क्षत्रीय अध्यक्ष सर्मिला अचार्यले कार्यक्रम सफल बनाउँन सम्बन्धीत कांग्रेस वडा सभापती तथा वडा अध्यक्ष, पालिकाका प्रमुखसँग समन्वय गर्नका लागी कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले सहयोग गर्नुुपर्ने बताए ।

बैठकले कांग्रेसका केन्द्रीय सदस्य स्व. खुमबहादुर खड्काको शोक सभा समेत सम्पन्न गरेको छ । त्यस्तै जिल्लाभरका विद्यार्थी संकलन गरी पशिक्षण गर्नका लागी लक्ष्मण घिमिरेको संयोजकत्वमा नेत्र मरासिनी, गोविन्द भट्टराई, भरत भट्टराई, घनश्याम पौडेल सदस्य रहेको समिती निमार्ण गरेको छ ।

बैठक नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेको अध्यक्षता, उपाध्यक्ष सुरज रायमाझीको सञ्चालन र वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद मरासिनीको स्वागतमा सम्पन्न भएको स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।