दलितको हकहित र अधिकारका लागी सम्पुर्ण दलित समुदाय एक हुनुको बिकल्प नरहेको समता अध्यक्ष बिकको भनाई ।

श्याम घिमिरे वैशाख ३ अर्घाखाँची

राजमो निकट जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर बिकले समग्र दलितको हकहित र अधिकारका लागी सम्पुर्ण दलित समुदायहरु एक हुनुको बिकल्प नरहेको बताउनु भएको छ ।

समाजको ३२ औं स्थापना दिबसको अबसरमा आज सन्धिखर्कमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मनतब्य राख्दै नेता बिकले यस्तो धारणा राख्नु भएको हो ।

नेपालका सबै खाले आन्दोलनमा दलित समुदायको उल्लेखनिय सहभागीता रहेको भन्दै बिकले दलितहरुमा गरीने सम्पुर्ण असमानताहरुलाई राज्यले निरुत्साहीत गर्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बिसी, जिल्ला अध्यक्ष झबिलाल थापा,नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन केसी, जनप्रतिनिधि बाबुराम सुनार,अखिल छैठौंका केन्द्रीय उपाध्क्ष देबेन्द्र कुवँर,युबक संघका जिल्ला सचिब ठाकुर सुनार लगायतले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष राम बसुको अध्यक्षता राजेन्द्र नेपालीको स्वागत मनतब्य र प्रेम नेपालीको सन्चालनमा सम्पन्न भएको श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

 

Advertisement

रनिङ शिल्डमा बिजेता खेलाडीहरुलाई अर्घाखाँची आबासीय माबि द्धारा सम्मान

श्याम घिमिरे बैशाख ३ अर्घाखाँची

जिल्लामा गत चैत्र २८ गते देखी बैशाष १ गते सम्म सन्चालन भएको नवौं राष्ट्रपति रनिङ्गशिल्ड र यस अधि सम्पन्न चौथो सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्ग शिल्ड विजेता अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्क २ चुत्राबेसीले खेलाडीहरुलाइ सोमबार बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयले खेलाडी तथा खेल शिक्षकहरुलाइ प्रशंसा पत्र टिका र खादा ओढाएर सम्मान गरेको हो । दुबै खेलमा विजयी हासिल गरेपछि आवासियले सन्धिखर्कमा खुसीयाली मनाएको छ । नवौं राष्ट्रपति रनिङ्गशिल्ड खेलमा कुल १०९ अंक ल्याई आबासीय माबीले जिल्लामा प्रथम स्थान हासील गरेको हो ।

सम्मान कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले खेलकुदको विकास बाटैै राष्ट्रको विकास हुने भन्दै यो जितले सिङ्गो नगरपालीकाको बिजय भएको बताउनु भएको थियो । सन्धिखर्क नगरपालिकाले खेलकुदको विकासको लागि छुट्टै योजना लिएर अगाडी बढ्न थालेको जानकारी गराउनु भएको थियो । साथै फरक प्रसंगमा प्रमुख भुसालले बालबालीकाहरुलाई कुलतबाट जोगाउन सबैले आआफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख लिलबहादुर राउत, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि , जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिद्धिप्रसाद भुसाल लगायतले मन्तब्य राख्दै जिल्ला र नगर स्तरीय दुबै खेलको विजेता बनेकोमा विद्यालयलाइ धन्यबाद दिनु भएको थियो ।

कार्यक्रममा सन्धिखर्क वाड न. १ का वडा अध्यक्ष युवराज बन्जाडे, २ का वडा अध्यक्ष मोतीजंग रायमाझि, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत चोपलाल बेल्बासे, सन्धिखर्क नगरपालिकाका शिक्षा अधिकारी बलराम मिश्र लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको अध्यक्षता, प्रधनाध्यापक श्रीकृष्ण भुसालको स्वागत मन्तब्य र सहायक प्रधनाध्यापक चोपनारायण बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people

Image may contain: one or more people and people standing

 

भाषण भन्दा कामलाई प्राथमिकता दिनुपर्छ- जि. स. स. प्रमुख भुसाल

श्याम घिमिरे अर्घाखाँची बैशाख ३

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले भाषण भन्दा कामलाई बढी प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब अर्घाखाँचीले आज सन्धिखर्कमा गरेको नयाँबर्षको शुभकामना आदान प्रदान तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा मनतब्य राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा मनतब्य राख्दै प्रमुख भुसालले आआफ्नो अनुशासनलाई पालनागरेर अगाडी बढेमा देशलाई समृद्ध बनाउन सकिने हुनाले सकरात्मक सोचका साथ बिकास निर्माणमा लाग्न सबैलाई आग्रहसमेत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला अदालत अर्घाखाँचीका न्यायाधिस रामचन्द्र पौडेल,सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक,एमाले जिल्ला सचिब रामबहादुर चौहान,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,अन्तरपार्टी महिला सन्जालकी अध्यक्ष शुसिला गैरे,प्रहरी नायब निरीक्षक एकनारायण कोईराला,पाणीनि क्याम्पसकी सहायक प्रध्यापक मन्जु पौडेल लगायतले मनतब्य राख्नर भएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता,बिरेन्द्र केसीको स्वागत मनतब्य र गणेश खनालको सन्चालनमा सम्पन्न भएको हो ।

 

आईपीएल खेलमा चेन्नई चार रनले पराजित

बैशाख ३ – इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जावले चेन्नईलाई ४ रनले हराएको छ । गएरातिको खेलमा १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नईलाई १ सय ९३ रनमा समेट्दै पञ्जाव विजयी भएको हो ।

मोहालीमा भएको खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७९ र अम्बाती रायडुले ४९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ४४ बलमा ७९ रन बनाउने क्रममा धोनीले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

पहिले ब्याटिङ गरेको पञजावले क्रिस गेलको ६३ रनको मद्दतमा १ सय ९७ रन बनाएको थियो । गेलले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६३ रन बनाए । यस्तै, लोकेश राहुलले ३७ र मयांक अग्रवालले ३० रन बनाएका थिए ।

तीनमध्ये २ खेल जितेको पञ्जाव अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीनमध्ये २ खेल नै जिते पनि रन औषतका आधारमा चेन्नई तेश्रो स्थानमा छ ।

दाहाललाई आफ्नैको दबाब

काठमाडौं : भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन्।

ap

पूर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले-माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ। एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्रका नेताको ‘दबाब’ तीव्र छ। एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब नेता व्यवस्थापनमा परेको छ। उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफूलाई कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाब दिइरहेका छन्।

दाहाल आफैं पनि पार्टी एकतापछिको आफ्नो स्थान र भूमिकाबारे पिरलोमा रहेको उनीनिकट नेताहरूको भनाइ छ। ‘अध्यक्षज्यू रिफ्रेस हुन सुकुटे पुग्नुको खास कारण पनि यही हो’ दाहाल नजिकका एक नेताले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पार्टी एकता नगर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट दिइएको दबाबका कारण धेरथोर तनाव होला तर यसलाई उहाँले इग्नोर गरिरहेजस्तो लाग्छ।’

एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित दुवै कार्यदलको सुझावका आधारमा वैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरिएको थियो। तर, पार्टी नेताको व्यवस्थापनमा समस्या देखिएपछि दाहालले पछिल्लोपटक ‘बराबरी’ का आधारमा एकता गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।

 दुई दलबीच एकता गर्न बनेको कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समितिको प्रस्ताव गरेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार माओवादी केन्द्रको मात्र ३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति, ३ सय ९९ सदस्यीय पोलिटब्युरो र ३४ सदस्यीय स्थायी समिति छ। पार्टी एकताका क्रममा माओवादी केन्द्रका अधिकांश नेताको तह ‘घटुवा’ हुने निश्चित भएपछि पार्टीभित्र उत्पन्न तरंगले अध्यक्ष दाहाल तनावमा छन्।

एमाले एक नेताका अनुसार पार्टी एकताका लागि एमालेतर्फ कुनै समस्या छैन। तर, दाहालले आन्तरिक व्यवस्थापन कसरी गर्छन् भन्नेमा ९ गतेको एकता घोषणामा भरपर्ने एमालेका ती नेताको भनाइ छ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणअगावै पार्टी एकताको कोसिस गरे पनि दाहालले आन्तरिक व्यवस्थापन गर्न नसक्दा त्यतिखेर एकता घोषणा नभएको एमाले नेताको भनाइ छ। ‘केन्द्रीय कमिटीमा सम्मानजनक व्यवस्थापन गर्ने नीतिगत निर्णय हुन्छ’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकता हुन्छ, आन्तरिक तयारी भइरहेका छन्।’

पार्टी एकीकरण प्रक्रिया संवादविहीन रहकै अवस्थामा दाहाल सिन्धुपाल्चोकको सुकुटे पुगे पनि एक÷दुई दिनभित्र एमाले अध्यक्ष ओली र दाहालबीच कुराकानी हुने नेताहरू बताउँछन्। पार्टी एकताका कारण उत्पन्न तनावबाट मुक्त हुन र थप गृहकार्य गर्न दाहाल सुकुटे पुगेको माओवादी केन्द्रका नेताको भनाइ छ। दाहालसँगै माओवादी केन्द्रका नेता अग्नि सापकोटा पनि सुकुटेमै छन्। सुकुटेमा दाहालले एकताबारे गृहकार्य गर्ने नेताहरूको बुझाइ छ। यसअघि दाहाल तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने बेलामा पनि सुकुटे गएका थिए।

पार्टी एकताको गृहकार्य गर्न बनेको कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलका प्रतिवेदन बुझ्ने क्रममा वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन एमाले माओवादी पार्टी एकता गर्ने घोषणा गरिएको थियो।

एमाले संसदीय दलका उपनेता एवं कार्यदलका नेता सुवास नेम्बाङले प्रधानमन्त्री ओलीको भारत भ्रमण र प्रधानमन्त्रीको रारा भ्रमणका कारण पार्टी एकता प्रक्रियामा केही ढिलोजस्तो देखिए पनि ओली र दाहालबीच केही दिनभित्रै बैठक बस्ने बताए।

‘आज-भोलिमै दुई नेता बस्नुहुन्छ। त्यसपछि एकता संयोजन समितिको बैठक बस्छ। पूर्वनिर्धारित वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन्छ,’ नेम्बाङले भने।

पार्टी एकताबारे छलफल गर्न एमालेले यसै साता पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माओवादी नेता मणि थापाले भने वैशाख ९ गते नै एकता घोषणा गर्न आवश्यक गृहकार्य पूरा हुने सम्भावना नरहेको बताए।

ओली-दाहाल भेटका शृंखला

– चैत १२ गते :

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष एकीकृत पार्टीका कमिटीमा दुवै पक्षका बराबरी संख्याका नेता-कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव

– चैत १५ गते :

प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीका कारण टरेको

– चैत २० गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुने।

– चैत २१ गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो।

– चैत २२ गते :

एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकताको घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।

– वैशाख ३-४ गते वार्ता हुँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष एकीकृत पार्टीका कमिटीमा दुवै पक्षका बराबरी संख्याका नेता-कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव

– चैत १५ गते :

प्रधानमन्त्रीको भारत भ्रमणअगाडि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीका कारण टरेको

– चैत २० गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुने।

– चैत २१ गते :

एमाले-माओवादीले वैशाख ९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै दुवै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो।

– चैत २२ गते :

एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभा आयोजना गरी पार्टी एकताको घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।

– वैशाख ३-४ गते वार्ता हुँदै

source:annapurnapost