सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम मालारानी गाउँपालिकाको मरेङ्गमा सम्पन्न

श्याम घिमिरे चैत्र २० अर्घाखाँची

 भ्रष्टाचार न्यूनिकरणका लागि सूचनाको अधिकार सम्वन्धमा नागरिकलाई सचेत बनाउनु पर्छ भन्ने मान्यताका साथ अभियान सन्चालन गरेको सिआईजीले आज सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम मालारानी गाउँपालिका अर्घाखाँचीको मरेङ्गमा सम्पन्न गरेको छ ।

मालारानी गाउँपालिकाको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आयोजित कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख प्रशासकिय अधिकृत जनक राज पन्थीले आफनो गाउँपालिकामा रहेका सूचनाहरु प्रवाहा गर्न आफुहरु आत्तुर भएको कारण सबैजनालाई सुसूचित हुन आग्रह गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथी तथा सिद्ध नेरामाविका प्रअ रुद्ध प्रसाद आचार्यले आजैका मिति देखि आफुले सूचना अधिकारी तोक्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यसैगरी कार्यक्रमका अर्का विशिष्ट अतिथी तथा सुर्यथुम संयुक्त क्याम्पसका प्रमुख शालिकराम आचार्यले आफुहरुमा बिषयगत दक्षता भएपनि सुशासन प्रर्बद्धनमा सूचनाको हक सम्वन्धमा गहिराईमा धेरै कुरा आज मात्रै जानकारी भएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमका सभापति तथा वडा अध्यक्ष बालकृष्ण आर्चायले आफनो वडामा कोही पनि प्रतिपक्ष नभएको भन्दै वडा कार्यालय सँग सम्वन्धीत सूचना माग गर्न सहभागिहरुलाई आव्हान गर्नु भएको थियो ।

वडा सचिव प्रेम वहादुर पाण्डेले सन्चालन गर्नुभएको उक्त कार्यक्रमको विषयवस्तु माथि गहिराईमा सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सहजिकरण गर्नु भएको हो ।

करिव २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा आयोजक संस्था सिआईजीले वडा कार्यालय, सिद्ध नेरामावि, सुर्यथुम संयुक्त क्याम्पस, छत्रदेव टेलिभिजन लगायतका निकाय तथा व्यक्तिहरुलाई मायाको चिनो स्वरुप सम्मान गरेको थियो र चालु आर्थीक वर्षका लागि मालारानी गाउँपालिकामा भोली अन्तिम कार्यक्रम बाँगीको आरुखोरमा हुने सिआईजीले जानकारी गराएको छ ।

Advertisement

सन्धिखर्क नगरलाइ स्मार्ट सिटी बनाउने नगर प्रमुख भुसालको उद्घोष ।।

श्याम घिमिरे चैत्र २१ अर्घाखाँची

सन्धिखर्क नगरपलीकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरलाई स्मार्ट सिटीको परि कल्पना गरि नमुना नगर बनाउने गरि काम भैरहेको बताउनु भएको छ ।

६१ औं सहकारी दिबसको अबसरमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बृहत सरसफाइ कार्यक्रममा मनतब्य राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएको हो । उहाँले सन्धिखर्क नगरपालिकालाइ भ्रष्टाचार मुक्त नगर बनाउने अभियानमा आफुहरु लागेको पनि बताउनु भएको थियो ।

नगरलाई उत्पादनमुखी कार्यक्रममा अगाडी सारेर दूध, अण्डा, मासु, तरकारी, मसलाबाली लगायत उत्पादनमा वृद्धि गर्ने गरी काम थालिएको भन्दै नगरवासीहरुका सबैखाले समस्याहरुलाई क्रमश हल गर्दै जाने प्रयासमा आफुहरु लागी परेको बताउनु भएको थियो ।
साथै प्रमुख भुसालले सन्धिखर्क नगरपालिका सबैभन्दा बढी विकास र सम्भावना भएको नगर भएकोले विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, जलविद्युत, खानेपानी, सिँचाइ सुविधा लगायतका सेबाहरु उपलब्ध गराउने गरी काम थालेको बताउदै उक्त कार्यमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

त्यस्तै प्रमुख भुसाले नगरपालीका भित्र दलिल,जनजाती,महिला,अपाङ्ग,बृद्धाबृद्ध,युबा लगायतलाई लक्षीत गरी बिभिन्न कार्यक्रहरु ल्याउने पनी बताउनु भएको थियो ।

सरसफाइ कार्यक्रममा सस्थाका शेयर सदस्य तथा सर्बसाधारण लगायत दारी ग्याङ्गको समेत सहभागीता रहेको थियो । समापन कार्यक्रम सस्थाका अध्यक्ष चन्द्र बन्जाडेको अध्यक्षता र तुल्सी खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

 

छत्रदेव गाउँपालिका वडा नं. ३ मा शोक सभा सम्पन्न

अर्जुन भुसाल चैत्र २० अर्घाखाँची

छत्रदेव गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेज प्रसाद खनालकी आमा दुर्गा कुमारी खनालको निधन भएको नावौ दिन पारेर आज शोक सभा सम्पन्न भएको छ ।

खनालकी आमाको चैत्र १२ गतेका दिन ७९ वर्षको उमेरमा निधन भएको थियो । नेकपा एमालेका जिल्ला सचिव राम बहादुर चौहानको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सचिवालय सदस्य तथा छत्रदेव गाउँपालिकाका संयोजक भविश्वर पाण्डेको विशेष आतथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपसंयोजक धुव्र पाण्डे, सचिव भोज बहादुर रामाझी,नेकपा माओवादी केन्द्रका नेता प्रकाश ज्ञवाली, एमाले जिल्ला कमिटी सदस्य प्रदिप नारायण शाह अनेम संघकी शान्ता पाण्डे, गोमा काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।

शोक सभालाई सम्वोधन गर्दै एमाले सचिव चौहानले मृतक दुर्गा कुमारी खनालले वाम पन्थी आन्दोलनमा पु¥याएको योगदानको उच्च सम्मान रहेको बताउनु भयो । उहाँले उहाँका अधुरा सपना पुरा गर्नका लागि एक मात्र छोराले कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।

दुर्गा कुमारीका छोरा तथा वडा अध्यक्ष तेज प्रसाद खनालले आमाको निधन भएको दुखको क्षणमा समवेदना प्रकट गर्नु हुने र अन्य सहयोग गर्ने सबै प्रति आफू निकै आभारी रहेको बताउनु भएको छ । कार्यक्रम वडा कमिटी उपाध्यक्ष चक्रबहादुर पन्थीको अध्यक्षता र पालिका कमिटी सदस्य कृष्ण पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साथी सहकारीले मनायो ६१ औं सहकारी दिवस

सन्धिखर्क एफएम चैत्र २० अर्घाखाँची

६१ औं सहकारी दिवसको अवसर पारेर साथी वचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्रावेसीले मंगलबार विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सहकारीले वचतकर्ता सदस्यहरुको घर तथा पसलमा पुगी राय  सुझाव संकलन गरेको छ । वचत कर्ताहरुले सहकारीका पदाधिकारीहरु घर घरमा आएर सुझाव लिएपछि निकै सुसी समेत भएका थिए ।

चुत्रावेशी र सन्धिखर्कका अधिकांस वचतकर्ता सदस्यसँग प्रत्येक्ष भेटेर सुझाव लिएको सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले जानकारी दिनु भयो । उहाँले वचत कर्ताहरुबाट निकै रचनात्मक सुझावहरु आएकोले ति सुझावहरुलाई समेट्दै अघि वढ्ने बताउनु भयो ।

 वचत सदस्यसंग भेटघाट गरेपछि सन्धिखर्कमा सञ्चालक र कर्मचारीहरुका बीचमा अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रमबाट सहकारीका भावि रणनीति तथा कार्यक्रमहरु तय गरिएको सहकारीका अध्यक्ष धर्मराज भुसालले बताउनु भयो । उहाँले सहकारीले नयाँ योजना तथा कार्यक्रमहरु छिट्टै सार्वजनिक गर्ने बताउनु भयो ।

अन्र्तक्रिया कार्यक्रममा सहकारीका सञ्चालकहरु काजी श्रेष्ठ केशव घिमिरे, कृष्ण प्रसाद भुसाल, कमल विश्वकर्मा, ऋण संयोजक रुद्र श्रेष्ठ सदस्य विष्णु वञ्जाडे, सल्लाहकार लक्ष्मी नारायण चुलादी, शिक्षा संयोजक तिलकराम भुसाल, सदस्य ज्ञानेन्द्र घिमिरे, सह व्यवस्थापक वसन्ता गुरुङ्ग लगायत अन्य कर्मचारीहरुले मन्तव्य राखेका थिए । साथी साथी वचत तथा ऋण सहकारी संस्था सन्धिखर्कका प्रत्येक पसल तथा घर घरमा गएर वचत संकलन गर्ने एक मात्र सहकारी हो ।

स्वच्छता प्रति सचेत र सजक रहन जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख भुसालको आग्रह ।

श्याम घिमिरे चैत्र २० अर्घाखाँची

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले स्वच्छता प्रति सचेत र सजक रहन सबै समुदायलाई आग्रह गर्नु भएको छ ।

पुर्ण सरसफाई उन्मुखमा पाईला चाल्दै गरेको जनप्रिय सरसफाई समुदाय सितगंगा नगरपालीका वडानम्बर १ को सुबर्णखालमा अबस्थीत घर्तिस्वाँरामा जि.एस.एफ,युएन.ह्याबिटेड को आर्थिक तथा प्राबिधिक सहयोग प्रकाससचेतन समुह प्रागको समन्वय एवं सहजीकरण तथा वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति अर्घाखाँची द्धारा पुर्ण सरसफाई कार्यको गुणस्तरीयता बैद्यता कायम गर्नका लागी डिवाससिसि लेबल मनीटरीङ्ग भिजिट फर क्वालीटि एसोरेन्स एण्ड मोटिभेसन मनीटरीङ्ग एण्ड भेलीडेसन कार्यको अनुगमन गर्दे प्रमुख भुसालले यस्तो बताउनु भएको हो ।

साथै प्रमुख भुसालले नमुना गाउँमा सबै कुराले सुन्दरता छरीएको भन्दै अझै यसलाई ब्यबस्थीत गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिषी बहादुर पुलामीले पुर्बाधारको बिकासका कुरा संगै समृद्धिको बारेमापनि जनचेतना फैलाउन आबस्यक रहेको बताउनु भएकोथियो ।

सितगंगा नगरप्रमुख सुर्यप्रसाद अधिकारीले सहकारीको माध्यमबाट नगरपालीकाको बिकासलाई अगाडी बढाउनु पर्ने भन्दै पारदर्शी भएर कामगर्न सबैलाई आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकारी हरीनारायण बेल्बासे,जिल्ला खानेपानी कार्यालयका कुमान सिंह सुनारी,श्रोतब्यक्ति निमानन्द भुसाल, युएनह्याबिटेडका जिल्ला संयोजक भरत केसी,प्रागका अध्यक्ष प्रेमनारायण गैरे,भबिश्वर पौडेल, श्याम सुन्दर ढुङ्गाना,पत्रकार श्याम घिमिरे स्थानीय शिक्षक कमला पौडेल लगायतले मनतब्य राख्दै सरसफाईमा नमुना बस्तीले गरेको कार्यको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रम बडा अध्यक्ष बुद्धिकृष्ण पौडेलको अध्यक्षता लालमणी घिमिरेको स्वागत मनतब्य र बिनयक भण्डारीको सन्चालनमा सम्पन्न भएको हो । उक्त टोलमा ५६ घरपरीवार रहेका छन ।